यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
आँखाका बिरामीलाई निःशुल्क उपचार गर्दै आरुघाट गाउँपालिका
गोरखाको आरुघाट गाउँपालिकाले आफ्नो पालिका भित्रका आँखाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धाराको जगन्थान देवल कारागार कार्यालयबाट फरार भएका मिक्वाखोला गाउँपालिका–१ प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बू पक्राउ परेका हुन् ।
भत्काइँदै साविक राप्तीको जेठो क्याम्पसको जीर्ण भवन
साविक राप्ती क्षेत्रकै पुरानो शिक्षण संस्था महेन्द्र बहुमुखी क्याम्पस दाङको जीर्ण भवन भत्काउन थालिएको छ । भवन जीर्ण भएपछि प्रक्रिया पूरा गरी भत्काउने कार्य सुरु गरिएको क्याम्पस प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो ।
कांग्रेस म्याग्दीले सिफारिस गर्यो उम्मेदवार सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
गल्याङ नगरपालिका –१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा चेकजाँचमा प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ताप्लेजुङद्वारा तुम्याहाङको एकल नाम सिफारिस
नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ ।
राष्ट्रिय आवास कम्पनीको सेवाप्रवाह बन्द
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको दैनिक सेवाप्रवाह बन्द भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ ।
साताको राशिफल
साताको राशिफल
१५ पदाधिकारीसहित २५१ सदस्यीय कमिटी चयन गर्ने
नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरेअनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
गोरखापत्र र प्रेस रजिष्ट्रार कार्यालय गण्डकीबिच सहकार्य हुने
गोरखापत्र संस्थान र गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको छ । पत्रकारहरुको क्षमता विकास र पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि संस्थान र प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको हो ।
२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
नेपाल प्रहरी विभिन्न २२ वटा मुद्दा दर्ता भई थुनाबाट फरार भएका एक युवकलाई नगद १० लाख २३ हजार ५०० सहित पक्राउ गरेको छ ।
इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
गोरखापत्रकर्मी पराजुलीको उपन्यास बखानमाथि बहस
साहित्यकार एवम् गोरखापत्रकर्मी वसन्त पराजुलीको कृति उपन्यास बखानमाथि हेटौँडामा शुक्रबार परिचर्चा भएको छ ।
नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
उदघाटनसत्रमा उपस्थितिका लागि सार्वजनिक अपिल
नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपिल गरेको हो ।
नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।
स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ
रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ।
नेपाली कांग्रेस बाँकेद्वारा राष्ट्रियसभाका लागि १७ जनाको नाम सिफारिस
नेपाली कांग्रेसले बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ।
सिपको प्रयोग गरी आर्थिकरुपमा सशक्त बन्न सुझाव
गोकर्णेश्वर नगरपालिका र गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सहकार्यमा आयोजित १८ दिने विविध प्रकारका झोला बनाउने तालिम सम्पन्न भएको छ ।