प्रभावकारी बन्दै ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’
गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएको छ । सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दैआएको स्थानीय नागरिकको भनाइ छ ।
कर्णालीमै अब मिर्गौला प्रत्यारोपण सेवा
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो ।
युवामा हृदयाघातको समस्या बढ्दै
पछिल्लो समय युवावस्थामा पनि हृदयाघात हुने सम्भावना बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार हृदयघात भएर अस्पतालमा आउने मध्ये ४५ वर्ष नपुगेका १२ प्रतिशत युवा छन् ।
पाठेघर खस्ने समस्या
पाठेघरलाई मांसपेशीका डोरीजस्ता विभिन्न तन्तुले आफ्नो ठाउँमा अड्याएर राखेका हुन्छन् । कुनै पनि सङ्क्रमणले, बच्चाको
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत
नेपालले गर्व गर्ने व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत। मोतीबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गर्नुभएको छ।
कैलालीमा दुई जनालाई दादुरा, नमुना परीक्षण हुँदै
कैलाली जिल्लामा दुई जनामा दादुरा देखिएको छ भने शङ्कास्पद दुई जनाको नमुना सङ्कलन गरिएको छ ।
अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५–पी ले रुपन्देहीको सबैभन्दा जेठो अस्पताल भैरहवास्थित भीम अस्पताललाई करिब ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
ज्येष्ठ नागरिकलाई घरमै सेवा
स्वास्थ्य सेवा तथा अन्य सेवाको पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकका लागि ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु गरिएको छ । सरकारले दिने सेवा ज्येष्ठ नागरिकलाई घरमै दिने उद्देश्यले पूर्वखोला गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो ।
दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरीको अवलोकन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो ।
जडिबुटी मिसाएको खाजा खाएपछि एकको मृत्यु, तीन विरामी
जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बिरामी भएका छन् ।
प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रोटिनयुक्त खानपान उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पोस्टमार्टम सकियो पहिचान बाँकी
गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि ४९ वटै शवको पहिचान भने हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिनुभयो । उहाँले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिनुभयो ।
‘लक्षित बालबालिका नै खोप लगाउन आउँदैनन्’
बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
माओवादी उपमहासचिव वर्षमान पुन डिस्चार्ज
नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिद्वारा अङ्गदान गर्ने घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अंगदान गर्ने घोषणा गर्नु भएको हो ।
बच्चा हुर्कियो तर पाएनन् सुत्केरी आमाले भत्ता
गएको साउनमा जुनीचाँदे गाउँपालिका — ५ की मनीषा गिरीले प्राथमिक स्वास्थ्य केन्द्र गर्खा कोटमा शिशुलाई जन्म दिनुभयो । सुत्केरी भएर स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्कँदा उहाँलाई स्वास्थ्य संस्थाले सुत्केरी तथा गर्भवती जाँच तथा पोषण रकम बापतको भत्ता नदिएरै बिदा गर्यो । भत्ता लिनका लागि उहाँ तीन पटक स्वास्थ्य केन्द्रमा पुग्नुभयो तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन ।
शव परीक्षण चाँडो गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाका परिवारसँग भेट गर्नुभयो। शव परीक्षण गरी परिवारलाई बुझाउन ढिलाइ भइरहेको सन्दर्भमा उहाँले शव परीक्षण (पोस्टमार्टम)को कार्य चाँडो गराउने पनि वचन दिनुभयो। उहाँले शव पहिचानको काम शीघ्र सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र परिवारलाई छिटो हस्तान्तरण गर्न निर्देशन दिनुभयो। त्यसका लागि आवश्यक पर्ने सहयोग सरकारसँग माग्न पनि अस्पताल पदाधिकारीलाई उहाँले आग्रह गनुभयो। केही दिनदेखि पोस्टमार्टमको कामले गति लिन नसक्दा गुनासो बढेको सन्दर्भमा प्रधानमन्त्रीले यो निर्देशन दिनुभएको हो।
म्याद गुज्रेको कोरोना खोप लगाउँदै नगरपालिका
राजविराज नगरपालिकाको स्वास्थ्य शाखाले नगरवासीलाई म्याद सकिएको कोरोनाको खोप लगाउदै आएको जानकारी प्राप्त भएको छ । राजविराज नगरपालिका – ८ को एक विद्यालयमा संयौ विद्यार्थीलाई त्यस्तो खोप लगाएको हो ।
कलेजो प्रत्यारोपण गर्न नेता पुनलाई चिकित्सकको सुझाव
नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।
वीर अस्पताल कार्डियोलोजी विभागमा क्याथल्याब सञ्चालनमा
वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथल्याब सञ्चालनमा आएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्नुभएको हो ।
बर्दिवास अस्पतालमा विशेषज्ञ सेवा
बर्दिवास असपताल पछिल्लो समय सुधारोन्मुख हुँदै गएको छ । २०६४ मा स्थापना भएदेखि राजनीतिक उपेक्षा र ब्यवस्थापकीय अकर्मण्यताका कारण उपचारमा समस्या हुँदैआएको थियो । व्यवस्थापकीय सुधार भएपछि ५० शैयाको असपतालमा अहिले उपचार सहज भएको स्थानीयको भनाइ छ ।
विमान दुर्घटनाका मृतक परिवारसँग प्रधानमन्त्रीका भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ।
घरमै सुत्केरी गराउँछन् हुम्लाका अधिकांश महिला
एउटै वडाका ३१ जना गर्भवती महिला सुत्केरी हुँदा अहिलेसम्म एक जनाले मात्र अस्पतालमा गएर सुत्केरी गराउनुभएको छ । प्रसूति गृहमा सुत्केरी गराउँदाका फाइदा र स्वास्थ्य चौकी टाढा भएपछि गर्भवती महिलाहरू घरमै सुत्केरी गराउनुपरेको बताउनुभएको छ ।