सोलुखुम्बुमा यस वर्षकै पहिलो हिमपात
हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ ।
किसानलाई अनुदानमा मिनिटिलर
कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनिटिलर, टनेल, मल र बीउ वितरण गरेको छ ।
डिजिटल किसान सहायता केन्द्र स्थापना
झापाको कचनकवल गाउँपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको हो ।
झापाकाे खोलामा डुबेर एककाे मृत्यु
झापामा खोलामा डुबेर एक व्यक्तिकाे भएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा स्थानीय ५० वर्षीय विजय रणपहेलीको इथुङ्गे टोलनजिकै रहेको बाह्रदशी खोलामा डुबेर मृत्यु भएको हो ।
‘प्रदेशका कारण द्रुत गतिमा काम भएका छन्’
प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले सङ्घीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने बताउनुभएको छ । प्रदेश सरकार जनताको प्रत्यक्ष पहुँचमा रहने भएकोले हरेक काम छिटो र छरितो हुने उहाँको भनाइ छ ।
खोलाको बीचमा शिवथान गुफा
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को सङ्गम स्थल पिङ्गुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्त्व बोकेको मन्दिर रहेको छ। निकै समय गुमनाम रहेको यो मन्दिरमा पछिल्लो समय पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको आगमन बढ्दै गएको छ।
सहकारीका समस्या समाधान गर्न पहल
झापाको दमकमा सेवा केन्द्र खोलेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सबै सहकारीप्रति नै विश्वास सङ्कटमा परेको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर तुलसी सहकारीले आफ्नो सेवा केन्द्र नै बन्द गरेको छ भने अन्य सहकारी संस्थामा समेत रकम फिर्ता माग्ने बचतकर्ताको सङ्ख्या बढ्न थालेको छ ।
बुढासुब्बा गोल्डकप : पहिलो खेलमा भारतको जित
२३ औं बुढासुब्बा खेलमा धरान फुटबल क्लब आयोजक टिमलाई भारत युकेएफसीले ५-३ गोल अन्तरले पेनाल्टीमा पराजित गरेको छ।
रेडक्रस शाखा सभापतिमा गुरुङ सर्वसम्मत
ताप्लेजुङस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापतिमा इन्द्रबहादुर गुरुङ चयन हुनुभएको छ।
उत्तरपानी बहुप्राबिधिक शिक्षालयले मनायो ३५ औ स्थापना दिवस
मुलुककै जेठो मध्येको एक धनकुटाको उत्तर पानीस्थित उत्तर पानी प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरी आफ्नो ३५ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
बहिनी पाथीभरालाई व्यवस्थित गरिँदै
इलामको रोङ गाउँपालिकाको हाँसपोखरी–कुटीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरलाई थप व्यवस्थित गरिने भएको छ। मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएपछि गाउँपालिकाले पाथीभरालाई व्यवस्थित गर्ने विभिन्न कामको थालनी गरेको हो।
वन्यजन्तुले गरायो उठिबास
धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए । सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क ।
तेह्रथुममा आगलागी : चौध घर पूर्णरूपमा क्षति
तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ ।
आगोमा जलेर पाँचथरमा दुई बालकको मृत्यु
घरमा आगलागी हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको मृत्यु भएको छ ।
ज्यामिरेमा ज्येष्ठ नागरिकको हत्या
धनकुटाको महालक्ष्मी नगरपालिका –५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ । हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
श्रीमानद्वारा श्रीमतीको हत्या
उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् ।
सिद्धिचरण राजमार्ग जीर्ण
नियमित मर्मत सम्भार र स्तरोन्नतिमा राज्यको नजर नपर्दा सिद्धिचरण राजमार्ग अन्तर्गत सिराहाको मिर्चैया देखि उदयपुरको घुर्मीसम्मको सडक जीर्ण बनेका छ । कटारी नगरपालिका हुँदै माथिल्लो सगरमाथाका ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई तराईसँग जोड्ने मुख्य मार्गको रूपमा रहेको यो सडकलाई सरकारी निकायले चासो नदिँदा जीर्ण बनेको हो ।
पानी आपूर्ति बन्द हुँदा अस्पतालमा रोकियो शल्यक्रिया
कोसी अस्पताल विराटनगरको हाडजोर्नी विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि तालिकामा भएका सातवटा शल्यक्रिया प्रभावित भएका छन्। बिहीबार हाडजोर्नीसँग सम्बन्धित सात जना बिरामीको शल्यक्रिया गर्ने तालिका पानी नहुँदा रोकिएको हो।
थलिएको व्यवसाय जगाउन धरान एक्स्पो
धरानको स्थानीय उत्पादन प्रवर्धन गर्ने लक्ष्यका साथ प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा बिहीबारबाट धरान एक्स्पो सुरु भएको छ । कोरोनाले थला पारेको व्यापार, उद्योगलाई उठाउन यस्तो पहल थालिएको हो । पछिल्लो समय नेपालमा आयात बढ्दै गरेको र निर्यात शून्य रहेको प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । धरान एक्स्पोको उद्घाटनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयात न्यूनीकरण गर्न प्रदेश र केन्द्र सरकारले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तारमा महोत्सव महŒवपूर्ण हुने उहाँको भनाइ थियो ।
भारतीय विद्यालय धाउँदै सीमा क्षेत्रका विद्यार्थी
उत्तरी इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्। भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।
जलवायु अनुकूलित गाउँ बन्दै पाटापुर
इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो ।
प्रदेश प्रहरी अस्पताल शुभारम्भ
मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गर्नुभयो । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो ।
पार्किङ हटेपछि खुला भए सडक
विराटनगरको मुख्य बजार क्षेत्रबाट सडक पार्किङ निषेध गरेर सार्वजनिक पार्किङ अवधारणा सुरु भएपछि ट्राफिक जामको समस्या हल भएको छ। बजार क्षेत्रका सडक खुला र आवागमन सहज भएपछि ट्राफिक प्रहरीको जनशक्ति मुख्य राजमार्गतर्फ सरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीका अनुसार सवारी तथा यात्रु आवागमन सहज भएको छ। मुख्य बजारअन्तर्गत ट्राफिक चोकदेखि तीनपैनीसम्मको कुनैपनि स्थानमा सवारी जाम हुने समस्या छैन।