• ९ वैशाख २०८२, मङ्गलबार

सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनु पर्छ : उपसभामुख राना

blog

एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उपसभामुख इन्दिरा राना । तस्बिर : गारेखापत्र

काठमाडौं, जेठ १३ गते । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ । शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताउनुभएको हो ।

त्यस अवसरमा उहाँले महिला सांसदहरूका लागि सङ्घीय संसद् भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताउनुभयो । उपसभामुख रानाले सबै विद्यालयहरूमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गर्नुभयो । आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई थियो ।

‘‘यो राष्ट्रिय प्रोग्राम नै हुनु प¥यो कि महिला दिदीबहिनीहरूलाई, छोरीहरूलाई सुरक्षित राख्नु पर्छ भन्ने प्रोग्राम हाम्रो नेशनल प्लानिङ भित्र, बजेट भित्र यो आउनु प¥यो । बजेट भित्र आएर हरेक स्कुलमा स्यानिटरी प्याड, जसले इन्भारोमेन्टलाई असर गर्दैन । त्यस्तो प्याडहरूको व्यवस्था गर्नु प¥यो । र, हामीले यो संसद् भवनमा पनि त्यहाँ सेनिटरी प्याडहरू राखिएको छैन । सुरुवात माथि नै छैन भने तलसम्म पुग्छ भन्ने हुँदैहुँदैन ।,’’ उपसभामुख रानाले भन्नुभयो, ‘‘म यसमा के भन्न चाहन्छु भने हाम्रा माननीयज्यहरुलाई पनि, महिला माननीयज्यूहरूलाई सेनेटरी प्याडको लागि जोडदार ढङ्गले कुरा गर्ने र यसलाई राष्ट्रिय योजना भित्र राखेर हरेक ठाउँमा यो सेनिटरी प्याडको व्यवस्था गर्नु पर्छ भनेर म भन्दा सिनियर सम्मानितज्यहरुसँग त्यो कुरा गर्ने भनाई राख्न चाहन्छु । यहाँ एक्सपोज नेपालले धेरै कुराहरू गर्नु भएको छ । घरेलु हिंसादेखि लिएर बलात्कारहरूको विषयमा पनि मुद्दा उठाइरहनु भएको रहेछ । यसका लागि म यस संस्थालाई धन्यवाद दिन चाहन्छु । र, अव महिलाहरूले चुप लागेर बस्ने बेला छैन ।’’

उपसभामुख रानाले महिलाहरूको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गर्नुभयो