जुगलमा ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ पहिचान
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको शिर भेगमा ‘जुगल–एभरेस्ट भ्यु प्वाइन्ट’ नामक नयाँ हिमश्रृंखला दृश्यस्थल पहिचान गरिएको छ ।
वन ऐन संशोधन नभएसम्म भूमिहीनले लालपुर्जा नपाउने
वनसम्बन्धी विद्यमान कानुनी जटिलताका कारण तनहुँका अधिकांश भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउने सम्भावना अन्योलमा परेको छ । वन ऐनका प्रावधान र नापीसम्बन्धी व्यवस्थाबीचको बाझाबाझले जिल्लाका भूमिहीनको लालपुर्जा प्राप्त गर्ने प्रक्रिया प्रभावित भएको हो ।
सर्लाहीमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित, संरचनामा क्षति
सर्लाहीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा सोमबार साँझ तीव्र गतिमा चलेको हावाहुरी र वर्षाले क्षति पुर्याएको छ । हुरीबतासले आँप र लिचीका चिचिला, कच्ची घरका छाना तथा मकै बालीमा क्षति पुर्याएको छ ।
मनाङका विद्यालय आइतबार पनि सञ्चालन
हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय आइतबार पनि सञ्चालनमा आएका छन् । स्थानीय भौगोलिक अवस्था, आवासीय विद्यार्थीको व्यवस्था तथा जाडो बिदा व्यवस्थापनका कारण विद्यालयहरूले संघीय सरकारको बिदासम्बन्धी निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको जनाइएको छ ।
तामाको तार चोरी गर्ने तथा फरार प्रतिवादी पक्राउ
तामाको तार चोरी गरेको कसुरमा र बैङ्किङ कसुर गरी फरार रहेकासहित छ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङङलुङ गाउँपालिका १ सावादिनका चार जना, फुङलिङ नगरपालिका ११ फावाखोलाका र भारतका एक–एक जना रहेका छन् ।
धार्चेको न्याउली खोलामा मोटरेबल पुल निर्माण सम्पन्न हुँदै
उत्तरी गोरखाको आरुघाट–माछीखोला–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७ स्थित न्याउली खोलामा मोटरेबल पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
हुम्लामा ५१९ जनालाई संस्कार खाद्यान्न सहयोग
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखा र अन्य दुई वटा डिपोमार्फत जिल्लाभर जन्म तथा मृत्यु संस्कारका लागि ५१९ जनालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ ।
सरकारी तथा सार्वजनिक जग्गाबारे उजुरी माग्दै गुल्मी प्रशासन
जिल्ला प्रशासन कार्यालय गुल्मीले सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न आग्रह गर्दै अतिक्रमणसम्बन्धी उजुरी माग गरेको छ । सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि सरकारले देशभर अभियान सञ्चालन गरिरहेको छ ।
कृषिउपजको थोक मूल्य वृद्धि
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो ।
सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ ।
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
चिटिक्क मिलेका ढुङ्गाले छाइएका परम्परागत घर । घरमा पुग्न बाटामा ढुङ्गाले छपक्क छाइएका । गाउँको कूल घरधुुरीमध्ये ९० प्रतिशत मगर समुदायका । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँ आफैँमा विविधतायुक्त मौलिकता बोकेको सुन्दर रमणीय गाउँ हो ।
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमानाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग–व्यवसायहरु चलायमान बन्न थालेका छन् । जसका कारण नेपालतर्फका व्यवसायीहरुले खुसी पनि व्यक्त गरेका छन् ।
गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्रीमा रोक
जिल्ला प्रशासन कार्यालय गुल्मीले रातको ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ। यस जिल्लामा विगत केही वर्ष यता घटेका अपराधिक घटनाहरुको विश्लेषण गर्दा अधिकांश मदिरा सेवनसँग जोडिएको हुँदा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाएको हो।
सरकारी जग्गा संरक्षण गर्न पालिकालाई प्रशासनको निर्देशन
सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय बागलुङले स्थानीय तहलाई निर्देशन दिएको छ ।
राष्ट्रिय ब्याडमिन्टनमा ताप्लेजुङका तीन खेलाडी छनोट
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि ताप्लेजुङका तीन जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेश स्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि ताप्लेजुङका एक महिलासहित तीन जना खेलाडी छनोट भएका हुन् ।
आज कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ ।
चार दिनदेखि अन्धकारमा १३ हजार उपभोक्ता
चार दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा स्याङ्जाका हजारौँ उपभोक्ता समस्यामा परेका छन् । बुटवल पावर कम्पनी (विपिसी)बाट सेवा लिइरहेका जिल्लाका वालिङ, भीरकोट र गल्याङ क्षेत्रका नागरिक प्रभावित बनेका हुन् ।
मोतिविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा सञ्चालित आँखा शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दुई दिने शिविरको पहिलो दिन सोमबार मोतीविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।
बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढ्यो
‘पहाडकी रानी’ उपनामले प्रख्यात तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पछिल्लो समय विदेशी पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
अभद्र व्यवहार गरेको आरोपमा पाँच जना पक्राउ
जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटास्थित कृष्णनगर सडक खण्डमा अभद्र व्यवहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
‘प्रधानमन्त्री कार्यालय परिसरको समाचार संकलनमा अवरोध गरिएको छैन’
प्रधानमन्त्री बालेन्द्र शाहले पत्रकार तथा सञ्चारकर्मीलाई भिडियो खिच्नबाट रोक्न कुनै निर्देशन नदिएको उहाँको सचिवालयले प्रष्ट पारेको छ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सो कुरा प्रष्ट पार्नुहुँदै सञ्चारकर्मीलाई सूचना संकलन तथा सम्प्रेषणमा कुनै अवरोध नभएको बताउनुभएको हो ।
भाषामा लगानी उपलब्धिमूलक बन्नुपर्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भाषामा गरिएको लगानी बालुवामा पानी खन्याए जस्तो हुन नहुने बताउनुभएको छ ।
४३ लाख मूल्य बराबरको हुक्का भेपसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ४३ लाख २१ हजार पाँच सय रुपियाँ मूल्य बराबरको अवैध हुक्का भेपसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।