गाजामा स्वास्थ्य पुनस्थापना प्रणाली कमजोर, अन्तर्राष्ट्रिय सहयोगको अपिल
गाजामा घाइते बिरामीका लागि पुनस्थापना सेवामा गम्भीर अभाव देखिएको भन्दै मानवीय निकायले चिन्ता व्यक्त गरेका छन् । मानवीय समन्वय सम्बन्धी निकायका अनुसार गाजामा ६ हजार ६०० भन्दा बढी बालबालिका रहेका छन् ।
अनुदानको पर्खाइमा मौरी मुडेघार
बाजुराको हिमाली गाउँपालिका–६, पाडीका मौरीका मुडेघार अनुदानको पर्खाइमा रहेको छ । पाडीका किसानले परम्परागत रूपमा बनाएका ती मौरीका मुडेघार अहिले रुप फेर्ने पर्खाइमा रहेका छन् ।
कोटेसनमार्फत कार्यक्रम कार्यान्वयन नगर्न मुख्यमन्त्री शाहको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कोटेसनमार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।
अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु
अमेरिकाले कार्गो डुङ्गामा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।
डब्ल्युएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्क्रमणको पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्क्रमण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
जेलेन्स्कीको रुसप्रति आलोचनात्मक टिप्पणी
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसमाथि कडा आरोप लगाउँदै घातक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई ‘पूर्ण सनकीपन’ को संज्ञा दिनुभएको छ । उहाँले मस्कोले आगामी मे ९ मा आयोजना गर्न लागेको विजय दिवस परेडका लागि युद्धविरामको माग गर्नु नै विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो ।
एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का
गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः गहिरो अनुसन्धानको माग गर्दै भारतीय पाइलटको एक समूहले उड्डयन मन्त्रालयमा औपचारिक पत्र बुझाएको छ ।
विश्वकप लिग–२ : गुल्सनले पाँच विकेट लिएको खेलमा, ओमानमाथि नेपालको सानदार जित
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि सानदार जित हासिल गरेको छ ।
राखेपका १९ जना पदाधिकारी पदमुक्त
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारी पदमुक्त भएका छन् ।
बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक
सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी र तराईका जिल्लासँग जोड्ने बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
काभा महिला भलिबल : नेपालको पहिलो खेल भारतसँग
आयोजक नेपाल भलिबल सङ्घले मङ्गलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने
नेपाली सेनामा कार्यरत रहेर दिवङ्गत हुनुभएका अशोक विकको स्मृतिमा बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने भएको छ ।
घरमै बसेर जग्गाको नक्सा: ‘मेरो कित्ता’ बाट सेवाग्राही लाभान्वित
घरबाट दमौली पुगेर फर्कँदा करिब पाँच सय किलोमिटरको यात्रा, एक हजार रुपियाँ गाडी भाडा र कम्तीमा सात घण्टाको समय खर्च हुन्थ्यो। तर, अहिले उहाँले ५० रुपियाँमै गाउँको साइबरबाट नक्सा प्रिन्ट गरेर काम फत्ते गर्नुभयो।
परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर
नवलपुरको कावासोती नगरपालिका–१३ निवासी कलाधर रिजालले आफ्नै घरलाई नेपाली समुदायका परम्परागत सामग्री सङ्कलन गरी सङ्ग्रहालयजस्तै बनाएर संरक्षण गर्नुभएको छ ।
सप्तरीमा ११ फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ज्यान मार्ने उद्योग, लागु औषध, लुटपाट, सवारी ज्यान तथा अभद्र व्यवहारसम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो।
‘स्वदेशमै श्रमको मूल्य र सम्मान नपाउँदा विदेशिन बाध्य’
दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो । त्रिभुवन अन्तराष्ट्रिैय विमानस्थलमा भेटिनुभएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गर्नुभयो ।
आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै
दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली सङ्घ (इयू)सँग सम्बन्ध गहिरो बनाइरहेको छ ।
यस्ता थिए अध्यक्ष भण्डारीको सुधारका सय प्रतिबद्धता (पूर्णपाठ)
गोरखापत्र संस्थानका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले संस्थान सुधार्ने एक सय (१००) प्रतिबद्धता जाहेर गर्नु भए पनि कार्यकाल छोटो समयमै अन्त्य भएपछि कार्यान्वयन गर्न पाउनु भएन ।
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मङ्गलबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाउनुभएको हो ।
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचि अनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
संयुक्त राज्य अमेरिकाले कब्जा गरेको इरानी जहाज तौस्काका १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले इरानी अधिकारीहरूलाई हस्तान्तरण गरेको अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
धौलागिरि प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा
धौलागिरि प्रादेशिक अस्पताल बागलुङले विशेषज्ञ सेवा थप्दै गएको छ । मानसिक रोग, मिर्गौला तथा पिसाबसम्बन्धी उपचार सेवा विस्तार गरेको अस्पतालले नशारोग सम्बन्धी विशेषज्ञ सेवा थप गर्ने निर्णय गरेको हो ।
पाहुनालाई कोसेली कोदोको बिस्कुट
इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो ।
विश्वकप लिग–२: शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।