एक हजार आँखा जाँच गर्दा, सय जनाको शल्यक्रिया
सल्यानको कुमाख गाउँपालिकामा एक हजार बढीले निःशुल्क आँखा जाँच सेवा पाएका छन् । साथै एक सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिब दुई सय जनालाई चस्मा वितरण गरिएको छ ।
रतनचुराबाट देखिएको हिमश्रृङ्खला
सिन्धुलीको गोलन्जोर गाउँपालिकाको रतनचुराबाट देखिएको हिमश्रृङ्खला र आसपासका क्षेत्र ।
जापानमा भालु आक्रमण तिव्र
जापानको “स्की” रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।
भारतमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २९ घाइते
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रु बहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटान हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी
नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षमा पोखराको लेकसाइडमा महोत्सव
आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षलाई पर्यटन राजधानी पोखरामा भव्य रुपमा स्वागत गर्ने तयारी भएको छ। फेवाताल किनारको लेकसाइडमा पुस १३ देखि १७ गतेसम्म २७ औँ पोखरा सडक महोत्सव हुन लागेको हो।
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
पालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गर्नुभएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सरकारसमक्ष सात बुँदे मागपत्र प्रस्तुत गरिएको छ । पाँच प्रदेशका १३ जिल्लामा रहेका अनौपचारिक क्षेत्रका कामकाजी महिलाले पत्रकार सम्मेलनमार्फत आफ्ना माग सार्वजनिक गरेका हुन् ।
भारतमा महिलाको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत
भारतमा कम आए भएका महिलाको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी)ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल)सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
वजीरिस्तानको विद्यालयमा विस्फोट, भवन ध्वस्त, छ सय विद्यार्थीको पढाइ अवरुद्ध
पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भएपछि सय भन्दा बढी बालबालिका अध्ययन गर्ने ठाउँ विहीन भएको जनाइएको छ ।
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताउनुभएको छ ।
चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने
चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च-१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ
प्रधानमन्त्री कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी कुमार इङ्नामलाई तोक्नुभएको छ ।
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत
अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ ।
आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।
बेलायतको वृद्धिदर घट्दै, लगानी र व्यापारमा दबाब
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स)ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।
इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै
चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ले जानकारी दिएको छ ।
केन्द्रीय प्रसारण लाइन जोडिएसँगै लाप्राकवासी खुशी
उत्तरी गोरखाको हिमालको काखमा बसेको लाप्राक गाउँ चार वर्षदेखि अन्धकारको गर्भमा निदाइरहेको थियो ।
नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ ।
थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त
थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गर्नु भएको छ ।
यूएई र ईयूबिच रणनीतिक साझेदारीः हरित र कृत्रिम बुद्धिमत्ता क्षेत्रकाे सहयोगमा जोड
संयुक्त अरब इमिरेट्स (यूएई) र युरोपेली सङ्घ (ईयू)ले बिहीबार रणनीतिक साझेदारी सम्झौताको लागि औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् ।