• ५ वैशाख २०८३, शनिबार

अफगानिस्तानमा बाढीका कारण, ७३ हजारभन्दा बढी प्रभावित : राष्ट्रसङ्घ

blog

काबुल (अफगानिस्तान), वैशाख ५ गते । अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिनसम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) लाई उदृत गर्दै शनिबार टोलो न्युजले जनाएको छ ।

युएनएफपिएको रिपोर्टका अनुसार बाढीले अफगानीस्तानका विविन्न स्थानमा क्षति पुर्‍याएको छ भने हजारौं घर, कृषि जग्गा र सडक लगायत प्रमुख पूर्वाधार ध्वस्त पारेको छ । विस्थापित परिवार, विशेष गरी महिला तथा बालबालिकाले स्वास्थ्य सेवाहको पहुँचमा गम्भीर चुनौतीको सामना गरिरहेका छन् ।  

उनीहरूलाई तत्काल खाना, आश्रय, र मनोसामाजिक सहयोग अत्यावश्यक भएको जनाइएको छ । मानव अधिकारवादी संस्थाले बढ्दो आवश्यकता सम्बोधन गर्न र अवस्थाको थप बिग्रन रोक्न सहयोग बढाउन आह्वान गरेका छन् । रासस/सिन्ह्वा