कोरोनाको चौथो लहर : रुघाखोकी लागेका अधिकांशमा सङ्क्रमण
काठमाडौं, साउन ३ गते। नेपाल कोरोनाको चौथो लहर प्रवेश गरेको छ। कोरोनाको चौथो लहर प्रवेश गरेसँगै सङ्क्रमणको ग्राफ दैनिक उकालो लाग्दै गएको छ। सोमबार पीसीआर र एन्टिजेन गरेर चार हजार ६५१ नमुना परीक्षण गर्दा ९.८२ प्रतिशत अर्थात् ४५७ जनामा सङ्क्रमण देखिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको छ। आइतबार कुल तीन हजार ४१ परीक्षण गर्दा १३५ जना अर्थात् ४.४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो। यो आइतबारको तुलनामा सोमबार दोब्बरमा सङ्क्रमण देखिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रुघाखोकी लागेका अघिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुघाखोकी कोरोना सङ्क्रमणका लक्षणहरुमध्ये एक हो। ‘रुघाखोकी कोरोनासँग मिल्ने लक्षण हो। रुघाखोकी लाग्दा कोरोना परीक्षण गर्दा राम्रो हो। तर, रुघाखोकी लाग्ने सबैमा सङ्क्रमण पुष्टि नहुन पनि सक्छ’, उहाँले भन्नुभयो, ‘रुघाखोकी अरु कारणले पनि लाग्छ। रुघाखोकी लागेका सबै कोभिड होइनन् ।’पछिल्लो समय निकै सङ्क्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए.५’ का कारण सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ। यो भेरिएन्ट अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने भनिएको छ। घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत बीए.५ का लक्षण हुन्। जुन फ्लुसँग मिल्दोजुल्दो छ। यता, स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले कोभिड उपचारका लागि सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभएको छ। मिडिया ब्रिफिङमा उहाँले, ‘जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्नुहोला भनिरहेका छौं। अक्सिजनको उपलब्धता राखिराख्न तथा प्रमुख नाकामा शङ्कास्पद नमुना जाँचमा बढी निगरानी गरेका छौं’, उहाँले भन्नुभयो।असार महिना सुरु भएदेखि कोभिड सङ्क्रमणदर बढ्दै गइरहेको छ भने सङ्क्रमणबाट आइतबार र सोमबार गरी दुई जनाले ज्यान गुमाइसकेका छन्। करिब अढाई महिना सङ्क्रमण मृत्युदर शून्य रहेकामा पछिल्लो दुई दिनमा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत वैशाख २१ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। त्यस यता मृत्युदर शून्य थियो। त्यस्तै, देशभर सङ्क्रमण पुष्टि हुनेमध्ये आधा काठमाडौं उपत्यकामा देखिएका छन्। आइतबार उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९९२ थियो भने सोमबार एक हजार १३३ पुगेको छ। जसमध्ये काठमाडौंमा एक हजार १३, भक्तपुरमा २८ र ललितपुरमा ९२ जना छन्।
दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण
जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
सुत्केरी महिलाको हवाई उद्दार
दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो ।
नेपालमा कोरोना सङ्क्रमणको चौथाे लहरको सङ्केत
नेपालमा कोरोना सङक्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको अनुमान चिकित्सकहरूको छ ।
थप एक जनामा हैजा पुष्टि, सङक्रमितको सङ्ख्या ३१ पुग्यो
काठमाडौंमा थप एकजनामा हैजा पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा थप एकजनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ३१ पुगेको छ ।
एकै दिन ४५७ जनामा सङ्क्रमण, एकको मृत्यु
नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।
गुल्मीमा कोरोना सङ्क्रमणको दर बढ्दै
शुन्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । सोमबार गुल्मी जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
अस्पतालमा बिरामीको चाप बढ्दो
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा गर्मी बढेसँगै झाडापखला र टाइफाइटका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा
देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।
औषधिको मूल्य समायोजन मूल्यवृद्धि होइन : महानिर्देशक भट्टराई
औषधि व्यवस्था विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसकेको भन्दै विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक भरत भट्टराईले बताउनुभयो ।
उपत्यकाको फोहाेर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?
पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ । कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै आएको छ । यसले वातारवरण र मानव स्वास्थ्यलाई नै नराम्ररी प्रभावित पारेको छ ।
२७ जिल्लाका बालबालिकालाई भोलि देखि कोभिड–१९ विरुद्ध दोस्रो मात्रा खोप
सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म सञ्चालन गर्ने भएको हो ।
स्वास्थ्यमा क्रियासिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने
स्वास्थ्य सेवामा क्रियासिल ट्रेड युनियन र पेशागत संघ संगठनहरुको माग सम्बोधनका लागि सात सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिन लागिएको बताउनुभयो ।
थप दुई जनामा हैजा पुष्टि, सङ्ख्या ३० पुग्यो
काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा थप दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाको छ । यो सँगै उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या ३० पुगेको छ ।
वैशाख २१ पछि पहिलो पटक कोरोनाले एक जनाको मृत्यु : २४ घण्टामा थपिए १३५ सङ्क्रमित
नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयाका अनुसार लामो समयपछि २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
बालबालिकाकाे ४८ लाख मात्रा खाेप खेर गयाे
आर्थिक वर्ष २०७७/७८ मा बालबालिका जन्मिएदेखि १५ महिनासम्म लगाईन ४८ लाख भन्दा बढी खोप खेर गएको छ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन २०७९ ले आर्थिक वर्ष २०७७/७८ मा ४८ लाख ३७६ मात्रा खोप खेर गएको देखाएको छ ।
कोरोना बीमा गरेका ३७ हजार एक जनाले अझै पाएनन् बीमा भुक्तानी
कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको आ.व. २०७७–७८ को लेखापरीक्षण प्रतिवेदनअनुसार कोरोना बीमा गरेका ३७ हजार एक जनाको ६ अर्ब १६ करोड ६२ लाख रूपियाँ रकम भुक्तानी दिन बाँकी रहेको छ । यो रकम नेपाल सरकारलाई दायित्व सिर्जना हुने अवस्था देखिएको पनि महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
थप २०५ सङ्क्रमित हुँदा ५१ जना सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकमा एक सातादेखि कोरोनाबाट सङ्क्रमण हुने दर दैनिका उकालो लाग्दै गएको छ ।
घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर
धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा ३ मा सञ्चालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।
कैलालीमा प्लुरोनिमोनियाको महामारी
कैलालीको गोदावरी नगरपालिका–४ स्थित हाटखोली र बन्देगडामा पालिएका बाख्रामा सीसीपीपी (कन्टाजिअस क्याप्रिन प्लुरोनिमोनिया) रोग महामारीको रुपमा देखा परेको छ ।
क्षयरोगका कारण प्रत्येक वर्ष १७ हजार बिरामीको मृत्यु
नेपालमा मृत्युको मुख्य कारणमध्ये क्षयरोग दशौं नम्बर पर्ने अध्ययनहरुले देखाएको छ । नेपालमा प्रत्येक वर्ष १७ हजार बिरामी क्षयरोगको कारणबाट मृत्यु हुनेगरेको अनुमान गरिएको छ ।
एक करोडको अवैध मेडिकल उपकरणसहित तीन जना भारतीय पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले एक करोड मुल्यबराबरको अवैध मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ ।
‘एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ’
काठमाडौं, असार ३१ गते। एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ। नेपाल प्रेस इस्न्टिच्युटले शुक्रबार आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताउनुभयो। उहाँका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ। “एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,” उहाँले भन्नुभयो, “खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा खेरी कसैले पुनःजीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचीरहने भयो।”नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपश्चात अङ्ग दान गर्न हिच्किचाइरहेका छन्। जवकी अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनःजीवन पाउने उहाँको भनाइ छ। केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो। मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ। हालै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरिसक्नु भएको छ। केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिष्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन्। