सबै किसिमको वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्थासँगै लगानीकर्तालाई सहज हुने अपेक्षा गरिएको छ ।
निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार दुई लाख ९२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बजारमा पुुराना सुनका गहना बिक्री हुुन छाडेका छन् । सुनको मूूल्य निरन्तर बढ्दै गएपछि सुुन व्यापारीले पुुराना गहना खरिद गर्न छाडेका हुुन् । ठुुला सुन पसलमा बिल
यस वर्ष देशभर धानको उत्पादन दुुई लाख मेट्रिक टनले घटेको छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८२/८३ मा ४.२० प्रतिशत घटेर ५७ लाख पाँच हजार १२६ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ ।
मुुलुकमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र हवाई इन्धन) को भण्डारण क्षमता १० वर्षमा ३४ हजार किलोलिटरले बढेको छ । १० वर्षअघि ६८ हजार ११५ किलोलिटर क्षमताको
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत ३१ अर्ब रुपियाँ सङ्कलन भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि चालु आव २०८२/८३ को १५ पुससम्म प्रदूषण कर शीर्षकमा ३१ अर्ब १२ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
मुलुकमा रोजगारी नपाएर दैनिक दुई हजारभन्दा बढी जनशक्ति विदेश गइरहेका बेला भएको जागिरसमेत छोडेर जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय कृषिक्षेत्रमा काम गर्ने कृषि वैज्ञानिक विदेश पलायन हुने गरेका छन् ।
सरकारले भन्सार कार्यालयमा सुरु गरेको कारोबार मूल्यको आधारमा गरिने भन्सार मूल्याङ्कन प्रणालीले वैध व्यापार बढ्ने र यसले वस्तुको मूल्य घटाउनेसम्मको प्रभाव पार्ने देखिएको छ । अर्कोतिर भन्सार प्रक्रिया पारदर्शी बन्ने र राज्यले प्राप्त गर्ने राजस्व सङ्कलन पनि बढ्ने अपेक्षा गरिएको छ ।
अमेरिकाले नेपाललाई ७७ स्वदेशी वस्तुु निर्यातमा दिएको भन्सार छुट सुविधाको अवधि बुुधबार (नेपालको र अमेरिकाको समय अन्तरले) सकिँदै छ । २०७२ सालको भूकम्पपछिको आर्थिक पुनस्र्था
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले गत आर्थिक वर्ष २०८१/८२ मा रोकिएको स्वरोजगार कर्जा वितरण गर्न लागेको छ । कोषमा झन्डै एक वर्ष कार्यकारी उपाध्यक्ष नहुँदा गत आवमा कर्जा वितरणको काम रोकिएको थियो । गत भदौमा कोषमा नयाँ कार्यकारी उपाध्यक्ष नियुक्ति भएपछि कर्जा वितरणको काम सुरु हुन लागेको हो । कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेलल गत आवमा कर्जाका लागि ४३३ सहकारी संस्थाको प्रस्ताव आएकोमा हाल अध्ययन अनुसन्धान भइरहेकाले तोकिएको मापदण्ड पूरा गरेकालाई जतिसक्दो छिटो कर्जा वितरण गरिने जानकारी दिनुभयो ।
सुनको मूल्य एकै दिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढेर नयाँ रेकर्ड बनाएको छ । मूल्यको बढ्दो प्रवृत्तिले गर्दा प्रतितोला तीन लाख रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दै गएको सुनको मूल्य आगामी दिनमा पनि थप बढ्ने अनुमान गरिएको हो ।
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) बढाउन नीतिगतसँगै प्रक्रियागत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता उच्च आए पनि सो अनुपातमा लगानी भित्रिन नसकेकाले लगानी बढाउन लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले बताउनुभएको हो । विभागका अनुसार सुरुदेखि हालसम्म सात हजार ६७७ परियोजना छ खर्ब ७४ अर्ब ८३ करोड ३८ लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ । सन् २०२४/२५ मा विभिन्न मुलुकबाट तीन खर्ब ३३ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण अगाडि बढेको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण प्रक्रिया अगाडि बढेको हो ।
नेपालले भोकमरीको समस्या समाधानमा सुधार गर्दै गम्भीरबाट मध्यम स्तरको भोकमरीको अवस्थामा पुगेको छ । विश्व भोकमरी सूचकाङ्क (जिएआई) मा नेपाल मध्यम भोकमरीको अवस्थामा सुधार आएको मङ्गलबार जारी एक प्रतिवेदनले देखाएको हो । वेल्ट हङ्गर हिल्फ र लिबर्डले मङ्गलबार सार्वजनिक गरेको विश्व भोकमरी सूचकाङ्क २०२५ प्रतिवेदनमा नेपाल ‘मध्यम भोक
लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेको बाँकी रहेको करिब चार अर्ब पियाँ भुक्तानी गरेका हुन् ।