• १३ असोज २०८१, आइतबार

क्यामरुनलाई भोजपुर गोल्डकप उपाधि

blog

उपाधिसहित क्यामरुन टोली । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, चैत १६ गते । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनर क्यामरुनले जितेको छ । भोजपुर जिल्लाको स्थानीय सदरमुकाममा विहिबार भएको फाइनल खेलमा क्यामरुनले आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई २–० गोलले हरायो ।

उपाधिसँगै क्यामरुनले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता भोजपुरले तीन लाख रुपियाँ पायो । भोजपुरका धिरज मगर म्यान अफ दि म्याच हुनुभयो । 

प्रतियोगीतामा उत्कृष्ट गोलरक्षक क्यामरुनका अलेन, उत्कृष्ट मिडफिल्डर क्यामरुनका एनगीनी, उत्कृष्ट रक्षक क्यामरुनका एन साड्रगाउ, राइजिङ प्लेअर आयोजकका विनुप राई र उत्कृष्ट प्रशिक्षक क्यामरुनका सागर लामा हुनुभयो । 

यस्तै सर्वोकृष्ट खेलाडीको पुरस्कार भोजपुरका विजय भुजेल, हाइ स्कोरर भोजपुरकै सन्तोष तामाङ र क्यामरुनका टिम्बा टिम्बालाई प्रदान गरियो । प्रतियोगितामा दुई विदेशीसहित आठ टोलीको सहभागिता रहेको थियो ।