बागलुङ बजारको अव्यवस्थित तार र पोल हटाइँदै
बढ्दो शहरीकरणका कारण कुरूप बन्दै गएको बागलुङ बजारलाई क्रमशः सौन्दर्यकरण गर्ने कार्य सुरु गरिएको छ।
मुख्यमन्त्री आचार्यको प्राकृतिक चिकित्सा विकास र विस्तारमा जोड
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग तथा प्राकृतिक चिकित्सालाई मुख्यधारको चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उहाँकै लयमा सुजन गन्धर्वले सारङ्गीकोे धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो ।
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीयस्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो । बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान रहेको छ ।
लेक लागेर नेपाली तीर्थयात्रीको मृत्यु
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो ।
किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर
पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ ।
बुढीगण्डकीमाथि बेलिब्रिज निर्माण हुँदै
उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ दोभान र वडा नम्बर १ हुल्चुक जोड्ने गरी बुढीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
पन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् ।
जबर्जस्ती करणी प्रयासको आरोपमा एक पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरी ले जबर्जस्ती करणी प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–८ निवासी २२ वर्षीय सुरजप्रकाश मण्डल रहनुभएको छ।
महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ
महिलामाथि सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी ले पुतलीबजार नगरपालिका–९ निवासी २० वर्षीय दिवस सुनारलाई पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरेको जनाएको छ।
चङ्खेलीको जंगलमा आठ वर्षदेखि बेवारिसे काठ
मुगु जिल्लासँग सीमा जोडिएको चङ्खेली गाउँपालिका–१ को बोहरावाडादेखि चङ्खेली लेकसम्मको जंगल क्षेत्रमा आठ वर्षदेखि काठ बेवारिसे अवस्थामा थुपारिएको छ।
रित्तिँदै सामुदायिक विद्यालय, समायोजनतर्फ नगरपालिका
नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएका छन् । बसाइँसराइँ, निजी विद्यालयप्रतिको आकर्षण र भौगोलिक जटिलताले विद्यार्थी सङ्ख्या घटेपछि व्यास नगरपालिकाले छ वटा प्राथमिक विद्यालय समायोजन गर्ने निर्णय गरेको छ ।
पाँच प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
बागलुङमा अतिक्रमित जग्गाको विवरण संकलन हुँदै
जिल्लाका स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण संकलन गर्न थालेका छन्।
पाँचौँ गुल्मी महोत्सव तीन दिन थपियो
पाँचौँ गुल्मी महोत्सव तीन दिन थप गरिएको छ। वैशाख ११ देखि २३ गतेसम्म सञ्चालन गर्ने योजना रहेको महोत्सव लगातारको वर्षाका कारण प्रभावित बनेपछि अवधि बढाइएको हो।
देवीतालले पुनर्जीवन पाउँदै
वन्यजन्तु, चराचुरुङ्गी र सरिसृपका लागि महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको देवीताल संरक्षण अभियान सुरु गरिएको छ।
गल्याङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
स्याङ्जाको गल्याङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । गल्याङ नगरपालिकाका तीन सय पाँच बालबालिकालाई सम्पूर्ण खोप दिएपछि पालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १६ पैसा र बिक्रीदर १५२ रुपियाँ ७६ पैसा तोकिएको छ ।
इन्धन मूल्य वृद्धिपछि अस्ट्रेलियाली घरपरिवारको खर्च बढ्यो
मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अस्ट्रेलियामा घरपरिवारको खर्च उल्लेखनीय रूपमा वृद्धि भएको छ । आधिकारिक तथ्याङ्कअनुसार मार्च महिनामा घरपरिवारको खर्च १.६ प्रतिशतले बढेको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।
कांग्रेस गण्डकी प्रमुख सचेतकमा बराल
नेपाली कांग्रेस संसदीय दलले गण्डकी प्रदेश सभामा प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बराललाई दिएको छ ।
चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार
चीनले उच्च जोखिमयुक्त औद्योगिक क्षेत्रमा मानव आकारका कृत्रिम बुद्धिमत्ता (एआई) रोबोटको प्रयोगलाई तीव्ररूपमा विस्तार गरिरहेको छ । यी रोबोट विशेष गरी रसायन भण्डारण ट्याङ्क, ठूला जहाज तथा जटिल औद्योगिक संरचनामा काम गर्न सक्षम छन्, जहाँ मानव श्रमिकका लागि काम अत्यन्त जोखिमपूर्ण हुन्छ ।