‘निजी क्षेत्रको साथमा छु, समस्या समाधानमा लाग्नेछु’
उद्योगमन्त्री रमेश रिजालले उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्न लाग्ने बताउनुुभएको छ । नेपाल उद्योग परिसङ्घसँगको भेटको क्रममा सोमबार उद्योगमन्त्री रिजालले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भएकाले उद्योग व्यवसायमा देखिएका समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताउनुभएको छ ।
चैत २४ देखि सन्दकपुर महोत्सव हुँदै
आफ्नो क्षेत्रका पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा महोत्सव आयोजना हुने भएको छ ।
स्टार्टअप उद्यमबारे जानकारी लिन चासो बढ्दै
स्टार्टअप उद्यम व्यवसाय सञ्चालन गर्ने विषयमा जानकारी लिन उद्योग विभागमा उद्योगी व्यवसायीको चहलपहल बढेको छ । उद्योग विभागले गत बिहीबारदेखि स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सार्वजनिक सूचना गरेपछि चासो लिनेहरूको चहलपहल बढेको हो ।
अर्थतन्त्रका सूचकमा सुधार
अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ । नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अनुकूल परिस्थितिका कारण अर्थतन्त्रको सूचकमा सुधार आएको विज्ञहरूको विश्लेषण छ ।
आन्तरिक विद्युत खपत क्षमता वृद्धि मुख्य प्राथमिकतामा : मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत यहीभित्र खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।
१० हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ
नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ ।
चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँ : ज्योत्सना श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासङ्घको एसाेसिएटतर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताउनुभएको छ ।
बेमौसमी वर्षाले गहुँबालीमा पारेको क्षतिको विवरण सङ्कलन गरिँदै
शुक्रबारदेखि परेको बेमौसमी वर्षाले भित्राउन ठिक्क पारेको गहुँबालीमा क्षति पुर्याएको छ । तराई क्षेत्रमा किसानले पाकेको गहुँलाई भित्राउन ठिक्क पारेका थिए ।
सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा बन्द हुने
सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक दैनिक नौ बन्द गर्न लागिएको हो ।
स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ ।
चितवनका माहुरी महोत्तरीमा
चितवन खैरिनीका मह किसान समूह अहिले महोत्तरी झरेका छन् । ३० जनाको सङ्ख्यामा रहेका यी किसान परिवार मेलिफेरा जातिको दुई हजार माहुरीका घारसहित मधेश झर्नु भएको हो । यो सिजनमा बर्दिबासका जङ्गली क्षेत्रबाट दुई करोड मूल्यबराबरको मह सङ्कलन गर्ने उहाँहरूको लक्ष्य छ । अकुत सम्पदाको भण्डार मानिएको महोत्तरीको जङ्गलबाट उत्पादित महको प्रारम्भिक अर्थशास्त्रले यहाँको वन सम्पदा कति महìवपूर्ण रहेछ भन्ने अर्को उदाहरण थपेको छ ।
उत्पादकत्व बढाउन सम्झौता
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि इकोसिस्टमको विकास गरी उद्योगको उत्पादकत्व बढाउनेसम्बन्धी सम्झौता भएको छ । राजधानीको माइतीघरस्थित महासङ्घ सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
वर्षभरि परिवार धान्न सक्ने आँपको बगैँचा
सप्तरी जिल्लालाई आँपको खेती हुने भूगोलका रूपमा चिनिन्छ। लोकमार्गदेखि जिल्लाको उत्तरी भूभागलाई जिल्लाको आँप क्षेत्रका रूपमा लिइन्छ। यहाँ किसानको मूल्यवान् आँपका बगैँचा छन्। जसलाई वर्षको एक पटक बेचेपछि वर्षभरिलाई परिवार धान्न सक्ने आम्दानी हुन्छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार एक कृषकले एक मौसममा १५ देखि २० लाख रुपियाँको आँप बेच्ने गरेको रेकर्ड छ। तिरहुत गाउँपालिकाका आँप कृषक अयोधीप्रसाद यादवले वर्षको ५० देखि सय क्विन्टलसम्म आँप भारत निर्यात गर्नुहुन्छ भने त्योभन्दा बढी नेपालकै ठूला सहरमा बेच्नुहुन्छ।
पुष्प मेलामा लक्ष्यभन्दा बढीको कारोबार
फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको पुष्प मेलामा लक्ष्यभन्दा बढी कारोबार भएको छ । शुक्रबारबाट सुरु भएको २४औँ पुष्पमेलामा आइतबार ३० लाखबराबरको कारोबार भएको एसोसिएसन नेपाका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित चैत १७ गतेदेखि सुरु भएको मेलाबाट ७५ लाखको कारोबार लिने लक्ष्य लिएको छ । त्यसमध्ये पहिलो दिन १९ लाख, दोस्रो दिन ३५ लाख र तेस्रो दिन ३० लाखको कारोबार भएको उहाँले बताउनुभयो । चौथो दिनसम्म एक करोडभन्दा बढीको कारोबार हुने आफूले विश्वास लिएको बताउनुभयो ।
उखु किसानलाई भुक्तानी दिन आलटाल
उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन् ।
गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद
प्रहरीले ठूलो परिमाणमा खान अयोग्य बनेको केराउ र मुङको दाल बरामद गरेको छ। एउटा गोदाममा भण्डारण गरिएका ती सामग्री राम्रोमा मिसावट गरेर बिक्री वितरण गर्ने गरिएको आशङ्का गरिएको छ। सङ्घीय राजधानी काठमाडौँको ढुङ्गेअड्डास्थित एसियन फुडको गोदामबाट कीरा लागेको केराउ र कुहिएको मुङको दाल प्रहरीले बरामद गरेको हो। बरामद गरिएको केराउ र मुङको परिमाण ७६ हजार किलोग्राम रहेको छ।
वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुुला हुुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव मधुुकुुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुुला हुने सहमति भएको हो ।
अर्थमन्त्री महतलाई ब्याजदर घटाउने सुझाव
नेपाल उद्योग परिसंघ (सीएनआइ) का अध्यक्ष विष्णु अग्रवालसहितको टोलीले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर तरलता बढाउने र ब्याजदर घटाउने उपायसहितको सुझाव दिएको छ।
नेप्से परिसूचक २० अंकले गिरावट
काठमाडौं, चैत १९ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ। गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ। नेप्सेका १३ उपसमूहमध्येसबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। तर यता स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा. महत
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा. महतसँग नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिकाे भेट
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीसँग कुराकानी गर्नुभएको छ ।
कर्मले बदलिएको नाम ‘तरकारी काका’
घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ ।
कागतीखेतीबाट २० लाख आम्दानी
सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ ।
अर्थतन्त्र सुधारका लागि कृषिलाई प्राथमिकता
कृषिमा देखिएका चुनौतीका बीचमा वेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सम्हाल्नुभएको छ । रासायनिक मल, बिउ, सिँचाइ, बजार, उत्पादनलगायतका चुनौती कृषिमा देखिएका छन् । नवनियुक्त कृषिमन्त्री भुसालले अर्थतन्त्रको मेरुदण्ड कृषि हो तर यसमा थुप्रै चुनौती देखिएको बताउनुभयो । देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले किसानले समयमा रासायनिक मल, बिउ तथा सिँचाइ समयमा नपाउनु दुःखद हो र त्यसलाई सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउनुभयो । कृषिमा अर्को समस्या भनेको बाँझो जमिन पनि हो ।