कैलालीमा चार घण्टादेखि निरन्तर वर्षा
कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्म वर्षा जारी रहेको छ ।
भगाँरीमा सती घाँटुको रौनक
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३, भगाँरीमा लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा रहेको ‘सती घाँटु’ नाचको भव्य प्रदर्शन गरिएको छ।
विराटनगर महानगरमा कर संकलन चुनौती
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ ।
बाजुरामा परम्परागत ‘लेउ फेर्या’ बुन्ने सीप लोप हुँदै
बाजुरामा परम्परागत रूपमा प्रचलित ‘लेउ फेर्या’ बुन्ने सीप विस्तारै लोप हुँदै गएको छ । यहाँका हिमाली क्षेत्रका स्थानीयले पहिले भेडाबाख्रा पाल्ने र त्यसको ऊनबाट चिसो मौसममा प्रयोग हुने लेउ फेर्या बुन्ने गर्थे ।
चापाकोटमा ‘मुन लाइट ग्रुप’ प्रथम क्रिकेट लिग हुने
चापाकोट नगरपालिका–सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा ‘मुन लाइट ग्रुप’ प्रथम चापाकोट क्रिकेट लिग आयोजना हुने भएको छ ।
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बागलुङमा तेस्रो संस्करणको ‘आदर्श कप’ फुटबल हुने
जिल्लामा तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसइई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुने भएको हो ।
दशकदेखि अलपत्र कृषि सडक, किसानलाई सास्ती
डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना दशकदेखि अलपत्र अवस्थामा रहेको छ ।
उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा ९क्याङ० देखापरेका छन् ।
चिनियाँ राजदूतद्वारा तातोपानी नाका र इको पहिरो निरीक्षण
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार तातोपानी नाका, इको पहिरो क्षेत्र तथा सडकलगायत संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने
चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।
मगर समुदायको मौलिक नाच घाटु (फोटो फिचर)
गाउँका महिलाहरु एकै स्थानमा जम्मा भएर गीत गाइरहेका छन् । चोलो, साडी, घलेकीको पहिरनमा रंगीविरंगी फूल र गरगहनामा सजिएका कन्या किशोरीहरु पाउमा रहेको खाँकरको छमछम आवाज निकाल्दै समान चालमा नाचिरहेका छन् ।
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोगमा ल्याइएको हो ।
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । बर्सेनि वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने बनेपाको उक्त जात्रा आइतबार साँझ सकिएको हो ।
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् ।
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।
बसाइँसराइ रोक्दै काउलेपानीको होमस्टे
कुनै समय गाउँका युवाहरू रोजगारीका लागि विदेशिने र परिवारसहित सहर पस्ने क्रम बढेपछि लमजुङको बेसीशहर नगरपालिका–३ स्थित काउलेपानी गाउँ सुनसान बन्दै गएको थियो ।
ध्रुव देउराली विद्यालयलाई कम्प्युटर सहयोग
समाजसेवी डा. मनोर दिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट सहयोग गर्नुभएको छ । भीरकोट नगरपालिका–२ मा रहेको उक्त विद्यालयलाई अध्ययन–अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर सेट प्रदान गरिएको हो ।
गन्यापधुरामा १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको दुर्गम क्षेत्र गन्यापधुरामा एमबीबीएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
छत्रकोटमा नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
गुल्मीको छत्रकोट गाउँपालिकाले सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गर्दैछ। अत्याधुनिक प्रशासनिक भवन निर्माणको सम्पूर्ण कार्य पूरा गरी आजदेखि सेवा प्रदान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।
हावाहुरीले बैतडीका विभिन्न क्षेत्रमा क्षति, जनजीवन प्रभावित
आइतबार दिउँसो पानीसँगै आएको हावाहुरीले बैतडीका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । जिल्लाका विद्यालय, वडा कार्यालय, निजी घर, पसल तथा विद्युत् र सञ्चार संरचनामा क्षति पुगेपछि जनजीवन प्रभावित बनेको छ ।
प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो हुने
बाँकेमा प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो प्रतियोगिता–२०८३ हुने भएको छ । भृकुटी तेक्वान्दो दोजाङले आयोजना गर्न लागेको प्रतियोगिता वैशाख २६ गते नेपालगन्ज रंगशालामा हुने भएको हो ।
गोरखापत्रकर्मी पराजुलीलाई कविडाँडा कृति पुरस्कार
गोरखापत्रकर्मी बसन्त पराजुली कविडाँडा कृति पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ । कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’का लागि उक्त पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष एल।बी। क्षेत्रीले जानकारी दिनुभयो ।