• ५ जेठ २०८१, शनिबार

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल। फाइल तस्बिर

बारा, वैशाख ८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योगग्राम निर्माणका लागि पहल भइरहेको उहाँको भनाइ थियो । 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सिर्सियामा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोग आवश्यक भएको जिकिर गर्नुभयो । बजेट अभावले नागरिकमुखी योजना कार्यान्वयन गर्न कठिन भएको उल्लेख गर्दै उहाँले यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन उहाँले मन्त्री रिजालसमक्ष आग्रह गर्नुभयो ।