• १३ असोज २०८१, आइतबार

उत्तरपानी बहुप्राबिधिक शिक्षालयले मनायो ३५ औ स्थापना दिवस

blog

कविराज घिमिरे

हिले, फागुन १२ गते । मुलुककै जेठो मध्येको एक धनकुटाको उत्तर पानीस्थित उत्तर पानी प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरी आफ्नो ३५ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

शिक्षालयले विभिन्न खेलकुद कार्यक्रम, विभिन्न  व्यक्तिहरूलाई सम्मान गरी स्थापना दिवस मनाएको हो । शिक्षालयका विद्यार्थी बिच फुटबल भलिबल, हाजिरी जवाफ, म्युजिकल चेयर लगायतको खेल खेलाएको हो । त्यस्तै सर्वोकृष्ट नजिता ल्याउने विद्यार्थीलाई सम्मान, शिक्षालयका पूर्व कर्मचारीहरूलाई सम्मान समेत गरेको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनमोहन प्राविधिक विश्व विद्यालयका उपकुलपति सुवास श्री पोख्रेलले शिक्षालयमा थप माथिल्ला तहका कक्षा सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । 

यो शिक्षालय मुलुककै जेठो शिक्षालय मध्येको एक हो । कृषि तथा भेटेरिनरी अन्तरगतका विभिन्न कोर्स पढाइहुँदै आएको शिक्षालय प्रमुख शङ्करदेव कोइरालाले जानकारी दिनुभयो । २०३८ सालमा तत्कालीन ब्रिटिस सरकारको सहयोगमा यसको संरचनाको काम सुरु भए पनि २०४३ सालबाट पठनपाठन कार्य सुरु भएको थियो ।