इनरुवामा शिक्षक र प्राध्यापकलाई सम्मान
हिन्दु स्वयंसेवक सङ्घ नेपालले बौद्धिक वर्गका शिक्षक र प्राध्यापकलाई सम्मान गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा योगदान गर्नेहरूलाई सम्मान गरेको सङ्घले जनाएको छ ।
बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ ।
धनकुटामा टनेल खेतीमा आकर्षण बढ्यो
धनकुटामा पछिल्लो समय कृषक टनेल खेतीतर्फ आकर्षित हुन थालेका छन्।
निर्माण सम्पन्न नहुँदै पुलको टावर ढल्यो
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुलको टावर ढलेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर निर्माण सम्पन्न नहुँदै ढलेको हो।
ट्राफिक कारबाहीबाट साढे चारलाख राजस्व सङ्कलन
ताप्लेजुङमा विभिन्न ट्राफिक कारबाहीबाट साढे चारलाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । पछिल्लो आठ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ताप्लेजुङमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।
काँकरभिट्टा क्याम्पसमा नेविसंघ विजयी
काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ।
आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन
कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ।
कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानबिन गर्न समिति गठन गर्ने
कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
कुकुरलाई ‘सङ्गिनी सुई’
गर्भ निरोधका लागि महिलालाई लगाइने ‘सङ्गिनी सुई’ पाँचथरमा कुकुरलाई लगाएर दुरुपयोग गर्ने गरेको पाइएको छ। पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले सदरमुकाम फिदिममा चलाएको कुकुर, बिरालोका लागि स्थायी बन्ध्याकरण शिविरमा ल्याइएका कुकुरलाई सङ्गिनी सुई लगाइएको हो। सङ्गिनी लगाएका पोथी कुकुरको पाठेघरमा पिप जम्ने र पाक्ने जस्ता गम्भीर प्रकृतिको सङ्क्रमण (पायोमेट्रा) देखिएको विज्ञ केन्द्र पाँचथरका प्रमुख डा. मनोज महतोले बताउनुभयो।
सहकारी आवास हस्तान्तरण
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानोसानो पुँजीलाई एकीकृत गरेर सहकारी संस्थाहरूले गरिबी निवारणका लागि दिएको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले नाफा कमाउन तथा स्वार्थ बोकेर स्थापना भएका सहकारी र जनहितमा खुलेका सहकारी बुझेर मात्र सदस्य बनेर कारोबार गर्न आग्रह गर्नुभयो।
लिम्बुलाई शहीद घोषणा गर्न माग
कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित पहिचानवादी समूहले गरेको विराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङको शुक्रबार मृत्यु भएको छ । उहाँलाई शहीद घोषणा गर्नुपर्ने सङ्घर्ष समितिले माग गरेको छ ।
कोशी नाममा विवाद गर्नुपर्ने कारण छैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताभन्दा पहिले कोशीको उत्पत्ति भएको हुँदा कोशीको नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताउनुभएको छ ।
ताप्लेजुङमा दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेला हुने
ताप्लेजुङमा दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सव–२०७९ को तयारी सुरु गरिएको छ ।
सीमा क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता
भारतसँग सीमा जोडिएको झापामा सीमा क्षेत्रमा रहेका समस्या सामधान गर्न प्रयत्न गर्ने सरोकारवालाले प्रतिबद्धता जनाउनुभएकोछ । खुला सीमाको फाइदा उठाउँदै भइरहेका अवैध कारोबार रोक्न, कुखुरा तथा मासुजन्य पदार्थको अवैध आयातलाई निरुत्साहित गर्न, नेपालतर्फ आएर भारतीय गाडीले गर्नेगरेको मनोमानी रोक्न, सुपारीको बिषयमा देखिएको समस्या समाधान गर्न स्थानीयले माग गरेपछि सरोकारवालाले सो प्रतिबद्धता जनाउनु भएको हो ।
सुरक्षित आप्रवासनबारे प्रहरीलाई अभिमुखीकरण
वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।
साझा कार्यक्रम बनाएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन : खनाल
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई पूर्णता दिनु अगाडि सत्ता साझेदार दलहरु बीच साझा कार्यक्रम बन्नु पर्ने बताउनुभएको छ ।
हिमपातले चौँरीलाई सकस
लगातारको पानीसँगै परेको हिउँका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा याक, चौँरीलाई सकस भएको छ । सिक्किम र वेस्ट बङ्गालसँग सिमाना जोड्ने पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
‘ह्वाट्सएप’बाट ठगी
सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन्। मोरङको पथरीशनिश्चरे–३, सुन्दरी चोककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा पर्नुभयो। उहाँ अहिले कानुनी उपचार खोजिरहनुभएको छ। ‘९८२८९७८३०६’ को नम्बरको मोबाइलबाट ह्वाट्सएपमार्फत माङ्मायासँग कुराकानी सुरु भयो। माङ्मायाका श्रीमान् मलेसिया जानुभएको पाँच वर्ष भयो। श्रीमान्सँग उति साह्रो फोन सम्पर्क पनि हुँदैनथ्यो।
महासंघ कोशी प्रदेश अध्यक्षमा राउत
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन हुनुभएको छ । बिहीबार झापाको बिर्तामोडमा सम्पन्न महासङ्घको पाँचौँ सभाले राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
फुङ्लिङ नगरपालिकाद्वारा अधिकांश योजनामा संशोधन
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दर्जनौँ योजना तथा कार्यक्रम संशोधन गरेको छ । चालू आर्थिक वर्ष सकिन अन्तिम चौमासिक अर्थात् चार महिना बाँकी रहेका बेला नगरपालिकाले पाँच दर्जन बढी योजना तथा कार्यक्रम संशोधन गरेको छ ।
एमाले अध्यक्ष ओली झापामा
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनुभएको छ । बिहीबार अपराह्न उहाँ झापाको भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र दमकमा आउनुभएको हो ।
अपाङ्गता भएकालाई माहुरीकाे घार वितरण
महालक्ष्मी नगरपालिकाको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत अपाङ्गता भएका ब्यक्ति तथा परिवारका सदस्यलाई मौरीपालनसम्बन्धी पाँच दिने आधारभुत तालिम सुरुभएको छ ।
६२ केजी गाँजासहित दुईजना पक्राउ
धरानमा प्रहरीले दुई व्यक्तिलाइ ६२ केजी गाँजासहित पक्राउ गरेको छ । धरान वडा नं २० सिरिसेमा मोटरसाइकलमा ल्याउँदै गरेको ३१ केजी गाँजा सहित धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ९ आहालेका २५ वर्षीय जितेन राईलाई पक्राउ गरेको हो ।
लोप हुँदै खाँडी कपडा
चार दशकअघिसम्म धनकुटाको खाल्सा क्षेत्रका प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो । त्यस बेला उद्योगबाट उत्पादन भएका कपडाको विकल्पका रूपमा सबैले यही कपडा प्रयोग गर्थे । गाउँघरमै पाइने कच्चा पदार्थ र परम्परागत सीपबाट खाँडी कपडा उत्पादन हुन्थ्यो । गाउँघरमै उत्पादन भएको कपासबाट धागो कातेर खाँडी कपडा बुनिन्थ्यो । खाँडी बुन्ने तान स्थानीय रूपमै बनाइन्थ्यो र परम्परागत रूपमा सीप हस्तान्तरण हुँदै आएको थियो तर अहिले खाँडी बुन्न जान्ने मान्छे भेट्न मुस्किल हुँदै आएको छ ।