हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने
चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।
मगर समुदायको मौलिक नाच घाटु (फोटो फिचर)
गाउँका महिलाहरु एकै स्थानमा जम्मा भएर गीत गाइरहेका छन् । चोलो, साडी, घलेकीको पहिरनमा रंगीविरंगी फूल र गरगहनामा सजिएका कन्या किशोरीहरु पाउमा रहेको खाँकरको छमछम आवाज निकाल्दै समान चालमा नाचिरहेका छन् ।
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोगमा ल्याइएको हो ।
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ । बर्सेनि वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने बनेपाको उक्त जात्रा आइतबार साँझ सकिएको हो ।
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो ।
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् ।
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।
बसाइँसराइ रोक्दै काउलेपानीको होमस्टे
कुनै समय गाउँका युवाहरू रोजगारीका लागि विदेशिने र परिवारसहित सहर पस्ने क्रम बढेपछि लमजुङको बेसीशहर नगरपालिका–३ स्थित काउलेपानी गाउँ सुनसान बन्दै गएको थियो ।
ध्रुव देउराली विद्यालयलाई कम्प्युटर सहयोग
समाजसेवी डा. मनोर दिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट सहयोग गर्नुभएको छ । भीरकोट नगरपालिका–२ मा रहेको उक्त विद्यालयलाई अध्ययन–अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर सेट प्रदान गरिएको हो ।
गन्यापधुरामा १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको दुर्गम क्षेत्र गन्यापधुरामा एमबीबीएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
छत्रकोटमा नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
गुल्मीको छत्रकोट गाउँपालिकाले सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गर्दैछ। अत्याधुनिक प्रशासनिक भवन निर्माणको सम्पूर्ण कार्य पूरा गरी आजदेखि सेवा प्रदान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।
हावाहुरीले बैतडीका विभिन्न क्षेत्रमा क्षति, जनजीवन प्रभावित
आइतबार दिउँसो पानीसँगै आएको हावाहुरीले बैतडीका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । जिल्लाका विद्यालय, वडा कार्यालय, निजी घर, पसल तथा विद्युत् र सञ्चार संरचनामा क्षति पुगेपछि जनजीवन प्रभावित बनेको छ ।
प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो हुने
बाँकेमा प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो प्रतियोगिता–२०८३ हुने भएको छ । भृकुटी तेक्वान्दो दोजाङले आयोजना गर्न लागेको प्रतियोगिता वैशाख २६ गते नेपालगन्ज रंगशालामा हुने भएको हो ।
गोरखापत्रकर्मी पराजुलीलाई कविडाँडा कृति पुरस्कार
गोरखापत्रकर्मी बसन्त पराजुली कविडाँडा कृति पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ । कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’का लागि उक्त पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष एल।बी। क्षेत्रीले जानकारी दिनुभयो ।
गलकोटमा सामाजिक सञ्जालविरुद्ध स्थानीयको आन्दोलन
जिल्लाकोे गलकोट नगरपालिकामा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाएको आरोप लगाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
श्रीमतीमाथि कुटपिट आरोपमा श्रीमान पक्राउ
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५, छपकीका नुर महम्मद मियाँ श्रीमतीमाथि कुटपिट गरी अंगभंग गरेको आरोपमा पक्राउ पर्नुभएको छ ।
बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता
राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा बालबालिकामाथिको हुने ट्रोलिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मुख्य संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
वामीटक्सारमा सशस्त्र प्रहरीको ‘अस्थायी मनसुन प्रतिकार्य बेश’
गुल्मीको वामीटक्सारमा सशस्त्र प्रहरीको ‘अस्थायी मनसुन प्रतिकार्य बेश’ स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीले मनसुनजन्य विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण र नागरिकको जिउधनको सुरक्षाका लागि ‘अस्थायी मनसुन प्रतिकार्य बेश’ स्थापना गरेको हो।
केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार केही स्थानमा मध्यमदेखि केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
स्याङ्जाका विभिन्न स्थानमा ३६ घण्टादेखि विद्युत अवरुद्ध
स्याङ्जाका विभिन्न स्थानमा ३६ घण्टादेखि विद्युत अवरुद्ध भएको छ । शनिबार साँझदेखि वालिङ र भीरकोट नगरपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ५६ पैसा र बिक्रीदर १५२ रुपियाँ १६ पैसा तोकिएको छ ।
भरूवा बन्दुकसहित एक जना पक्राउ
जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
कञ्चनपुरमा हावाहुरी, केही ठाउँमा क्षति
कञ्चनपुरमा आइतबार दिउँसो चलेको हावाहुरीबाट आंशिक क्षति पुगेको छ । जिल्लाका विभिन्न क्षेत्रमा चलेको हावाहुरीबाट तीन दर्जन बढी विद्युतीय पोलमा क्षति पुगेको विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।