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ्गले मस्तिष्कघात पछि अङ्गदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताउनुभयो। आफूले पनि अङ्गदान गरिसकेको जानकारी दिँदै उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताउनुभयो। “मैले पनि मस्तिष्क घातपछि अङ्गदान गर्ने घोषणा गरिसकेको छु। समाजका मानिसलाई अङ्दानसम्बन्धी सचेत गराउनुपर्ने छ। अङ्गदानको महत्व धेरै छ”, उहाँले भन्नुभयो। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अङ्दानबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो। उहाँले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण पु¥याउन तयारी गरिएको बताउनुभयो। वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताउनुभयो। उहाँले मस्तिष्क मरण भए पनि अन्य अङ्गको मरण विस्तारै हुने भएकाले अन्य अङ्गलाई निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो। “मस्तिष्क मरणसँगै हरेक अङ्ग मर्दै जान्छ। ह्वात्तै मानिस मर्दैन। सबै अङ्ग मरेपछि मस्तिष्क मरण हुन्छ”, उहाँले भन्नुभयो, “मस्तिष्क मरण भए पनि अङ्ग बाचेको हुनाले अङ्ग निकालेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ।” उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताउनुभयो। “धार्मिक अग्रजलाई अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्दछ”, उहाँले भन्नुभयो, “क्रिश्चियनले पनि अङ्गदान गरेको पाइन्छ। धार्मिक नेतालाई अगाडि सारेर जनचेतना जगाउँदा अङ्गदान गर्ने मानिस बढ्न सक्छ।” कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कपिल काफ्लेले मूलधारका पत्रिकाले स्वास्थ्यका समाचारलाई प्राथमिकता नराखेको बताउनुभयो। उहाँले स्वास्थ्य पत्रकारिताको विषयमा तालिम सञ्चालन गरेर अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। वरिष्ठ पत्रकार भैरव रिसाल अङ्गदान जस्तो विषयलाई जनचेतना जगाई सबैलाई अङ्गदान गर्न उत्प्ररित गर्नुपर्ने बताउनुभयो। वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी स्वास्थ्य संवेदनशिल कुरा भएकाले खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो। वरिष्ठ पत्रककार राजेन्द्र दाहालले ज्येष्ठ नागरिकलाई जिउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो। उहाँले शहरभन्दा गाउँघरतिर स्वास्थ्य सेवा पु¥याउन आवश्यक रहेको बताउनुभयो। इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेतीले आँखा दानमा जस्तै अन्य अङ्गको दान पनि सजिलो बनाउन आवश्यक रहेको बताउनुभयो। केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले केन्द्रमा गरिएको अङ्ग प्रत्यारोपण ९९.९ प्रतिशत सफलता प्राप्त गरिएको बताउनुभयो। उहाँले अङ्गदानका लागि सचेतना फैलाउन सके सबैले अङ्गदान दिनेसक्ने बताउनुभयो। “परिवारको सदस्य रोगी भएर सारा परिवार रोगी जिन्दगी बिताउनुभन्दा अङ्गदान गरेर त्यो रोगीलाई निको पार्ने वित्तिकै सारा परिवार र समाज सुखी हुन्छ। राष्ट्रको सम्पत्ति जोगिन्छ।”, उहाँले भन्नुभयो, “राष्ट्रलाई उत्पादनशिल नागरिक उत्पादन हुन्छ।”श्रेष्ठका अनुसार पुरुषभन्दा महिलाले मिर्गौला प्रत्यारोपण बढि गरेको छन्। पुरुषमा ८० प्रतिशत मिर्गौला लिएको र २२ प्रतिशतले दिएको तथा महिलामा २० प्रतिशत मिर्गौला लिएको र ७८ प्रतिशतले दिएको केन्द्रको तथ्याङ्क रहेको छ। उहाँले मिर्गौला बिग्रेको ९० प्रतिशत भएपछि मात्र थाहा पाउने भएकाले वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनसमेत आग्रह गर्नुभयो। उहाँले मिर्गौला डायलासिसभन्दा प्रत्यारोपण गर्दा मानिस स्वच्छ र आर्थिकरुपमा सस्तो पर्ने बताउनुभयो। उहाँका अनुसार दुई वर्षको डायलासिसले एक वटा प्रत्यारोपण गर्न सकिने छ। सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। सरकारले प्रतिबिरामी रु पाँच लाख ५० हजार दिने गरेको छ। हाल नेपालमा ७५ वटा डायलासिस केन्द्र रहेका छन्। नेपालमा वर्षेनी तीन हजार मिर्गौलाका बिरामी थपिने गर्छन्। रासस