• १३ असोज २०८१, आइतबार

साझा कार्यक्रम बनाएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन : खनाल

blog

फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, चैत १० गते ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई पूर्णता दिनु अगाडि सत्ता साझेदार दलहरु बीच साझा कार्यक्रम बन्नु पर्ने बताउनुभएको छ ।

पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा शुक्रबार पाँचथर आइपुग्नुभएका नेकपा एसका वरिष्ठ नेता खनालले फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो ।

नीति र कार्यक्रमले नै सरकारलाई मार्ग स्पष्ट गर्ने भएकाले गठबन्धन दलहरुले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको तर्क थियो । ‘‘कुर्सी बाँडफाँटभन्दा नीति निर्माणमा जोड दिऔँ, त्यसपछि संघ र प्रदेशको सरकारलाई पूर्णता दिऔँ भनेर नेताहरुलाई सुझाएको छु,’’ नेता खनालले भन्नुभयो ।

गठबन्धन तत्कालको आवश्यकता भएको भन्नुहुँदै नेता खनालले सत्ताकै लागि छिनछिनमा नयाँ समीकरण बनिने अवस्था आउनु देशको हितमा नहुने बिचार व्यक्त गर्नुभयो ।

सरकारलाई पूर्णता दिने क्रममा आफ्नो दलले न्यूनत्तम तीनवटा मन्त्रालय पाउनुपर्ने अडान उहाँको छ । पछिल्लो समय कम्युनिष्ट पार्टीहरु सत्ता र सरकारमा सहभागिता खोजिरहेकाले समाजवादी केन्द्र बनाउने मुद्दा ओझेलमा परेको उहाँको भनाइ छ ।