रामग्राममा बुद्ध जयन्ती, साइकल र्याली र फुड फेस्टिभल
भगवान् गौतम बुद्धको मावली तथा पवित्र अस्थिधातु रहेको ऐतिहासिक स्थल पश्चिम नवलपरासीको रामग्राममा यस वर्षको बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।
सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र
सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र पारिएको छ । यही वैशाख १५ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान अन्तर्गत जिल्लाका अधिकांश पालिकाका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरू घरदैलो कार्यक्रममा व्यस्त देखिएको स्थानीयले बताएका छन् ।
सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र
पहिलो पटक मधेश प्रदेशमा आयोजित ग्रामीण चलचित्र महोत्सवको समापन गरिएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानले सर्लाहीको चन्द्रनगर गाउँपालिकासँग समन्वय गरी पर्यटकीयस्थल नाढीमनताल परिसरमा आयोजना गरेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको बिहीबार साँझ समापन गरिएको हो ।
गोठीखोलामा बेलिब्रिज निर्माण तीव्र
कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–४ मा पर्ने गोठीखोलामा बेलिब्रिज निर्माण कार्य सुरु भएको छ । गाउँपालिका केन्द्रसमेत रहेको उक्त स्थानमा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।
कास्कीमा करिब २५ हजार सुकुम्बासी परिवार
जनगणना २०७८ को तथ्याङ्कअनुसार कास्की जिल्लाको जनसङ्ख्या ६ लाख ५१ हजार र परिवार सङ्ख्या १ लाख ६० हजार ६ सय ५१ रहेको छ । तीमध्ये करिब २५ हजार परिवार सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेको तथ्याङ्कले देखाएको छ ।
मुलुकको सामाजिक रूपान्तरणमा लाग्न प्रेरणा मिलोस्ः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफ्नो अधिकारसँगै कर्तव्यप्रति सजग रहँदै मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा थप ऊर्जासहित लाग्न आग्रह गर्नुभएको छ ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने १४ चालक कारबाहीमा
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १४ जना चालक कार्वाहीमा परेका छन् । ‘लागुपदार्थ सेवन चेकजाँच’ अभियानअन्तर्गत चेकजाँचको क्रममा सवारी चालकले लागुपदार्थ सेवन गरेको पाईएपछि कारबाही गरिएको हो ।
संयोजक दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
स्रष्टाः राज्यसत्ताको स्थायी प्रतिपक्ष विषयमा अन्तरक्रिया
चौथो राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक सङ्घ स्याङ्जाले “स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
रकम संकलन गरी स्कुल बस सञ्चालन
गुल्मीको सत्यवती गाउँपालिकामा एक विद्यालयले रकम संकलन गरी स्कुल बस सञ्चालनमा ल्याएको छ। यस गाउँपालिकाको वडा नम्बर ५ हँसरास्थित सत्यवती माध्यमिक विद्यालयले हालै मात्र स्कुल बस सञ्चालनमा ल्याएको हो।
दुर्गम खुंखानीमा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–५ खुंखानीमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कंगारु एजुकेशन फाउण्डेशनले मनायो २० औं 'कंगारु डे'
नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो २० औं कंगारु डे मनाएको छ ।
समाचार प्रभाव : औरही बजारमा अनुगमन, सरसफाइमा गम्भीर समस्या
गोरखापत्र अनलाइनमा “महोत्तरीमा बधशाला अभाव, प्रदूषित मासु उपभोग बाध्यता’’ शीर्षकमा बिहीबार प्रकाशित भएको समाचारपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरको नेतृत्वमा महोत्तरीको औरही नगरपालिकामा बजार अनुगमन गरेको छ।
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
आज ओपिडी सेवा सञ्चालन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
लुम्बिनी प्रदेश सभामा बजेट र सुकुम्वासी मुद्दामा चर्को बहस
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ। पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ।
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सम्पन्न भएको छ ।
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रोग लुकाउँदा क्यान्सर जोखिम, शिविरमा २० बिरामी भेटिए
ग्रामीण भेगका नागरिकले स्वास्थ्य समस्या लुकाएर बस्दा क्यान्सर जस्तो घातक रोगको जोखिम भयावह बन्दै गएको पाइएको छ । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा बुधबार र बिहीबार सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गराएकामध्ये २० जनामा क्यान्सरको लक्षण फेला परेपछि यो तथ्य बाहिर आएको हो ।
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल नेपालले पछिल्ला वर्षहरूमा नीतिगत, संस्थागत र संरचनागत क्षेत्रमा परिणाम देखिनेगरी फड्को मारेको छ ।
ठगीको अभियोगमा सात जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ ।