जलन उपचार प्राथमिकतामा परेन : डा. भण्डारी
आफ्नो उपचार नेपालमै गर्ने चाहना राख्नु हुने सांसद डा. चन्द्र भण्डारीले जलन उपचार राज्यको प्राथमिकतामा नपरेको बताउनुभएको छ । भारतमा उपचार गराई हाल नेपालकै फ्रन्ट लाइन अस्पताल, काठमाडौँमा उपचार गराउन बाध्य भएका भण्डारीले आफू भारतमा उपचारका लागि गएपछि वीर अस्पतालमा सुवधिा सम्पन्न जलन उपचार केन्द्र बनाउने घोषणा गरेको भए पनि तीन महिनाभन्दा बढी हुँदासमेत सञ्चालनमा नआउनु दुःखद रहेको बताउनुभयो । उहाँले आगलागीका घटनामा सामान्यबाहेकको उपचार नेपालमा सम्भव नहुने भएकाले आम नागरिक विदेशमा पुगेर उपचार गर्ने अवस्था नरहेकाले नेपालमै सहज उपचार गराउन आवश्यक प्रविधिसँग पूर्वाधारयुक्त अस्पताल आवश्यक रहेको उल्लेख गर्नुभयो । यिनै विषयलगायतमा उहाँले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्न समय लिनुभएको छ ।
जलन वार्ड चल्ने अत्तोपत्तो छैन
वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ । गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो ।
मधेशका ९० प्रतिशत नागरिक दूषित पानी पिउँदै
मधेश प्रदेशको समग्र जनसङ्ख्याको ९० प्रतिशत मानिसले अझैपनि जीवाणुयुक्त खानेपानी खाइरहेको एक तथ्याङ्कले देखाएको छ ।
नेपालमा सिकलसेलका बिरामीको अवस्था सन्तोषजनक छैन : डा.सिंह
रक्तरोग विशेषज्ञ डा.नीरजकुमार सिंहका अनुसार मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरूप परिवर्तन भई हँसियाजस्तै आकारमा परिवर्तन हुने रोगलाई सिकलसेल एनिमिया भनिन्छ । जिनमा हुने खराबीले गर्दा लाग्ने यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । नेपालमा यो रोग खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइने सिंह बताउनुहुन्छ ।
भक्तपुर अस्पताल सर्वोत्कृष्ट
भक्तपुर अस्पताल यस वर्ष सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी देशभरका अस्पतालमध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभएको छ । सोमबार चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
कम हुँदै कोरोना भाइरस सङ्क्रमित
कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो।
निःशुल्क उपचार लिएकाहरूको विवरण महानगरमा पठाउनु : प्रमुख शाह
महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यान्वयन गर्न आग्रह गर्दै महानगरप्रमुख बालेन शाहले लक्षित वर्गलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस गर्नुपर्ने र प्रत्येक महिना उक्त विवरण महानगरमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।
कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै
पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसन सहकार्यमा निःशुल्क आँखा शिविर
निरन्तर चार दिनसम्म सञ्चालन भएको भएको निःशुल्क आँखा शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको छ । मोरङको रङ्गेली र सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको हो ।
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएका छन् : डा देउवा
सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभएको छ।
प्रत्येक आधारभूत अस्पतालमा विशेषज्ञ
सरकारले प्रत्येक आधारभूत अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडिजिपी चिकित्सक रहने योजना सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको छ। शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडीजीपी चिकित्सक राख्ने घोषणा गरिएको छ। अस्पतालमा कम्तीमा तीन जना मेडिकल अधिकृत रहने बताउनुभयो। यस्तै आधारभूत अस्पतालमा आवश्यक नर्सलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्स–रे, अल्ट्रासाउन्ड, इको, इसिजी लगायतका उपकरण हुनेछ।
तिलङ्गाबाट उत्पादित लेन्सको विश्व बजारीकरण हुने
तिलङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा ‘ब्राण्डिङग’ गरिने भएको छ।
नीति तथा कार्यक्रममा स्वास्थ्य सवाल
चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने भएको छ।
भेरी अस्पतालमा बिरामी बढे
भेरी अस्पतालमा न्यूरो रोग सम्बन्धीका बिरामी बढ्न थालेका छन् । विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालमा कन्सल्टेन्ट न्यूरो सर्जनद्धय डा.अञ्जन सिंह कार्की र डा.सुबोध गौतमले सेवा दिन थालेपछि अहिले दैनिक ४० जना बिरामीले ओपिडीमा सेवा लिइरहेको बताउनुभयो ।
वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
अर्जुनचौपारी गाउँपालिकाले वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि वितरण गरिएको थियो ।
पूर्ण खोप सुनिश्चितताको जिल्ला बन्दै रौतहट
रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।
हेरेकै भरमा उपचार गर्छु भन्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
आँखाले हेरेकै भरमा रोग निको बनाउँछु भन्दै हिँड्नेलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ।
सञ्चालनमा नआएका स्वास्थ्य सामग्री फिर्ता लिन स्वास्थ्य विभागलाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनावश्यक रूपमा (स्थान नभएर वा जनशक्ति नभएर पनि) उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ।
स्वास्थ्यमन्त्री बस्नेत नेतृत्वको टोली आज जेनेभा जाँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ ।
टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
सरकारले टाइफाइडबाट ज्यान जोगाउन सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।
ठोकर्पा आधारभूत अस्पताल सञ्चालनमा
सुनकोशी गाउँपालिका–१ मा एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले बिहीबार उद्घाटन गर्नुभएको छ ।
सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच
नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुई दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।