• ७ वैशाख २०८१, शुक्रबार

हास्य कलाकार श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया

blog

आँखाको शल्यक्रियापछि चिकित्सकहरुसँग सामूहित तस्बिर खिचाउनुहुँदै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ।

काठमाडौं, जेठ २२ गते । वरिष्ठ नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा कलाकार श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानका डा.सन्दुक रुइत, डा.रिता गुरुङ्ग र डा.गोविन्द पौड्याललगायतको समूहले श्रेष्ठको आँखाको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शल्यक्रियामा उहाँको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतीविन्दु शल्यक्रिया पश्चात् राखिने लेन्स) राखिएको छ ।