झापामा लम्पी स्किनबाट दुई सय पशु मरे: १९ हजार बढी सङ्क्रमित
झापामा लम्पी स्किनबाट अहिलेसम्म दुई सय पशु चौपाया मरेका छन्। १९ हजार पशु सङ्क्रमित भएको जिल्ला पशु सेवा केन्द्र झापाले जनाएको छ।
बालबालिकालाई दादुरा रोग विरुद्धको खोप
दाङमा बालबालिकाहरूलाई दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । ६ महिना भन्दामाथि र १५ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरेर आजदेखि खोप अभियान सुरु भएको हो ।
सिमकोटमा वृहत् एकीकृत स्वास्थ्य शिविर
हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्षपछि वृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । २०७६ सालमा सुरु भएको कोरोनापछि सो वृहत् एकीकृत स्वास्थ्य शिविर बिहीबारबाट सुरु भएको हो ।
ठेउला फैलिएपछि विद्यालय बन्द
ठेउला (चिकन पक्स) को सङ्क्रमण फैलिएको वालिङ नगरपालिका १२ कोखेको विद्यालय बन्द गरिएको छ । सङ्क्रमण समुदायमा फैलन नदिनका लागि एक हप्ताका लागि विद्यालय बन्द गरिएको र भेटघाटमा समेत कडाइ गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
सिकलसेलका बिरामी पत्ता लगाउने अभियान तीव्र
पश्चिम नेपालका विशेषगरी थारु समुदायमा जन स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियानलाई बाँकेमा तीव्र पारिएको छ ।
हुम्लामा लम्पी स्किन रोगबाट ९६१ पशु मरे
पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्मिन रोगबाट हिमाली जिल्ला हुम्लामा हालसम्म ९६१ पशु मरेको पाइएको छ ।
सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान
सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको हो ।
गुल्मी अस्पतालमा करोडौँको स्वास्थ्य उपकरण स्टोरमै
गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन ।
काठमाडौंमा एकै विद्यालयका चार जनामा दादुरा पुष्टि
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि भएको छ ।
एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोग नगर्न सुझाव
एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् ।
वीर अस्पतालकी जोशी 'नाईटेङ्गल नर्सिङ अवार्ड-२०२३' बाट सम्मानित
“नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित हुनुभएको छ ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राखिने
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राख्न धनगढीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
वालिङमा ठेउलाको महामारी
स्याङ्जाको वालिङ नगरपालिका –१२ कोखेमा ठेउला (चिकन पोक्स) को महामारी फैलिएको छ । गाउँका २३ जना बिरामी बच्चालाई उपचारपछि व्यवस्थापन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।
मानसिक रोगीको उपचारमा मद्दत गर्दै पालिका
तनहुँको भिमाद नगरपालिकाले आफ्नो पालिकामा स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीलाई उपचारमा मद्दत गर्ने निर्णय गरेको छ ।
पशुलाई लम्पी स्किन रोगबाट बचाउन खोप लगाउन विज्ञको सुझाव
पछिल्लो समय प्रकोपका रूपमा देखिएको लम्पी स्किन रोग लाग्नबाट बचाउन खोप लगाउन पशु विज्ञको सुझाव छ । पशु विज्ञका अनुसार गर्मीयाम सुरु भए लगत्तै देशका विभिन्न जिल्लामाका पशुमा प्रकोपका रूपमा रहेको लम्पी स्किन नामक सङ्क्रमणबाट पशुलाई बचाउन खोप लगाउन भनिएको हो ।
गर्मीबाट बालबालिका बिरामी पर्न थाले
नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् ।
कोहलपुर नपालाई सिकलसेलका लागि ७० लाख बजेट
अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले कोहलपुरका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
हास्य कलाकार श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया
वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत
नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्याउन्, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज (सोमबार) आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।
विपन्न नागरिकलाई १० प्रतिशत शैय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनुभएको छ।
प्रादेशिक अस्पताल गौरमा आइसियु सेवा सुरु
प्रादेशिक अस्पताल गौरमा भेन्टिलेटर सहितको आइसियुसेवा सुचारु भएपछि बिरामीको स्वास्थ्य उपचारमा सहज भएको छ ।
प्लाष्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै शत्रुका रूपमा देखिन थालेको बताउनुभएको छ ।
परिचयपत्रको आधारमा नागरिकलाई निःशुल्क उपचार गर्न सरकारको आग्रह
सरकारले स्थानीय तहलाई परिचयपत्रका आधारमा १० प्रतिशत शैय्या छुट्याएर विपन्न बिरामीको निःशुल्क उपचार गर्न आग्रह गरेको छ।