सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम
पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ । जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिनुभएको हो ।
सामाजिक सञ्जालमा झुम्मिने युवा शक्तिलाई उत्पादनसँग जोडिँदै
हातमा रहेका मोबाइलमा फेसबुक, टिकटक र युट्युब हेरेर फुर्सदको समय खेर फालिरहेका युवा तथा महिलाहरूलाई तनहुँमा सिप सिकाएर उत्पादनसँग जोड्न थालिएको छ ।
काठका सामग्रीप्रति आकर्षण बढेपछि तयार गर्ने जनशक्ति बढाइँदै
काठमा सामग्रीप्रति आकर्षण बढ्न थालेपछी उत्पादनका लागि ती सामग्री बनाउने जनशक्तिसमेत बढाउन सुरु गरिएको छ ।
जेनजी सहिदको शालिक अनावरण
नेपालगन्ज उपमहानगरपालिका-१, धम्बोझी वाटरपार्कमा जेनजी सहिदको शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ ।
सिपयुक्त जनशक्ति उत्पादनमा अघि बढ्ने मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको आवश्यकता र श्रम बजार अनुसार सिपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेश सरकार प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम कपिलवस्तु नगरपालिका कार्यालयबाट सुरु भई जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, गौढी चोक हुँदै मंगल विहारमा पुगेर पूजाआर्चनासहित सम्पन्न भएको हो ।
बैजनाथमा संस्थागत विद्यालय व्यवस्थापन सुधारका नीतिगत निर्णय
बाँकेको बैजनाथ गाउँपालिकाले संस्थागत विद्यालयहरूको व्यवस्थापन सुधार गर्न विभिन्न महत्त्वपूर्ण नीतिगत निर्णयहरू सार्वजनिक गरेको छ ।
‘मर्यादित काम’ नारामै सीमित, तनहुँका मजदुर श्रममै व्यस्त
विश्वभर आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने नाराका साथ मनाइरहँदा तनहुँका धेरै श्रमजीवीका लागि भने यो दिवस ‘आकाशको फल’ जस्तै बनेको छ ।
सुनचाँदीको मूल्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
रामग्राम–पण्डितपुरमा बुद्ध जयन्तीमा साइकल र्याली
बुद्ध जयन्तीका अवसरमा भगवान् गौतम बुद्धको मावली तथा पवित्र अस्थिधातु रहेको ऐतिहासिक स्थल पश्चिम नवलपरासीको रामग्राममा साइकल र्याली गरिएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिगः नेपालले ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही वैशाख २२ गतेदेखि सुरु भएको लिगमा नेपाल र युएईबीच आज दोस्रो खेल हो । नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।
कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक
कपिलवस्तु सदरमुकाम तौलिहवा तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले अनुगमन गरेको हो ।
हुम्लामा १० अति कुपोषित बालबालिका उपचारका लागि रिफर
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई जिल्ला बाहिरको सुविधा सम्पन्न अस्पतालस्थित पोषण पुनःस्थापना केन्द्रमा रिफर गरेको छ ।
बन्दीपुरमा गाउँ पर्यटन मेला, गण्डकीको संस्कृति एकै थलोमा
पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा आज शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी सामुदायिक होमस्टेका प्रतिनिधि तथा कलाकारहरू आ–आफ्ना जिल्लाका मौलिक पहिचान, संस्कृति र रैथाने स्वादसहित बन्दीपुर पुगेपछि यहाँको पर्यटकीय रौनक बढेको छ ।
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८३ सुरु
६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो हजार दिनभित्रका आमामा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय पोषण स्क्रिनिङ अभियान बाँके जिल्लामा प्रभावकारी रूपमा सुरु गरिएको छ ।
आन्तरिक र बाह्य पर्यटकले भरिभराउ सुकुटे
सरकारले लागु गरेको शनिबार र आइतबारको बिदाका कारण चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटे क्षेत्रका रिसोर्टहरू आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेका छन् । सुकुटे क्षेत्रमा सुविधासम्पन्न १८ वटा रिसोर्ट तथा होटलहरू रहेका छन् ।
टेकु क्षेत्रमा चल्यो डोजर (फोटो फिचर)
शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चल्न चलाइएको हो । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भीरकोटमा ११ आधारभूत विद्यालय समायोजन
भीरकोट नगरपालिकामा रहेका ११ आधारभूत विद्यालय समायोजन तथा तह घटुवा गरिएको छ । तीमध्ये ९ वटा आधारभूत विद्यालयलाई समायोजन गरी बाल विकास केन्द्र मात्रै कायम गरिएको छ भने २ वटा विद्यालयको तह घटुवा गरिएको छ ।
रामग्राममा बुद्ध जयन्ती, साइकल र्याली र फुड फेस्टिभल
भगवान् गौतम बुद्धको मावली तथा पवित्र अस्थिधातु रहेको ऐतिहासिक स्थल पश्चिम नवलपरासीको रामग्राममा यस वर्षको बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ ।
सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र
सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र पारिएको छ । यही वैशाख १५ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान अन्तर्गत जिल्लाका अधिकांश पालिकाका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरू घरदैलो कार्यक्रममा व्यस्त देखिएको स्थानीयले बताएका छन् ।
सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र
पहिलो पटक मधेश प्रदेशमा आयोजित ग्रामीण चलचित्र महोत्सवको समापन गरिएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानले सर्लाहीको चन्द्रनगर गाउँपालिकासँग समन्वय गरी पर्यटकीयस्थल नाढीमनताल परिसरमा आयोजना गरेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको बिहीबार साँझ समापन गरिएको हो ।
गोठीखोलामा बेलिब्रिज निर्माण तीव्र
कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–४ मा पर्ने गोठीखोलामा बेलिब्रिज निर्माण कार्य सुरु भएको छ । गाउँपालिका केन्द्रसमेत रहेको उक्त स्थानमा असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।
कास्कीमा करिब २५ हजार सुकुम्बासी परिवार
जनगणना २०७८ को तथ्याङ्कअनुसार कास्की जिल्लाको जनसङ्ख्या ६ लाख ५१ हजार र परिवार सङ्ख्या १ लाख ६० हजार ६ सय ५१ रहेको छ । तीमध्ये करिब २५ हजार परिवार सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेको तथ्याङ्कले देखाएको छ ।