बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए
बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो ।
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
सर्लाहीको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपी, मोजा तथा विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको छ ।
कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला सुरु
सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुआत भएको छ ।
मन्त्री घिसिङद्वारा नारायणी नदीमा बन्न लागेको पुलको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुभएको छ ।
पालिका परिसरमै मधुमेह र रक्तचापको जाँच
पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याइएको छ । पालिकामा आउने सेवाग्राहीका लागि पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण थालेको हो ।
धनकुटाबाट लागुऔषधसहित छजना पक्राउ
धनकुटा नगरपालिका–७, स्थित बस पार्कबाट प्रतिबन्धित लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ ।
चार वर्षमा चार हजारभन्दा बढीले गुमाए ज्यान
मधेश प्रदेशमा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । विगत चार वर्षको अवधिमा चार हजार पाँच सय ८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।
मुस्ताङका पशुपालक कृषक पहाडी र हिउँ चितुवाको चपेटामा
घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारले गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले मार्छ भन्ने कल्पना गर्नुभएको थिएन । बस्ती नजिकै, मानिसको चहलपहल हुने स्थानमा गाउँभित्रको भेडाच्याङ्ग्रा राख्नुभएका परियारले कल्पनौ नगरेको क्षति ब्यर्होनुपर्यो ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने
गण्डकी प्रदेशस्तरीय सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने भएको छ । आगामी माघभित्र प्रतियोगिता आयोजना हुने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।
‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।
दुई लाखभन्दा बढीको सामान भन्सारमा बुझाइयो
जिल्ला प्रहरी कार्यालय सप्तरीले भन्सार छलेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ । भारततर्फबाट भन्सार छलेर ल्याइएको दुई लाखभन्दा बढी मूल्यको कपडा तथा किराना सामान भन्सार कार्यालयमा बुझाएको हो ।
संरक्षणमा नयाँ पहल : पण्डितपुरको उत्खनित प्राचीन भग्नावशेष खुल्ला नै राखिने
सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा यस पटक उत्खननमा भेटिएका प्राचीन बस्ती तथा भवनका भग्नावशेषहरूलाई खुल्ला नै राख्ने तयारी गरिएको छ ।
पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई
म्याग्दीको बेनीमा शुक्रबार साँझ सम्पन्न भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ ।
गोरखाबाट कांग्रेसका ३१ जना उम्मेदारको आकाङ्क्षी
आगमी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ ।
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोराही–तुलसीपुर चारलेन सडक विस्तार, सडक सीमा खाली गर्न सूचना
दाङको घोराही–तुलसीपुर सडकखण्डको सीमाभित्र पर्ने सडक खाली गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
भन्सार छली ल्याइएका सामान प्रहरीद्वारा नियन्त्रणमा
जेनजी आन्दोलनपछि अवैध तथा गैर कानुनी गतिविधि रोक्न सक्रिय भएको प्रहरीले भारतबाट भन्सार राजस्व छलेर भित्र्याएको पाँच लाख रुपियाँभन्दा बढीको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
पोखरामा दुई अर्बमा जलन अस्पताल बनाइने
पोखरा महानगरको वडा नम्बर २७ लेखनाथ जलन अस्पताल बन्ने भएको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानको खाली २८ रोपनीमा सय शय्याको अस्पताल बनाइने भएको हो ।
‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ सम्पन्न
यसवर्षको ‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ शुक्रबार चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ ।
केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।