• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छः चिकित्सक

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, वैशाख ८ गते। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ। 

उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शुक्रबार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो। 

दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन् ।’’ 

यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख