मकै नउम्रेपछि किसानको लगानी खेर
झापाका किसानले उन्नत जातको भनेर लगाएको मकै नउम्रेपछि समस्या सिर्जना भएको छ भने लगानी खेर गएको छ । स्थानीय तहले अनुदानमा वितरण गरेको मकै र किसानले बजारबाट किनेर लगेको मकैको बिउ नउम्रेपछि किसानको लगानी खेर जाने अवस्था आएको हो । जिल्लाको मेचीनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको मकै नउम्रेपछि किसानले यस विषयमा आपत्ति जनाएका छन् । मेचीनगर–१०, धुलाबारीस्थित खड्का कृषि भण्डारले बिउ उपलब्ध गराएको थियो । नगरपालिकाले अनुदानमा उपलब्ध गराएको मकै किसानले यहीँबाट लगेका थिए । रामपुर कम्पोजिट जातको मकैको बिउ किसानलाई अनुदानमा उपलब्ध गराउन गरिएको आह्वानअनुसार खड्का कृषि भण्डारको फर्मलाई नगरपालिकाले प्रक्रिया पु-याएर छनोट गरेको थियो । प्रतिकिलो १०४ रुपियाँ ८० पैसाको ५० प्रतिशत तिरेर किसानले मकै रोपेका थिए
तराईका इँटा भट्टामा हिमाली घोडा
झट्ट सुन्दा र हेर्दा अच्चम लाग्न सक्छ तर अच्चम मान्नु पर्दैन, तराईमा उत्पादन गर्दै आएका इँटा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुँदै आएका छन । तराई क्षेत्र भए पनि सडकमार्फत इट्टा ढुवानी गर्न सहज नहुँदा इँटा व्यवसायीले हिमाली जिल्लाका घोडा इँटा भट्टामा प्रयोग गर्दै आएका छन् ।
सबै पालिकामा पुगेनन् बैङ्क
वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । वित्तीय प्रणाली प्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्त्व रहेको भन्दै मार्गदर्शन ल्याइएको हो । वित्तीय स्थायित्वको आधारशिला वित्तीय साक्षरता भएको तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउन मार्गदर्शन ल्याइएको हो ।
घटेर आयो इन्धनको मूल्य
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
व्यवसायमैत्री वातावरण नभएको व्यवसायीको गुनासो
लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीका व्यवसायीले व्यापार तहसनहस भएको भन्दै नेपाली अर्थतन्त्रलाई तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।
बजेट तर्जुमा कार्यतालिका तयार
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ ।
प्रधानमन्त्रीसँग मिटरब्याज पीडितको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् ।
आयात प्रतिस्थापन मुख्य चुनौती
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य चुुनौती भएको बताउनुभएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘२४औँ फ्लोरा एक्स्पो’को शुक्रबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुुभएको हो । उहाँले भन्नुभयो, “पुष्प व्यवसाय प्रवद्र्धनमार्फत अर्थतन्त्रमा टेवा पु-याउन यो क्षेत्रलाई थप विकास गर्दै लैजानुपर्छ ।”
बहाल कर तिर्न आनाकानी
तानसेन–४, मखनटोलका घरटहराका व्यापारीले तानसेन नगरपालिकालाई लाखौँ रकम कर तिर्न आनाकानी गरेका छन् । मखनटोलमा वर्षौंदेखि व्यापार गरिरहेका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख रुपियाँ कर तिर्न बाँकी रहेको छ । व्यापारीले २०६६ सालदेखि नै कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरूले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार रुपियाँभन्दा बढी कर तिर्न बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले घरटहराको मासिक पाँच सयदेखि दुई हजार रुपियाँसम्म टङ्की बहाल कर तोकेको छ । कर तिर्नका लागि पटकपटक पत्राचार गरिए पनि व्यापारीले अटेर गरेको आचार्यको भनाइ छ ।
सहकारीमार्फत सुपथ पसल सञ्चालन
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारी संस्थामार्फत सुपथ पसल सञ्चालन गरेको छ । कम्पनीले विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, रोल्पामा सहकारी संस्थामार्फत सुपथ मूल्य पसल सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा सुर्खेतको भेरी पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरेको छ ।
अहिलेको निराशालाई आशामा बदल्छु : अर्थमन्त्री
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सकारात्मक आत्मविश्वास जगाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार कार्यभार सम्हाल्दै उहाँले अहिलेको निराशालाई आशामा बदल्न सबै क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । “अहिलेको निराशालाई आशामा बदल्न मौद्रिक र वित्त नीतिको समन्वयको भूमिका आवश्यक रहन्छ,” उहाँले भन्नुभयो ।
सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ– मन्त्री ज्वाला
