पाठेघरको क्यान्सरबाट बच्न नियमित स्वास्थ्य शिविर
नेपालगञ्ज उप-महानगरपालिकाले समयमै पहिचान गरी उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले टोलस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
लम्पीस्किन रोगबाट ६० बढी गाईगोरु मरे
खोटाङमा लम्पीस्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखापरेको लम्पीस्किन रोगले हालसम्म ६० बढी गाईगोरुको मृत्यु भएको हो ।
डेंगुबाट बच्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो ।
स्वास्थ्य शिविरबाट स्थानीय महिला लाभान्वित
चुरे गाउँपालिका वडा ६ सिम्ताकी ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने मौका पाउँदा खुसी हुनुभएको छ ।
प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गरिने
क्यान्सरका कारण गत चैत २९ गते निधन हुनुभएकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको स्मृतिमा प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गरिने भएको छ ।
सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनु पर्छ : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ ।
आयुर्वेद उपचार पद्धतिमा आकर्षण
आयुर्वेदिक चिकित्सालय नरदेवीले स्वास्थ्य सेवा थप गरेसँगै बिरामीको भिड बढ्न थालेको छ । अस्पतालको सेवामा सुधार गरी थप सेवा विस्तार भएसँगै अस्पतालमा बिरामीको भिड बढ्न थालेको हो । पछिल्लो समय अस्पतालमा दैनिक तीन सय बिरामी ओपिडीमा आउने गरेका छन् ।
एक हप्ताभित्र वीरको सेवामा सुधार गर्न नेतृत्वलाई मन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ ।
भोक्राहामा निःशुल्क स्वास्थ्य बीमाकार्ड वितरण
गरिब तथा विपन्न परिवारको स्वास्थ्य अधिकारलाई ध्यानमा राखेर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले ३५० जना घरपरिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमाकार्ड वितरण गरेको छ ।
सहज हुँदै रोग पहिचान
अत्याधुनिक उपकरण प्रयोग गरी बिरामीको परीक्षण हुन थालेसँगै रोगको सही पहिचान हुन थालेको छ। उपकरण अभावमा अनुमानका भरमा उपचार गराउन बाध्य भएका चिकित्सक अहिले भित्रिएका अत्याधुनिक उपकरणको प्रयोगबाट उपचार सेवामा सहज भएको बताउँछन्।
आर्थिक अभावले स्वास्थ्य उपचार गर्नै समस्या
बराहताल गाउँपालिका –८ का ३८ वर्षीय मानबहादुर विश्वकर्मा ट्रमा सेन्टर काठमाडौँमा उपचारत हुनुहुन्छ । दायाँ हातमा क्यान्सर भएपछि उहाँले दुई वर्षदेखि उपचार गराइ रहनुभएको छ । आर्थिक अभाव भएपछि उपचार गर्न उहाँलाई समस्या भएको छ ।
खुश्बुको उपचार वीरमा, अझै रोग पत्ता लागेन
कैलालीको घोडाघोडी नगरपालिका –७ करैचाका खुश्बु चौधरी एक वर्षदेखि अज्ञात रोगका कारण थला पर्नुभएको छ । विवाहित २२ वर्षीया खुश्बुको एकाएक खुट्टामा पानीको फोका उठ्ने फुट्ने र घाउ फैलँदै जानथालेपछि दुवै खुट्टा काम नगर्ने अवस्थामा पुगेको छ ।
सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्नुहुँदै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न, नगराउन निर्देशन दिएको हो ।
भेरी अस्पतालमा ३० शय्याको इमरजेन्सी वार्ड
भेरी अस्पताल नेपालगञ्जको नयाँ ओपिडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालनको तयारी गरिएको छ ।
विद्यालयमा पुगेर आँखा परीक्षण
कपिलवस्तुका एक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ । विद्यार्थीलाई लक्षित गर्दै नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालले कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट आँखा चेकजाँच गर्न सुरु भएको हो ।
योनीबाट निरन्तर रुपमा पिसाब वा दिसा चुहिन्छ ?, कतै फिस्टुला त भएन
विश्व स्वास्थ्य सङ्गठनले एक हजार जना महिला सुत्केरी हुँदा तीन जनामा प्रसव (सुत्केरी) फिस्टुलाको समस्या देखिने गर्छ । स्वास्थ्य मन्त्रालय र यूएनएफपीएको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय जना महिला यो समस्याबाट पीडित छन् ।
भ्रूणको लिङ्ग निर्धारण
सृष्टिको क्रम र लय सनातन हो अनि यसका नियम शाश्वत र अजेय हुन्छन् भन्ने अध्यात्मवादको मान्यता छ । अर्काेतिर सृष्टिका पनि नियम हुन्छन् र तिनको अध्ययन सम्भव छ भन्ने विज्ञानको दाबी छ । जे भए पनि मानिसको जन्म तथा मृत्यु अध्यात्म र विज्ञान दुवैको चासो तथा अध्ययनको विषय रहिआएको छ ।
आँखा शिविरबाट १५ सय बढी लाभान्वित
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, दोलखा लायन्स आँखा केन्द्र र लायन्स क्लब अफ दोलखाको संयुक्त आयोजनामा ऐतिहासिक सहर दोलखामा भएको आँखा शिविरबाट १५ सयभन्दा बढी आँखाका रोगी लाभान्वित भएका छन् ।
रगतको क्यान्सर ल्युकेमिया
चिकित्सा क्षेत्रमा ल्युकेमिया भनिने रक्त क्यान्सर प्रायः हड्डीको मासीबाट सुरु हुन्छ । त्यसो त मानव अङ्गमा हुने १६ प्रमुख क्यान्सरमध्ये ल्युकेमिया १२औँ स्थानमा र क्यान्सरबाट हुने मृत्युमा ११औँ स्थानमा पर्दछ ।
नर्सहरूको ऐक्यबद्धता
आफ्नो पेशागत सुरक्षालगायतका माग लेखेका प्लेकार्ड बोकेर बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको अगाडि उभिएका प्रतिष्ठानका नर्सिङ स्टाफ तथा डाक्टरहरु ।
थालेसेमियाका बिरामीलाई निःशुल्क औषधि वितरण
थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि भेरी अस्पतालमा पहिलो पटक निःशुल्क वितरण गरिएको छ । बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने एउटै ट्याबलेटको १५० रुपियाँसम्म पर्ने सो औषधि अस्पतालमा उपचारका लागि आउने बिरामीले यसअघि आफैले किन्थे ।
बाह्र बिरामीबाट औलो रोगको नमुना सङ्कलन
जिल्लाको दुर्गम बस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षणदेखि बाह्र जना बिरामीको औलो रोगको नमुना सङ्कलन गरिएको छ ।
स्वास्थ्यकर्मीमाथि अपमान गर्नेमाथि कारबाही गर्न स्वास्थ्यकर्मी महासङ्घको माग
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्यकर्मीमाथि भएको अपमानजनक व्यवहारको विरोध गरेको छ।
शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार कम हुन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राख्नुभएको छ ।