कान्तिबाल अस्पताल तत्काल सुधार गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरूको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पताललाई निर्देशन दिनुभएको छ ।
वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन
वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५ वटा शल्यक्रिया कक्ष छन् । तीमध्ये नौवटा प्रयोगमा छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले भन्नुभयो, “जनशक्ति अभावले सबै अपरेसन थिएटरलाई सञ्चालन गर्न सकेका छैनौँ ।”
सुन्दरहरैचामा पूर्णकालीन अस्पताल सेवा बिस्तार
पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैचा ८ गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ ।
२२ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप
नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका २२ हजार १० जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।
दिल्लीमा कोभिड सङ्क्रमितको सङ्ख्या शून्य
पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी सुरु भएदेखि यहाँ सङ्क्रमण शून्यमा झरेको पहिलो पटक हो ।
प्रधानमन्त्री प्रचण्डले बुझ्नुभयो उपमहासचिव पुनको स्वास्थ्य अवस्था
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
बीमा समस्या समाधान गर्ने मन्त्री गिरीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।
आजबाट निःशुल्क बाथ रोग शिविर सञ्चालन हुने
नेपालमा बढ्दै गइरहेको बाथ रोगको पहिचान तथा उपचारको पहुँचमा ल्याउनका लागि साताव्यापी निःशुल्क बाथ रोग शिविर सञ्चालन हुने भएको छ ।
मृतकका आफन्तलाई धैर्य गरी सहयोग गरिदिन प्रतिष्ठानको आग्रह
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतकका परिवार आफन्तजन तथा शुभचिन्तकहरुले धैर्य धारण गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
वीर र ट्रमामा आकस्मिक बाहेक सबै सेवा बन्द
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले आज (सोमबार) आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
दादुरा सङ्क्रमितको सङ्ख्या १९२ पुग्यो
नेपालगञ्ज उपमहानगरपालिमा तीव्र गतिमा दादुरा फैलिरहेको छ । स्वास्थ्य कार्यालय बाँके आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै १९२ पुगेको हो । सोही समयमा १ जनाको मृत्यु भएको छ ।
उपत्यकाका हब अस्पताललाई तयारी अवस्थामा रहन आग्रह
सरकारले उपत्यकाका हब अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
विमानमा बच्चासहित डाक्टर दम्पती पनि हुनुहुन्थ्यो
यति एयरलाइन्सको विमान दुर्घटनामा दुई डाक्टर रहेको पुष्टि भएको छ।
माघे सङ्क्रान्तिमा खाइने खाद्य पदार्थका फाइदा
नेपाली समाजमा समुदाय अनुसार माघे सङ्क्रान्ति विभिन्न तरिकाले मनाउने गरिन्छ । माघे सङ्क्रान्तिको जति महत्व छ, यो दिनमा खाइने परिकारको समेत छुटै महत्व रहेको छ । यस्ता खानेकुरा धार्मिक संकृतिक हिसाबले जति महत्वपूर्ण छ त्यति नै पोषणका हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।
योग र ध्यान विज्ञान हो, नेपालको गौरव हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको बताउनुभएको छ । आइतबार बिहान राष्ट्रिय योग दिवस २०७९ दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो।
गाउँको स्वास्थ्यचौकीमा गर्भवतीको अल्ट्रासाउण्ड
दुुर्गमका स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने काम भएको छ । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेकाबेला जिल्ला अस्पतालबाट परिचालित दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउण्ड गर्ने काम भएको हो ।
औषधि अभावले स्वास्थ्य संस्था जान छोडे बिरामी
चन्द्रपुर नगरपालिका–९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि बिरामी जान छोडेका छन् । निःशुल्क उपलब्ध हुने औषधि अभाव भएपछि स्वास्थ्य चौकीमा बिरामी जान छोडेका हुन् ।
दस वर्षमा हजार जनाको प्रत्यारोपण
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।
‘दादुरा खोप अभियान सञ्चालन गर्न खोप वितरणमा समस्या छैन’
स्वास्थ्य कार्यालय बाँकेले दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न खोपको वितरणमा कुनै समस्या नरहेको जनाएको छ ।
जाडोमा हृदयाघातको जोखिम उच्च : वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल
नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ ।
कम उमेरमै गर्भपतन जोखिममा स्वास्थ्य
लुम्बिनी प्रदेशमा गर्भपतन सेवा लिने २० वर्षमुनिका महिला झन्डै १० प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार, बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाको सङ्ख्या बढ्दै गएको देखिएको छ ।
वैकल्पिक उपचार रोज्छन् पीडित
मुगुका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । किशोरी अवस्थामै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि शरीरलाई भार हुने गरी काम गर्नुपर्ने बाध्यता र पर्याप्त पोषणयुक्त खानाको अभावले मुगुका महिलामा पाठेघरको समस्या बढी देखिएको पाइएको हो ।
स्वास्थ्य जोखिमको ख्याल नगर्दा किशोरी–सुत्केरीको ज्यान गयो
उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउन सक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्य चौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ ।
वयस्कमा मात्रै होइन, बालबालिकामा पनि देखिन्छ मानसिक समस्या
मानसिक समस्या भन्नेबित्तिकै वयस्कलाई हुने समस्या भन्ने धेरैको बुझाइ छ । वयस्कलाई जस्तै बालबालिका तथा किशोर–किशोरीलाई पनि मनोरोगका समस्या हुने चिकित्सकहरू बताउँछन् ।