• २३ वैशाख २०८१, आइतबार

गहना निर्माण विदेशी श्रमिककै भर

blog

काठमाडौँ, जेठ २ गते । सुुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपियाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ । मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुुुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ । 

यस क्षेत्रमा काम गर्ने दक्ष स्वदेशी दक्ष जनशक्ति नहुुँदा भारत र बङ्गलादेशबाट आएका कामदारले सो रकम लाने गरेका छन् । नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार मुुलुकभर सुनचाँदी व्यवसायमा दुुई लाखको हाराहारीमा कालिगडले काम गरिरहेका छन् । जसमा झन्डै एक लाख स्वदेशी र एक लाख विदेशी कामदार रहेका छन् । सुनचाँदी व्यवसायमा काम गर्ने अधिकांश कालिगड भारतीय र बङ्गाली मूलका रहेका छन् । 

महासङ्घका अनुसार एक लाख विदेशी कालिगडले मासिक दुुई अर्ब ५० करोड रुपियाँ र वार्षिक झन्डै ३० अर्ब रुपियाँ नेपालबाट बाहिर लाने गरेका छन् । सुुनचँदी पसलमा काम गर्ने अर्धदक्ष र दक्ष कामदार रहेका छन् । नेपालमा कमाएको रकम यहाँ केही मात्रामा खर्च गर्ने भए तापनि ठूलो हिस्सा भने बाहिरिने गरेको पाइएको छ । साथै विदेशी श्रमिकले कमाएको रकमबाट सरकारलाई कुनै पनि प्रकारको कर राजस्व आम्दानी हुने गरेको पाइँदैन । तिनले मासिक न्यूूनतम २५ हजारदेखि एक लाख रुपियाँसम्म तलब खाने गरेको बताइएको छ ।

प्रतिकालिगडलाई न्यूनतम मासिक २५ हजार रुपियाँको दरले दिँदा वार्षिक ३० अर्ब रुपियाँ बाहिर जाने गरेको तथ्याङ्क छ । गहना निर्माण गर्ने उच्चस्तरका कालिगडले मासिक एक लाख रुपियाँसम्म तलब खाने गरेको व्यवसायीको भनाइ छ । 

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले दक्ष जनशक्ति नहुुँदा बाहिरबाट आएका कालिगडले अर्बौं रुपियाँ नेपालबाट बाहिर लाने गरेको जानकारी दिनुुभयो । सुनचाँदी पसलमा काम गर्ने आधाभन्दा बढी भारत र बङ्गलादेशबाट आएका कालिगडले मासिक तीन अर्बभन्दा बढी रकम बाहिर लाने गरेको जानकारी दिनुुभयो । स्वदेशमै गहना बनाउने राम्रो सिप भएका कालिगड नहुुँदा बाहिरबाट दक्ष जनशक्ति झिकाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सुनचाँदी व्यवसायमा जनशक्ति उत्पादन गर्न सरकारी तवरबाट कुुनै कार्यव्रmम आउन सकेको छैन । निजी क्षेत्रबाट तालिम दिएर दक्ष बनाउने प्रव्रिmया चालु छ तर दक्ष बनेलगत्तै नेपाल वैदेशिक रोजगारीमा जाने हुुँदा अझै पनि अभाव रहेको उहाँको भनाइ छ । 

निजी क्षेत्रबाट तालिमको सुरुवात हुुन थालेको शाक्यले जानकारी दिनुुभयो । “तीन वर्षअघि प्रधानमन्त्री रोजगार कार्यव्रmममा तालिम तथा रोजगारी दिने भनेर कार्यव्रmम राखिएको थियो, जुुन कार्यान्वयनमा आउन सकेन,” उहाँले भन्नुुभयो । महासङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को समन्वय र अनुुमतिमा तालिम दिने काम भइरहेको जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सरकारले दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्था गरे सुनचाँदी व्यवसायमा धेरैलाई रोजगारी दिन सकिने जानकारी दिनुुभयो । 

नेपालमा रोजगारी नपाएर दिनहुुँजसो वैदेशिक रोजगारीमा गएका छन्, सुनचाँदी व्यवसायमा विदेशबाट कालिगड आएर काम गरिरहेको उहाँको भनाइ छ । महासङ्घका अनुुसार मुलुकमा वार्षिक एक खर्ब रुपियाँ बराबरको सुुनचाँदीको कारोबार हुने गर्छ । यसबाट वार्षिक तीनदेखि चार अर्ब रुपियाँ राजस्व सङ्कलन हुने गर्छ । मुलुकभर २३ हजार सुनचाँदी व्यवसायी छन् ।