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बैङ्किङ क्षेत्रको सुरक्षाप्रति राष्ट्र बैङ्क गम्भीर
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गतिविधिलाई नियालिरहेको बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति पनि आफू गम्भीर रहेको बताउनुभयो ।
स्थानीय तहबाट श्रम स्वीकृतिको आवेदन
सरकारले आगामी वैशाख १ देखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहमा दिन सकिने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैशाख १ देखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
बजेट निर्माणको नयाँ कार्यतालिका
सरकार फेरबदल तथा अर्थमन्त्री नै नहुँदा अलमलमा परेको बजेट निर्माण प्रक्रियालाई गति दिन अर्थ मन्त्रालयले समय तालिकासहितको योजना बनाएको छ । आव २०८०/८१ को बजेट निर्माणका कतिपय प्रक्रियामा ढिलाइ भएकाले मन्त्रालयले नयाँ कार्यतालिका बनाएको हो ।
पर्यटन क्षेत्रलाई उठाउन आग्रह
सरकारले ल्याएको सहुलियत, राहत तथा अनुदानका कार्यक्रमले पर्यटन क्षेत्रलाई माथि उठाउन नसकेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई गतिशील बनाउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँहरूले बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले विभिन्न माग र सुझावसहित पर्यटन क्षेत्रलाई उठाउन आग्रह गरेको हो । परिषद्ले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को प्रभावले पर्यटन व्यवसायमा परेको असर विकराल बन्दै गरेको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा भुक्तानी तालिका अर्को असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्न माग गरेको छ ।
पदबहाली गर्नुहुँदै अर्थमन्त्री महत
नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महत शुक्रबार मन्त्रालयमा पदबहाली गर्नुहुँदै । तस्बिर: नवीन पौडेल/रासस
अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताउनुभएको हो।
साबुन उद्योग सञ्चालन
पाँचथरको फालेलुङ गाउँपालिकाका एक युवकले २५ लाख रुपियाँ लगानी गरेर गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन् । पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेर फर्किनुभएका फालेलुङ–३, ताङ्लेपाका प्रयास केरुङले दैनिक दुई सयवटा साबुन उत्पादन गर्न सक्ने क्षमताको उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
कृषि उत्पादनको निःशुल्क ढुवानी
यहाँको छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तु बजारसम्म पु-याउन निःशुल्क ढुवानीको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाभर पायक पर्ने तीन स्थानबाट रुट मिलाई निःशुल्क बुटवल बजारसम्म पु-याउने भएको हो । किसानले उत्पादन गरेको गुन्द्रुक, तितौरा, चुक, तरकारीलगायत कृषि तथा खाद्य वस्तु बुटवलमा बिक्री हुँदै आएको छ । किसानले आफ्नो उत्पादन एक्लाएक्लै बजारसम्म लैजाँदा ढुवानी लागत बढी पर्ने भएकाले महँगो हुने गरेको छ ।
आजदेखि फ्लोरा एक्स्पो
काठमाडौँमा २४औँ फ्लोरा एक्स्पो शुक्रबारदेखि सुरु हुँदै छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यही चैत १७ गतेदेखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा २४औँ फ्लोरा एक्स्पो गर्ने भएको हो । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायको
सगरमाथा आरोहणको बाटो तयार हुन अझै एक महिना लाग्ने
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो (रुट) तयार हुन अझै एक महिना लाग्ने भएको छ । पर्यटन विभागका अनुसार फागुन अन्तिम सातादेखि सुरु भएको सगरमाथा आरोहणको बाटो पहिल्याउने काम वैशाख १५ गते (मे फस्र्ट) सम्ममा पूरा हुनेछ । अहिले अनुभवी आइसफल डाक्टर (हिउँमा बाटो बनाउने व्यक्ति)को १० सदस्यीय टोलीले बाटो खुला गर्ने प्रयास गरिरहेका छन् ।
बन्द संस्थामा सरकारको दुई अर्ब लगानी बक्यौता
विभिन्न कारणले अस्तित्व नै गुमाएका २९ वटा सार्वजनिक संस्थामा सरकारको करिब दुई अर्ब रुपियाँ ऋण लगानी छ । दायित्व फरफारक गरेर मात्र संस्था बन्द वा निजीकरण गर्नुपर्नेमा त्यसो नगर्दा एक अर्ब ९३ करोड २७ लाख रुपियाँ ऋण बक्यौता रहेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको सार्वजनिक संस्थामा सरकारको लगानीसम्बन्धी प्रतिवेदनले आव २०७८/७९ सम्म त्यस्ता संस्थाको नाममा एक अर्ब ७६ करोड ६१ लाख रुपियाँ आन्तरिक र १६ करोड ६६ लाख रुपियाँ वैदेशिक ऋण लगानी रहेको उल्लेख गरेको छ ।