• १३ असोज २०८१, आइतबार

धरानमा कोशी प्रदेश नामकरणको विरोधमा तालाबन्दी

blog

धरान उपमहानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारी ।

निशा राई 

धरान, चैत्र १६ गते। कोशी प्रदेश नामकरणको विरोधमा धरान उपमहानगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

 कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षले बिहीबार कोशी प्रदेश लेखिएको लेटरप्याड आगजनी गरेका थिए। आन्दोलनकारीले कालोझण्डा राखेर कोशी नामाकरण विरुद्ध प्रदर्शन गरेका हुन्। 

आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा प्रहरीसँगको झडपमा घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ)लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग आन्दोलनकारीले गरेका छन्। 

पहिचानका आधारमा प्रदेशको नामाकरण नगरुन्जेलसम्म र आफ्ना माग पूरा नभएसम्म मृतकको शव जिम्मा नलिने पनि आन्दोलनरत पक्ष र परिवारको अडान छ।