• १३ साउन २०८१, आइतबार

सङ्क्रमण भए आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ।

काठमाडौं, वैशाख ५ गते । सरकारले काेभिड-१९ सङ्क्रमण भए तुरुन्त आइसोलेसनमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना जारी गर्नुहुँदै कोरोना सङ्क्रमित भएमा लक्षण देखिए वा नदेखिए सात दिनसम्म आइसोलेसनमा बस्न आग्रह गर्नुभएको हो ।

सात दिनपछि आइसोलेसनबाट बाहिर आउन अघि चिकित्सकसँग परामर्श गर्न पनि अधिकारीको आग्रह छ ।

आइसोलेसनमा बस्दा मिलेसम्म छुट्टै शौचालय र प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने, नाक, मुख र चिउँडो छोपिने गरी माक्स लगाउने र प्रयोग गरिएको माक्सको उचित व्यवस्थापन गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरले हात सफा गर्न आग्रह गरेको छ । 

आइसोलेसनमा पाँच दिन वा त्यो भन्दा बढी बसिसकेको र कुनै पनि लक्षण बाँकी नरहेको, विगत २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए आइसोलेसनमा बस्न नपर्ने मन्त्रालयले जनाएको छ ।

आठौँ दिनसम्म अरु मानिसको सम्पर्कमा नजाने, माक्स मुख चिउँडो छोपिने गरी माक्स लगाउने र प्रयोग गरिएको माक्सको उचित व्यवस्थापन गर्ने, बेलाबेला साबुनपानीले हात धुने वा स्यानिटाइजरले हात सफा गर्ने अधिकारीको सुझाव छ ।