• १३ असोज २०८१, आइतबार

कोशी नाममा विवाद गर्नुपर्ने कारण छैन : अध्यक्ष ओली

blog

एमाले अध्यक्ष केपी शर्मा ओली ।

लीलाराज खड्का

बिर्तामोड, चैत १० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताभन्दा पहिले कोशीको उत्पत्ति भएको हुँदा कोशीको नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताउनुभएको छ । 

शुक्रबार झापाको बिर्तामोडमा एमालेले आयोजना गरेको मिशन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी नामले यहाँका सबै जनतालाई सम्बोधन गरेको दाबी गर्नुभयो । 

नदी, प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको कोशी प्रदेश यस क्षेत्रको नामकरण उपयुक्त भएको उहाँको भनाइ छ । ओलीले यस प्रदेशको नाम कोशी राखेको भन्दै मुख्यमन्त्री हिक्मत कार्कीलगायात सबै सांसदलाई बधाई दिनुभयो । 

बहुमतबाट पारित भएको नाममा आन्दोलन, जुलुस गर्न नहुने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले मानिस धरतीपुत्र भएकाले कोशी प्रदेशले हामी सबैलाई समेटेको बताउनुभयो । 

यस क्षेत्रका मानिसलाई आवश्यक पर्ने अन्नसमेत कोशीबाट सिञ्चित भएको भन्दै कोशी नाम कुनै जातजातिको नभई, सबैको साझा भएको बताउनुभयो । ओलीले कोशी ठूलो कि सभ्यता  ठूलो भन्दै  कोशी भएकाले मात्रै सभ्यता भएको बताउनुभयो ।

अध्यक्ष ओलीले कोशी प्रदेशको नाम र सरकार दुबै जोगाउनेसमेत बताउनुभयो ।  ओलीले आफूहरुसँग ४० सिट रहेको र राप्रपाको ६ सिटले गर्दा १ सिट मात्रै खोज्नुपर्ने भन्दै राप्रपाले प्रदेशमा साथ दिने हुँदा सरकार कुनै पनि हालतमा नढल्ने ओलीको भनाइ छ ।