निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउस खोल्न चेम्बरको प्रस्ताव
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ ।
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।
नागढुङ्गामा सुरुङ खन्न रोकियो
सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।
आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैङ्क र एडिबीको आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले छलफल गर्नुभएको छ ।
दुई दिनभित्र सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताउनुभएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान : प्रतितोला एक लाख ११ हजार रुपियाँ
बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।
महासङ्घ निर्वाचनमा समूहगत उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रत्याशीले समूहगत उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेमा व्यवसायी उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सङ्घाई हुनुहुन्छ । महासङ्घको ५७औँ वार्षिक साधारण सभामा अध्यक्ष बाहेकका कार्यकारी पदका लागि यही चैत २९ गते निर्वाचन हुँदैछ । हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सोही सधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिनुभएको छ ।
‘सरकार र निर्माण व्यवसायी मिलेर काम गर्नुपर्छ’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । मुलुक विकासका लागि पूर्वाधार नै महत्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री ज्वालाले पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायीहरू भएको बताउनुभयो ।
ब्याजदर घटाउने सम्भावनाको खोजी
अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउन सक्ने क्षेत्रहरूको पहिचान र ल्याउनुपर्ने नीतिका सम्भावना खोज्न नेपाल राष्ट्र बैङ्कसँग आग्रह गर्नुभएको छ । गभर्नरसहित नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतसँग मङ्गलबार छलफल गर्दै उहाँले ब्याजदर घटाउन सक्ने आधार खोज्न आग्रह गर्नुभएको हो । उच्च ब्याजदरका कारण व्यावसायिक वातावरण निर्माणमा समस्या भएकाले यसलाई घटाउनेतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा
सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा आयोजना हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पूरा भएको छ । चैत २३ गतदेखि २५ सम्म आयोजना हुने महासम्मेलनमा एक हजार जनाको सहभागिता हुने आयोजक राष्ट्रिय सहकारी महासङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
कुखुराको मासुको मूल्य घट्यो, किसान असन्तुष्ट
पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान दुःखी भएका छन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाएको छ । अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ । तर कुखुरा किसान भन्छन्, “हामीलाई सोध्दै नसोधी मूल्य घटाएको छ, त्यसमा हाम्रो आपत्ति छ ।”
एडीबी र विश्व बैङ्कको प्रक्षेपण: ‘आर्थिक वृद्धि ४.१ प्रतिशत मात्रै’
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एसियाली विकास बैङ्क (एडीबी) र विश्व बैङ्क दुवैको अनुमान रहेको छ । नेपाली समयअनुसार मङ्गलबार दुवै दातृनिकायले सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको आर्थिक चालु वर्ष घट्ने उल्लेख गरेका हुन् । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका हुन् ।
विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै
उद्योग विभागले दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट)बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपियाँसम्म लगानी हुने परियोजना/प्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।
आलु सुपरजोनमा इँटा फलाइँदै
सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ।
हवाई भाडा घट्यो
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ।
किस्ता नतिर्दा ऋणीको घरमा बैंकले पठायो सुरक्षा गार्ड
एनआईसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ।
ताप्लेजुङमा औद्योगिक पर्यटन मेला सुरु
ताप्लेजुङमा मङ्गलबारदेखि दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव २०७९ सुरु भएको छ।
रासायनिक मल छिटो ल्याउने पहल हुन्छ : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल भइरहेको बताउनुभएको छ।
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
अरुण तेस्रो परियोजनाका लागि पुन : सर्भे गर्न माग
नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफ्नो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् ।
उखुखेती प्रवर्धन गर्दै रामपुरका युवा
उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् ।
बाँकेका थप दुई स्थानमा सब स्टेसन बन्दै
बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेसन निर्माण गर्न लागिएको छ ।
कर्मचारीलाई तालिम
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्मचारीलाई तालिम प्रदान गरेको छ । बैङ्कले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जनालाई तालिम प्रदान गरेको छ ।
अनलाइन गाडी रेन्टको सुविधा
सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै गाडी भाडामा दिन सक्ने व्यवस्था गरिएको छ । सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको छ । कम्पनीका संस्थापक दामोदर फुयालले परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु प-यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अल्लमल्ल हुने समस्या समाधान हुने बताउनुभयो ।