नौदेखि १५ महिनाका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह
सरकारले बालबालिकालाई दादुरा र रुबेला भाइरसबाट बचाउन नौ देखि १५ महिना पुगेका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
एसिड पीडितको थप उपचारका चार अस्पताल
सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।
परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन सञ्चालन
सरकारले परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
बालबालिकामा देखिने दादुरा के हो ?
नेपालगन्जमा केही दिनयता दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको ५, ७ र ८ नम्बर वडामा पुस १३ गतेदेखि फैलिएको दादुराबाट हालसम्म ६३ जना बालबालिका संक्रमित र एक जनाको मृत्यु भएको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाको तथ्यांक छ ।
बाजुराका बिरामी स्वास्थ्यकर्मी कुरेरै दिन कटाउँदै
बाजुराको बडिमालिका नगरपालिकाका बिरामी र उनका आफन्त अहिले स्वास्थ्य चौकी पुगेर स्वास्थ्यकर्मीको बाटो कुर्ने गरेका छन् । करारका कर्मचारीको म्याद थप नभएपछि कर्मचारी पुग्न नसकेपछि स्वास्थ्य चौकी बन्द जस्तै बनेको छ । तर अझै पनि स्वास्थ्यकर्मी आउने आशा गर्दै स्वास्थ्य चौकी पुगेर पर्खने गरेका छन् ।
कोरोना भाइरसबाट आज एक जनाको निधन
कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज (शनिबार) लामो समयपछि एक जनाको मृत्यु भएको हो ।
दादुरा नियन्त्रण अभियान तीव्र, ८७५ लाई खोप लगाइयो
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि सो नियन्त्रण अभियानलाई तीव्र पारिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि संक्रमणको जोखिम कम भइनसकेको बताउनुभएको छ।
कान्तिमा दुई हजार ५२६ बालबालिकाको शल्यक्रिया
कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ ।
विपन्न महिला, बालबालिलाई अन्डा वितरण
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले खानामा नियमित अन्डा र मासु सम्मिलित गरी सेवन गरेमा स्वास्थ्यलाई फाइदा पुग्ने सचेतना सहित विपन्न महिला र वालवालिकालाई अन्डा वितरण गरिएको छ । केन्द्रले कुखुराको मासु र अन्डा सेवनको महत्व बुझाउँदै सात हजार दुई सय वटा अन्डा वितरण गरेको केन्द्रका पशु विकास अधिकृत डा. धुव्र डिसीले जानकारी दिनुभयो ।
दुई वर्षपछि अस्पतालकाे भवन निर्माण सुरु
दुई वर्ष अघि शिलान्यास भएको ताँजाकोट गाउँपालिकाको अस्पताल भवन बल्ल निर्माण सुरु भएको छ । ठेकेदारको बदमासीले रोकिएको निर्माण कार्य स्थानीयको दबाबपछि काम सुरु भएको हो ।
अत्यधिक रक्तस्राब हुँदा सुत्केरीको ज्यान गयो
प्रसुती भएपछि अत्यधिक रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । जिल्लाको कुम्मायक गाउँपालिका –२ मङ्जावुङकी मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।
विजयनगरमा निःशुल्क आँखा उपचार शिविर
कपिलवस्तुको विजयनगर गाउँपालिकाले निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका ग्रामीण भेगका जनतालाई उपचारको दायरामा ल्याउन शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो ।
महाकाली अस्पतालमा स्वास्थ्यकर्मीको अभाव
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो ।
अवैध रूपमा औषधि पसलहरू सञ्चालन
ताप्लेजुङमा अवैध रूपमा औषधि पसल तथा मेडिकल हल सञ्चालन गरेको पाइएको छ । सदरमुकाम फुङ्लिङ बजारभित्रै दर्ता लगायतका प्रक्रिया पूरा नगरी अवैध रूपमा औषधि पसल सञ्चालन गरेको पाइएको हो ।
मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो
जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स, ईशान, नर्भिकलगायतका अस्पतालमा जाडो मौसमसँगै रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर अस्पताल जाने गरेका छन् ।
यी हुन् जाडोमा शरीरलाई शक्ति दिने खानेकुरा
काठमाडौं उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।
नेपालगञ्जमा देखियो दादुरा राेग
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
म्याग्दीको तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो ।
नर्भिकमा मिर्गौला प्रत्यारोपण सुरु
थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ । नर्भिक अस्पतालमा प्रत्यारोपण सेवा प्रारम्भ भएसँगै मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालको सङ्ख्या ११ पुगेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिक अस्पतालले ६६ र ५४ वर्षीय पुरुषद्वयको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । ६६ वर्षीय पुरुषलाई उहाँकी ५५ वर्षीया पत्नीले मिर्गौला दान गर्नुभयो भने ५४ वर्षका पुरुषलाई उहाँकी ३० वर्षीया छोरीले मिर्गौला दान गर्नुभयो ।
तीन सय शय्याको अस्पताल निर्माण हुने
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको छ । हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले यसका लागि भवन निर्माणको काम सुरु गर्ने जानकारी दिनुभयो । अस्पताल भवनको डिजाइन तयार भइसकेको छ ।
पछिल्लो एक वर्षमा ४२५ जना कोरोना सङ्क्रमितको मृत्यु
एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
कनकाई अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।
अल्का अस्पतालको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
अल्का अस्पतालले आज (सोमबार) बाट राष्ट्रिय स्तरको पाँचदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।