शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको महाराजगज्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।
नियमित स्वस्थ्य परीक्षणका लागि अस्पताल जानु भएका पौडेलको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रासाउण्ड)को सहायताले परीक्षणका लागि पानी निकाली सो परीक्षणका लागि पठाइएको छ।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उहाँ हाल निवास फर्कनु भएको कुरा जानकारी गराइन्छ।’’
