विराटनगर जुट मिलका कर्मचारीद्वारा बक्यौता पारिश्रमिक माग
ऐतिहासिक विराटनगर जुट मिल्स लिमिटेडका कर्मचारीले श्रम कार्यालयको फैसला बमोजिमको पारिश्रमिक भुक्तानीको माग गरेका छन् ।
निजी क्षेत्रलाई सुरक्षित वातावरण चाहिन्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
मुद्दा मिलाइदिने भन्दै रकम असुली गर्ने एक जना कोहलपुरबाट पक्राउ
अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारहरूसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
भारतका विभिन्न राज्यमा सम्पन्न चुनावको मतगणना सोमबार कडा सुरक्षा व्यवस्थाबिच सुरु हुँदा यसको नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ ।
निर्माण व्यवसायीको लापरबाहीले राजस्व कार्यालयको भवन अलपत्र
निर्माण व्यवसायीको चरम लापरबाहीले तनहुँमा एक भवन तीन वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि अझै अलपत्र रहेको छ ।
मुसिकोटमा स्काउट मास्टर तालिम
गुल्मीको मुसीकोट नगरपालिकामा ६२५ औँ आधारभूत स्काउट (स्काउट मास्टर) तालिम सम्पन्न भएको छ।
ग्यास अभावले बढ्यो महिलाको कार्यबोझ
बजारमा ग्यासको अभाव भएपछि महिलाको कार्यबोझ बढेको छ । ग्यास अभाव हुँदा महिला खाना पकाउने दाउराको जोहो गर्न वनजङ्गल जानु पर्ने भएकाले कार्यबोझ बढेको हो ।
यात्रुवाहक सवारीको मनपरी नियन्त्रणमा कडाइ
यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।
तामाङ समुदायमा घाटुनाच संरक्षण
मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठमा ऐतिहासिक घाटुनाच मेलासँगै घाँसे गीत प्रतियोगिता सम्पन्न भएको छ । घाटुनाच संरक्षण गर्दै आएको कैलाश गाउँपालिका–२ को कार्यालयले पहिलो पटक लोपोन्मुख अवस्थामा पुगेको घाँसे गीत र तामाङ फापरे ह्वाई गीत प्रतियोगिता आयोजना गरी सांस्कृतिक संरक्षणको सुरुवात गरेको हो ।
ओखलढुङ्गाको सडक आयोजना अलपत्र
ओखलढुङ्गाको मानेभञ्ज्याङ–माधवपुर–सिकापु सडक स्तरोन्नति आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चार वर्षअघि सुरु भएको उक्त सडक निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन् ।
चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु
बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन् ।
अतिक्रमित संरचना हटाउन पोखरा महानगरको सूचना
पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो ।
कोहलपुर गोल्डकपः नाइजेरियाद्वारा कर्णाली पराजित
बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकपको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया)ले रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न
नवनियुक्त सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)का महानिरीक्षक (आइजिपी) लाई सोमबार आयोजित विशेष समारोहबिच दर्ज्यानी चिह्न सुशोभन गरिएको छ।
बाँकेमा १५७ सवारी साधनमाथि कारबाही
बाँके जिल्लामा सञ्चालन भइरहेका विभिन्न सार्वजनिक सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गर्दै मनपरी रूपमा सवारी सञ्चालन गरिरहेको जनगुनासोपछि ट्राफिक प्रहरीले निगरानी कडा पारेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पु¥याउन प्रोत्साहन गरेको छ ।
पाल्पामा घाटु संस्कृति संरक्षण गर्दै स्थानीय
वैशाख पूर्णिमाको अवसरमा पाल्पाका ग्रामीण बस्तीहरूमा स्थानीयहरूले तीन दिनसम्म घाटु नाच प्रस्तुत गरेका छन् । सदियौँदेखि जिल्लाको पूर्वी क्षेत्रका मगर समुदायमा नाचिँदै आएको घाटु नाचलाई स्थानीयले यस वर्ष पनि निरन्तरता दिएका हुन् ।
नापी कार्यालय तनहुँमा नयाँ अभ्यास
नापी कार्यालय तनहुँले सेवाग्राहीको सहजताका लागि कार्यालय प्रवेशद्वारमै कर्मचारीहरूको विस्तृत विवरणसहित सूचना बोर्ड राखेर सुशासनको नयाँ अभ्यास सुरु गरेको छ ।
हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने
चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबिच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।
कैलालीमा चार घण्टादेखि निरन्तर वर्षा
कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्म वर्षा जारी रहेको छ ।
भगाँरीमा सती घाँटुको रौनक
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३, भगाँरीमा लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा रहेको ‘सती घाँटु’ नाचको भव्य प्रदर्शन गरिएको छ।
विराटनगर महानगरमा कर संकलन चुनौती
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ ।
बाजुरामा परम्परागत ‘लेउ फेर्या’ बुन्ने सीप लोप हुँदै
बाजुरामा परम्परागत रूपमा प्रचलित ‘लेउ फेर्या’ बुन्ने सीप विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिले भेडाबाख्रा पाल्ने र त्यसको ऊनबाट चिसो मौसममा प्रयोग हुने लेउ फेर्या बुन्ने गर्थे ।