• २८ वैशाख २०८१, शुक्रबार

संघीय संसद्को संयुक्त बैठक

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, जेठ ५ गते । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ ।

शुक्रबार ४ बजेपछि सुरु सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट  राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारकाे नीति तथा  कार्यक्रम पारित गरेको हो ।

सङ्घीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ ।

उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनुहुन्छ ।

यस बैठक पछि आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।