• ९ मंसिर २०८१, आइतबार

भारतमा घटे कोरोनाका बिरामी

blog

नयाँदिल्ली, वैशाख १४ गते । अघिल्ला दुई दिनको तुलनामा आज (बिहीबार) भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार नौ हजार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियोभने आज नौ हजार ३५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ । यो सङ्क्रामक रोगबाट आज २६ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार ९३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ५७ हजार ४१० जना सक्रिय सङ्क्रमित छन भने चार करोड ४३ लाख ३५ हजार ९७७ जनाले कोभिड–१९ बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ । रासस/पिटिआई