चट्याङ लागेर एक महिलाको मृत्यु
ओखलढुङ्गामा शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर ज्यान गएको हो ।
आन्दोलनले नागरिकको सेवा प्रभावित
ताप्लेजुङका स्थानीय तहमा प्रवाह हुने सेवा चार दिनयता निरन्तर प्रभावित हुँदैआएको छ । कोशी पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले गरेको तालाबन्दीसहितको आन्दोलनका कारण स्थानीय तहका सेवा प्रभावित हुँदैआएको हो ।
मोटरसाइकलसहित एक व्यक्ति मृत फेला
झापाको दमकमा कल्भर्टमुनी जमेको पानीमा मोटरसाइकलसहित डुबेको अवस्थामा एक व्यक्ति मृत भेटिएका छन् ।
एसइई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन शुक्रबारको परीक्षा ताप्लेजुङमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाभरका परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सुरु भएर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
इलाम कारागारबाट थुनुवा फरार
इलाम कारागारबाट एक कैदी फरार भएका छन् ।
उपाध्यक्ष खुला ब्याडमिन्टन सम्पन्न
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधवार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो ।
साबुन उद्योग सञ्चालन
पाँचथरको फालेलुङ गाउँपालिकाका एक युवकले २५ लाख रुपियाँ लगानी गरेर गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन् । पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेर फर्किनुभएका फालेलुङ–३, ताङ्लेपाका प्रयास केरुङले दैनिक दुई सयवटा साबुन उत्पादन गर्न सक्ने क्षमताको उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
वैशाख १ मा इलाम–माइपोखरी म्याराथन हुँदै
खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले इलाममा खुल्ला म्याराथन हुने भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर वैशाख १ गते म्याराथनको आयोजना गर्न लागिएको हो । इलाम नगरपालिकाको वडा नम्बर– १० देखि धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीको सात खाल्डे सम्म ४२ किलोमिटर दुरीमा म्याराथन गरिने इलाम नगरपालिकाले जनाएको छ ।
सम्झौताअनुसार काम गर्न माग
खिजीदेम्बा गाउँपालिका लिखु–४ जलविद्युत् आयोजनासँग प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न ले माग गरेको छ। सम्झौताअनुसार काम नगरेपछि खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो। गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स प्रालिलाई तत्काल सहमति कार्यान्वयन गर्न पत्राचार गर्नुभएको छ। आयोजना सञ्चालन गर्नु पूर्व प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक विकासमा काम गर्ने सहमति गरेको लिखु–४ ले सम्झौताअनुसार कुनै काम नगरेपछि गाउँपालिकाले ध्यानाकर्षण गराएको अध्यक्ष शेर्पाले बताउनुभयो। स्थानीय सरोकारवालाको माग सम्बोधन गर्दै आयोजनाले २०७७ साउन २६ गते स्थानीयस्तरमा विद्युत् विस्तारदेखि सडक कालोपत्रेसम्मका काम गर्ने सहमति गरेको थियो।
मन्त्री पदबाट राजीनामा दिन आग्रह
जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले आफ्नो पार्टीको तर्फबाट कोशी प्रदेशको मन्त्री बन्नुभएकी निर्मला तावा लिम्बूलाई राजीनामा दिन आग्रह गरेको छ।
धरानमा कोशी प्रदेश नामकरणको विरोधमा तालाबन्दी
कोशी प्रदेश नामकरणको विरोधमा धरान उपमहानगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
इलाम साहित्य महोत्सव हुने
जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ।
क्यामरुनलाई भोजपुर गोल्डकप उपाधि
छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनर क्यामरुनले जितेको छ ।
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ ।
खाना पकाउन दाउराको प्रयोग बढी
ताप्लेजुङका अधिकांश परिवारले खाना पकाउनमा दाउराकै प्रयोग गर्दैआएका छन् । पछिल्लो समय विद्युतको पहुँच पुगे पनि जिल्लावासीले खाना पकाउन काठ दाउराको प्रयोग गर्दैआएका हुन् ।
चियाको कर उठाउन इलाम र झापाका पालिका एकजुट
नेपाल सरकारको स्वामित्वमा रहेका चिया बगान लिजमा लिएको भारतको त्रिवेणी सघाई ग्रुपसँग भूमि र व्यवसाय कर उठाउनका लागि इलाम र झापाका स्थानीय पालिका एक भएका छन्।
सञ्चारका कानुन विज्ञ दाहाल र पत्रकार अधिकारी पुरस्कृत
नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा मोरङ शाखाले दुई जनालाई पुरस्कृत गरेको छ । यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ अनलाइन खबरका लागि विराटनगरमा कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गरिएको हो ।
एकदिवशीय खाना तथा खाद्य परिकारको प्रदर्शनी
झापाको दमकमा विभिन्न जातजातिका परिकारहरूको प्रवर्द्धन गर्न एकदिवशीय खाना तथा खाद्य परिकारको प्रदर्शनी गरिएको छ ।
अविवाहित पुरुष बढी
ताप्लेजुङमा अविवाहित पुरुषको सङ्ख्या उन्नाइस हजारभन्दा बढी छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा महिलाको तुलनामा अविवाहित पुरुषको सङ्ख्या बढी पाइएको हो। अविवाहितको सङ्ख्या ३४ हजार ८४७ रहेको छ। उक्त सङ्ख्यामध्ये यहाँ अविवाहित पुरुष १९ हजार ३३४ जना छन्। अविवाहित महिलाको सङ्ख्या भने १५ हजार ५१३ छ। पुरुषभन्दा विवाहित महिलाको सङ्ख्या बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। विवाहित सङ्ख्या ५९ हजार १९५ रहेकोमा महिलाको सङ्ख्या ३० हजार ६१९ देखिएको छ। त्यस्तै विवाहित पुरुषको सङ्ख्या २८ हजार ५७६ मात्र रहेको छ।
निर्माण सुस्त भएपछि नागरिक दबाब
मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दबाब बढाएका छन्। विराटनगर महानगरपालिका र कटहरीका बासिन्दाले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दबाब बढाएका हुन्। कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वाणिज्य सङ्घले अध्यक्ष देवराज चौधरीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै तत्काल सडक निर्माणको कामबारे चासो लिइदिन माग गरेका छन्। कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर समेट्ने जुडी खोलादेखि सिङ्घिया खोलासम्मको सडक भत्काएर निर्माण नगरिएपछि त्यसले सास्ती बढाएको भन्दै ज्ञापनपत्र बुझाइएको हो। निर्माण कम्पनीले काम रोकेको भन्दै गाउँपालिका
निशानमा मौलो पूजा सम्पन्न
चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो ।
कोशीमा भइरहेको आन्दोलनप्रति जातीय संस्थाको ऐक्यबद्धता
कोशी प्रदेश नामाकरण गरेपछि सुरु भएको आन्दोलनप्रति ताप्लेजुङका जातीय संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग
झापाको सीमा क्षेत्र तथा दक्षिण विभिन्न पालिकाहरूमा अवैधरुपमा खुलेको आयुर्वेद उपचार केन्द्रहरू बन्द गर्न माग गरिएको छ ।
प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न माग
लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न खिजिदेम्बा गाउँपालिकाले माग गरेको छ । खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो ।