• २१ वैशाख २०८३, सोमबार

स्याङ्जाका विभिन्न स्थानमा ३६ घण्टादेखि विद्युत अवरुद्ध

blog

वालिङ नगरपालिका–६ स्थित विपिसीको सवस्टेश्नमा समस्या आएको ट्रान्सफर्मरलाई मर्मतका लागि बुटवल पठाइदै । तस्बिर राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), वैशाख २१ गते ।
स्याङ्जाका विभिन्न स्थानमा ३६ घण्टादेखि विद्युत अवरुद्ध भएको छ । शनिबार साँझदेखि वालिङ र भीरकोट नगरपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको हो । बुटवल पावर कम्पनी (विपिसी) मार्फत सेवा प्रवाह हुँदै आएको क्षेत्रमा विद्युत अवरुद्ध भएको छा ।

कम्पनीले दिएको जानकारी अनुसार वालिङस्थित मिर्दी सवस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरमा अचानक समस्या आएको हो । मर्मत कार्य पूरा नहुँदासम्म ११ केभी लाइनबाट वितरण भएको वालिङ र भीरकोट नगरपालिकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने कम्पनीले जनाएको छ । सवस्टेसनमा रहेको ट्रान्सफर्मरमा कसरी समस्या आयो भन्ने विषय भने कम्पनीले खुलाएको छैन ।

शनिबार राति मेघगर्जन सहित पानी परेको र ठुलो आवाजमा पट्किएकाले चट्याङ्का कारण ट्रान्सफर्मरमा समस्या आएको हुनसक्ने स्थानीयहरु बताउछन् । कम्पनीले सकेसम्म छिटोभन्दा छिटो मर्मत कार्य सम्पन्न गरी विद्युत सप्लाई आपूर्ति गर्ने जनाएको छ ।

११ केभी प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका लागि बुटवल पठाइएको विपिसी गल्याङ शाखाका प्रमुख डोल खरेलले जानकारी दिनुभयो । सवस्टेसनमा ठुलो समस्या आएको र  बैकल्पिक ट्रान्सफर्मर नहुँदा दुई-तीन दिन विद्युत अवरुद्ध हुने उहाँको भनाइ छ । ३३ केभी प्रशारण लाईनमा भने कुनै समस्या नभएको विपिसीले जनाएको छ ।

लामो समय विद्युत अवरुद्ध हुँदा सरकारी तथा बैंकवित्तीय संस्थाले दिने सेवा प्रभावित भएको छ भने यस क्षेत्रमा टेलिफोन राम्रोसँग चलेको छैन ।