• १८ वैशाख २०८३, शुक्रबार

जेनजी सहिदको शालिक अनावरण

blog

नेपालगन्जमा शुक्रबार अनावरण गरिएको जेनजी सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको सालिक । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, वैशाख १८ गते ।
नेपालगन्ज उपमहानगरपालिका-१, धम्बोझी वाटरपार्कमा जेनजी सहिदको शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ ।

स्थानीयबासिन्दा समेत रहनुभएका जेनजी सहिदहरू इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको स्मृतिमा वडा कार्यालयले सहिदको अर्धकदको सालिक निर्माण गरी अनावरण गरेको हो  ।

सहिद आयुषका पिता सुशील थापा, आमा पुनम थापा,नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतले सालिकको अनावरण गर्नुभयो ।

सुलभ र आयुषले गत भदौमा भएको जेनजी आन्दोलनकोक्रममा काठमाडौँमा सुरक्षाकर्मीको गोली लागेर शाहदत प्राप्त गर्नुभएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र सहिद आयुष थापा स्मृति योग तथा खोप केन्द्र भवन र खुला व्ययामशाला समेत निर्माण गरी उद्घाटन गरिएको जानकारी दिनुभयो ।