प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले ‘से चिज, डिडिसीको चिज’ भन्दै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा तस्बिर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठुलो मद्दत पुग्ने आमबुझाइ बनेको छ । डिडिसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दुधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । वार्षिक रूपमा ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको डिडिसीले जनाएको छ । डिडिसीले देशभरका १४ चिज उत्पादन केन्द्रबाट चिज उत्पादन गर्दै आएको छ । यीमध्ये आठ केन्द्रबाट याक चिज उत्पादन हुन्छ । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले प्रधानमन्त्रीले याक चिज खाएको फोटो सार्वजनिक गरेपछि यसले बजार प्रवर्धन गर्न सहयोग पुग्ने बताउनुभयो । याक चिज हिमाली क्षेत्रमा उत्पादन हुने हुुँदा अन्यको तुलनामा महँगोसमेत पर्ने गरेको उहाँले जानकारी दिनुभयो । डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सो
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ तर नेपालमा भने तत्काल त्यसको असर नपर्ने भएको छ । चिनीको स्वदेशी उत्पादन पर्याप्त भएकाले तत्कालका लागि बजारमा चिनीको अभाव नहुने भएको हो ।
सुनचाँदीको कारोबारमा ९० प्रतिशतले गिरावट आएको छ । बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । निरन्तर मूल्य बढ्दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
दुुई दिन सार्वजनिक बिदाले डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको देखिएको छ । सरकारले इन्धन खपत कम गर्न
किसानले दुध बिक्री गरेबापतको साढे दुई अर्ब रुपियाँ पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगको गरी दुई अर्ब ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको हो । किसानले बेचेको तीन महिनाको रकम पाउन नसक्दा उनीहरू प्रत्यक्ष मारमा परेका छन् । दुध बेचेको रकम १५/१५ दिनमा वितरण गर्ने व्यवस्था भए पनि किसानले लामो समयसम्म रकम पाएका छैनन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले दुधको बेचेको साढे दुई अर्ब रुपियाँभन्दा बढी लिन बाँकी रहेको जानकारी दिनुभयो ।
सरकारले छिमेकी मुलुक भारतसँग जिटुजी (सरकार–सरकार) मार्फत डेढ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्न लागेको छ । पश्चिम एसियाली मुलुकमा जारी युद्धका कारण मल आपूर्तिमा असहज भएपछि जिटुजीमार्फत मल खरिद गर्न लागिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति व्यवस्था सहज बनाउन परराष्ट्र मन्त्रालमार्फत भारतलाई पत्राचार गरेको जनाएको छ ।
आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छन् । अर्कोतिर बजारमा पहिले नै धेरै सिलिन्डर गइसकेकाले बुलेटबाट ग्यास ‘रिफिल’ गर्न नपाएको उद्योगीले जनाएका छन् । आधा तौल (७.१ केजी) को सिलिन्डर भर्न थालेपछि सिलिन्डर कम भएर ग्यास बुलेटमा थन्किन थालेका हो । ग्यास आपूर्ति नियमित हुन थालेपछि आयात पनि घटेको छ । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक ग्यासको माग रहेकोमा १५ दिनको अवधिमा बजारमा १८ हजार मेट्रिक टन मात्र ग्यास आयात भएको छ । बजारमा ग्यासको अभाव हुन थालेपछि आपूर्ति व्यवस्था सहज पार्न निगमले २८ फागुनदेखि आधा तौलको सिलिन्डर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको थियो ।
एक महिनादेखि निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराम गर्ने सहमति जनाएपछि बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको हो । कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो ।
सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो । सरकारको यस्तो निर्णय भए पनि नेपाल आयल निगमले तत्काल मूल्य घटाउने सम्भावना रहेको छैन । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा उच्च भएकाले तत्कालका मूल्य नघट्ने भएको हो ।
पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । साथै पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारणले गर्दा पनि इन्धनको मूल्य थप महँगो पर्न गएको छ । यस अवस्थामा सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर छुट अथवा कम गरे उपभोक्तालाई राहत दिन मिल्ने देखिएको छ । नेपाल आयल निगमका अनुसार विभिन्न शीर्षकमा गरेर प्रतिलिटर पेट्रोलमा ६५ रुपियाँ ८४ पैसा, डिजेलमा ४८ रुपियाँ ३५ पैसा, मटितेलमा ३३ रुपियाँ ९३ पैसा र हवाई इन्धन ३४ रुपियाँ ११ पैसा तथा खाना पकाउने एलपिजी ग्यास प्रतिसिलिन्डरमा २८७ रुपियाँ ३१ पैसा कर रहेको छ ।
सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको हो ।
नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पश्चिम एसियामा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असरले निगम घाटामा गएको हो ।
बजारमा रासायनिक मलको आपूर्तिमा असहज हुने देखिएको छ । पश्चिम एसियामा भएको युद्धको प्रभावले रासायनिक मलको उत्पादनमा असर पर्दा आपूर्तिमा समस्या देखिने भएको हो । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मल उत्पादनमा ह्रास आएको छ । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मलको समेत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ९८ अमेरिकी डलर पुगेको छ ।
सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो । यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरेको छ ।
बजारमा एलपी ग्यासको अभाव भएपछि साना होटेल, रेस्टुरेन्ट, चिया पसलसँगै होस्टेलमा समस्या पर्न थालेको छ । पश्चिम एसियामा भएको तनावका कारण ग्यासको आपूर्तिमा अवरोध हुन सक्ने आशङ्कामा बजारमा एक्कासि माग बढ्दा उपभोक्ताले एक महिनादेखि सहजै ग्यास पाउन सकेका छैनन् ।