• १२ असोज २०८१, शनिबार

अतिक्रमित सडकपेटी खाली गराउन नगर प्रमुखसहितको टोली सडकमा

blog

सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिका टिम डोजर लिएर सडकमा । तस्बिर : न्यूज एजेन्सी नेपाल

सुनसुरी, मङ्सिर २० गते । पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आज (मङ्गलबार)बाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।

३५ दिने र अन्तिम पटकको तीन दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो ।

आज नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाउनुभएको हो । व्यापारी र केही स्थानीयको अवरोधकाबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।



नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । सडकपेटी खाली गराउन पुग्नुभएका नगरप्रमुख केदार भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर कारबाहीमा उत्रनुपरेको बताउनुभयो । उहाँले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको जानकारी दिनुभयो ।