राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मंगलबार जारी गर्नुभएको हो।
चट्याङ लागेर घरमा क्षति
पाँचथरको फिदिम नगरपालिका–१, शनिबारेमा चट्याङ लागेर आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मङ्गलबार राति करिब १० बजे स्थानीय भगवती ढुङ्गेलको घरमा अचानक आगलागी भएको हो ।
मध्यपूर्वमा तनाव उत्कर्षमा
मध्यपूर्व क्षेत्रमा युद्धजन्य अवस्था थप जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय स्तरमा तनाव घटाउने आह्वान तीव्र भएको छ । पछिल्ला आक्रमण र प्रतिआक्रमणका घटनाक्रमले क्षेत्रीय मात्र नभई, विश्वव्यापी सुरक्षा चिन्ता बढाएको छ ।
२५ सयबाट सुरु गरिएको सहकारीको पुँजी ३१ करोड
२८ वर्षअघि दर्ता भएको एउटा बचत तथा ऋण सहकारी अहिले प्युठान जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा स्थापित छ । २०५५ सालमा तत्कालीन खैरा गाउँका १३ जना युवाले दुई हजार पाँचसय रुपियाँ बचत सङ्कलन गरी स्थापना गरेको सहकारीमा अहिले करोडौंको पुँजी जम्मा भएको छ ।
सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’
यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ ।
जाजरकोटमा ब्राउन सुगरसहित चार जना पक्राउ
जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शिवालय गाउँपालिका–१, छेडाचौर बजारमा नलगाड नगरपालिका–७ का सौगात सुनार, नरेन्द्र सुनार, भूपेन्द्र सुनार र नेत्रबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
दार्मामा आँखा शिविर : ३८ जनाको मोतिविन्दु शल्यक्रिया
सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ११८ जना लाभान्वित भएका छन् ।
मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै
यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् ।
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ ।
हावाहुरीका सप्तरीमा दुई जना घाइते
सप्तरीमा आएको हावाहुरीका कारण भएका दुई जना घाइते भएका छन् । सोमबार साँझ ६ः१५ बजे राजविराज नगरपालिका वडा नम्बर ६ स्थित ट्रान्सफर्मर नजिक हावाहुरीले उडाएको जस्तापाताले लाग्दा रुपनी गाउँपालिका ३ मकरी टोलका ४० वर्षीया सोनी कुमारी मण्डल घाइते हुनुभएको हो ।
हुनानको पटाका कारखानामा विस्फोट हुँदा २१ जनाको मृत्यु
मध्य चीनको हुनान प्रान्तस्थित एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ ।
बागमतीको भेलले बगाउँदा एक जनाको मृत्यु
बागमती नदी तर्ने क्रममा काभ्रेपलाञ्चोकबाट मकवानपुरतर्फ आउँदै गरेका एक व्यक्तिलाई माथिबाट आएको आकस्मिक भेलले बगाउँदा मृत्यु भएको छ ।
मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र सम्पन्न
पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर पश्चिम खण्डमा मुख्य सडक कालोपत्र गर्ने कार्यले पूर्णता पाएको छ ।
महिला सशक्तीकरणसँगै जलवायु सहनशीलता वृद्धि अभियान सुरु
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्युनीकरण गर्दै समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले रौतहटमा समुदायस्तरीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजना निर्माण अभियान सुरु गरिएको छ ।
गुल्मीमा १५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो
गुल्मीमा १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ। यहि वैशाख ६ र ७ गते सञ्चालन भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत यस जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको हो।
रारा गोल्डकप फाइनलमा बिर्तामोड र आयोजक भिड्ने
जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी (झापा) र आयोजक रारा फुटबल क्लब (राजारानी) भिड्ने भएका छन् ।
पाँचौँ पटक थपिएको म्याग्द सकिँदा कुश्मीसेरा–राङखानी सडक अलपत्र
पाँचौँ पटक म्याद थपिएपछि काममा फर्किएको ठेकेदार कम्पनीले मूल्यवृद्धि र बिटुमिन अभावको बहाना बनाउँदा दक्षिण बागलुङको मेरुदण्ड मानिने बागलुङ–कुश्मीसेरा–राङखानी–बरेङ–शान्तिपुर सडकअन्तर्गत कुश्मीसेरा–राङखानी–देवलधारा खण्डको कालोपत्र कार्य पुनः अन्योलमा परेको छ ।
बाँकेमा विद्युत वितरण सुधार अभियान तीव्र
बाँके जिल्लामा विद्युत आपूर्ति सहज बनाउन र उपभोक्तालाई समस्या नपर्ने गरी नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले सुधार अभियान तीव्र पारेको जनाएको छ ।
अतिक्रमित जग्गा खालीअघि वैकल्पिक व्यवस्था माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूको वैकल्पिक व्यवस्था गरेर मात्र सार्वजनिक जग्गा खाली गर्न कोहलपुर नगरपालिकासँग माग गरेको छ ।
दक्षिणी हुम्लामा जौ टिप्ने चटारो सुरु
जिल्लाको दक्षिणी क्षेत्रमा यतिबेला जौ (जेठासी बाली) टिप्ने चटारो सुरु भएको छ । वैशाख तेस्रो हप्ता लागेसँगै खेतमा छरिएको जौ पाकेपछि किसानहरू कटानीमा व्यस्त भएका छन् ।
दुई शताब्दी पुरानो ‘झिम्बु’ गुफा संरक्षणमा स्थानीय सक्रिय
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको करिब दुई सय वर्ष पुरानो ‘झिम्बु’ गुफाको संरक्षण तथा प्रवद्र्धनमा कागबेनीका स्थानीय समुदाय सक्रिय भएका छन् ।
कर्णाली प्रतिष्ठानमा ६ घण्टाको शल्यक्रियापछि न्युरो अपरेसन सफल
जुम्ला पातारासी गाउँपालिका–३ का गोरबहादुर बोहरा छतबाट खसेर गम्भीर घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
सत्ता गठबन्धनभित्र कुनै मतभिन्नता छैन : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्ता गठबन्धनमा रहेका दलबिच कुनै पनि प्रकारको मतभिन्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।