• ४ जेठ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते पेस गर्ने तयारी

blog

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटघाट । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले आजदेखि समितिको बैठक बसेकामा खुसी व्यक्त गर्नुभएको थियो ।

सो क्रममा उहाँले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताउनुभएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । रासस