मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
बसको ठक्करबाट तीनको मृत्यु, चारजना घाइते
मकवानपुर, जेठ १३ गते । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस
आजको मौसमः मेघगर्जन र चट्याङसहित हल्का वर्षा
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट दुईजनाको मृत्यु
ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ ।
बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु, चारको उपचार हुँदै
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ विद्युत प्राधिकरणस्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु र चारजना पैदलयात्रु घाइते भएका छन् ।
आर्मीलाई महिला रग्बी सेभेन्स उपाधि
शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
वायुसेवा निगमको पुनःसंरचना आवश्यक छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमको पुनःसंरचना नगरेसम्म मुलुकको पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसक्ने बताउनुभएको छ। राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सोमबार यहाँ सम्बोधन गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
‘कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहिड्नु’ : नेता कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्तालाई नेताको झोला मात्र बोकेर नहिड्न आग्रह गर्नुभएको छ ।
वर्षाले बारीमै नष्ट हुँदैछ कृषकको काँक्रा
वैशाख र जेठ महिनामा परेको पानीले छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गका ४० बर्षीय बिष्णुप्रसाद भण्डारीको बारीमा लगाएका काँक्रा नष्ट हुने अवस्थामा छ ।
बालिका बलात्कार आरोपमा दुई जना पक्राउ
दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई, चिचिला-३ का २८ वर्षीय प्रकाश राई रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
रेडक्रस अन्तर्राष्ट्रिय समितिद्वारा सहयोग गर्ने प्रतिबद्धता
रेडक्रस अन्तर्राष्ट्रिय समितिको नेपालस्थित नियोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।
धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु
धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ ।
वर्षायामको सुरुवातसँगै विपद् उद्धार नमुना अभ्यास
सम्भावित मौसमजन्य बिपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सल्यान प्रहरीले विपद् उद्धार अभ्यास गरेको छ ।
सप्तरीमा नवजात शिशु मृत फेला
सप्तरीमा सोमबार एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ ।
सुपखोलामा पुल निर्माण भएपछि स्थानीय खुसी
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं–५ र–२ को बीचमा रहेको सुपखोलामा झोलुङ्गे पुल निर्माण हुँदा यती बेला यहाँका स्थानीय निकै खुसी बनेका छन् ।
पुलिसको चौथो जित, आर्मी र कर्णाली बाहिरियो
नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकाल्दा प्रतियोगिताबाट त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बाहिरिएका छन् ।
कुशे-२ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
जिल्लाको कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले उठायाे १५ करोड बढी राजश्व
खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
बालिका बलात्कार आरोपमा ६१ वर्षीय पुरुष पक्राउ
बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् ।
गाउँपालिकामा मनसुन पूर्व तयारी
मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनसुन पूर्व तयारी थालिएको छ ।
मर्स्याङ्दीमा पौडी खेल्न गएका युवा बेपत्ता
लमजुङको बेसीशहर नगरपालिका ६ मालेबगरस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्न गएका एक युवा बेपत्ता हुनुभएको छ। हराइरहेका व्यक्ति सप्तरीको सम्भुनाथ –१२ अर्नाहाका २४ वर्षीय नन्दकिशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
केन्द्रीय राष्ट्रपति रनिङशिल्डको तयारी अन्तिम चरणमा
केन्द्रीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
बाँदरको प्रक्षेपण गर्दै त्रिविका प्राणशास्त्री
त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा स्याङजाको पुतलीबजार र वालिङ नगरपालिकामा बाँदरको सङ्ख्या गणना गरिएको छ ।