उठीवास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
‘न्यायका लागि कहिलेसम्म सडकमा लड्ने?’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिकले कहिलेसम्म सडकमा सङ्घर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ ।
शिक्षकलाई मानसिक स्वास्थ्य तथा मनोविमर्श तालिम
बागलुङ नगरपालिकाको आयोजना र एकीकृत सेवा कार्यालयको सहयोगमा शिक्षकका लागि तीन दिने आधारभूत मानसिक स्वास्थ्य तथा मनोविमर्शसम्बन्धी तालिम आइतबारदेखि सुरु भएको छ ।
पन्थडिहि–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रे
गोरखा र लमजुङ जोड्ने महत्वपूर्ण पन्थडिहि–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
पोखराको भाटभटेनी पुन: सञ्चालन
गएको भदौमा भएको जेनजी आन्दोलनमा ध्वस्त भएको पोखरा महानगरपालिका-८, न्युरोडमा रहेको भाटभटेनी सुपर स्टोरको शाखा सोमबारबाट सञ्चालनमा आएको छ ।
इलाका प्रशासन कार्यालय स्थापना ठुलो सफलता : प्रदेश प्रमुख मियाँ
जनताका आवश्यकताका कार्यालय सेवाग्राहीलाई नजिकैबाट सेवा प्रदान गर्ने गरी स्थापना हुनु ठुलो सफलता भएको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बताउनुभएको छ ।
ऊर्जा सङ्कटबिच जापान–अस्ट्रेलिया सहकार्य बिस्तार
विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर बन्दै गइरहेका बेला जापान र अस्ट्रेलियाले ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने सहमति गरेका छन् ।
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा
जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ ।
मनाङ आउने पर्यटक घटे, होटल बुकिङ कमजोर
यस वर्षको पर्यटकीय सिजनमा मनाङ आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा घटेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा देखिएको अस्थिरता तथा विभिन्न देशमा भइरहेका युद्धका कारण पर्यटक आगमनमा कमी आएको हुनसक्ने सरोकारवालाको बुझाइ छ ।
नागढुङ्गा सुरुङमार्ग साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी
काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।
आँखा स्वास्थ्यबारे जनचेतना अभिवृद्धिका लागि दृष्टि दूत परिचालन
धनुषाको ढल्केबरस्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालले आँखा रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३० जना दृष्टि दूत परिचालन गरेको छ ।
धौलागिरिको फेदी दोभानमा सडक पुगेपछि यातायात सहज
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको फेदीमा रहेको पर्यटकीय स्थल दोभानमा सडक पुगेको छ ।
दाङमा ढकमक्क फुलेको गुलमोहर
दाङको विभिन्न स्थानमा यतिबेला गुलमोहर फूल ढकमक्क फुलेको छ । दाङको सदरमुकामस्थित घोराही उपमहानगरपालिका–१५ मा रहेको जिल्ला समन्वय समिति परिसरमा फुलेका गुलमोहरले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ। त्यहाँ टिकटक र रिल्स बनाउन आउनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
पर्यटकीय गन्तव्य बन्दै हम्पाल क्षेत्र
जिल्लाको उत्तरी भेगमा अवस्थित जलजला हमपाल क्षेत्र पर्यटकीय आकर्षणको गतिलो गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक महत्व बोकेको हम्पाल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको संख्या यतिखेर दिनानुदिन बढ्दो छ ।
मानव संसाधन सम्मेलनमा दक्ष जनशक्ति र प्रविधिको चुनौती छिचोल्ने उपाय खोजिने
उद्योगहरूले लामो समयदेखि भोग्दै आएको दक्ष जनशक्ति अभाव र आधुनिक प्रविधि भित्र्याउँदा देखिने प्राविधिक चुनौतीको समाधान खोज्न उद्योगीहरूले सामूहिक पहल थालेका छन् ।
प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृत्यु
कैलालीमा तालिमरत प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृृत्यु भएको छ । छाती र टाउको दुखेर बेहोस हुनुभएका दार्चुलाको नौगाड गाउँपालिका–१ का महेश महताको उपचारको क्रममा ज्यान गएको हो ।
मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
मल्लरानी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । मल्लरानी गाउँपालिका–४, खलङ्गामा निर्माण हुन लागेको भवनको सोमबार शिलान्यास गरिएको हो।
घरको छतबाट खसेर मजदुरको मृत्यु
बैतडीको शिवथान गाउँपालिका–६, सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको मृत्यु भएको हो ।
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ ।
खजुरा सडक बिस्तारका लागि हुलाकी राजमार्गको ध्यानाकर्षण
बाँकेको खजुरामा निर्माणाधिन सडक फराकिलो हुनुपर्ने माग गर्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जमा माग गरिएको छ ।
भूमि समस्या समाधान गर्न स्थानीय तहलाई अधिकार दिन माग
भूमि ऐनका केही प्रावधानलाई संशोधन गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरिए देशभरको भूमि सम्बन्धी सम्पूर्ण समस्या तीन महिनाभित्रै समाधान हुने भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
सल्यानमा हावाहुरीले विभिन्न संरचनामा क्षति
सल्यानमा आइतबार साँझ आएको हावाहुरीले कम्तीमा करिब एक दर्जन संरचनामा क्षति पुर्याएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुन : सिफारिस गर्ने निर्णय गरेको छ ।
बागलुङमा चट्याङ लागेर एकको मृत्यु, दर्जन बढी घरमा क्षति
अविरल वर्षासँगै परेको चट्याङले पश्चिम बागलुङको बडीगार्डमा एक जनाको ज्यान गएको छ ।