• २५ कात्तिक २०८२, मङ्गलबार

धान उत्पादन घट्ने

blog

काठमाडौँ, कात्तिक २५ गते । यस वर्ष मुलुकभर धान उत्पादन घट्ने अनुमान गरिएको छ । असोज र कात्तिकमा आएको वर्षा र बाढीका कारण धानमा क्षति पुगेकाले चारदेखि पाँच लाख मेट्रिक टन कमी आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले यस वर्ष धानको उत्पादनमा कमी आउने देखिएको जानकारी दिनुभयो । बेमौसमी वर्षा र डुबानका कारण पाकेको धानमा क्षति पु¥याएकाले पनि उत्पादनमा कमी आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सातै प्रदेशबाट धानको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।  

यस वर्ष मधेश प्रदेशमा सुक्खा र खडेरीका कारण किसानले समयमा धान रोप्न पाएका थिएनन् । खडेरीका कारण कम क्षेत्रफलमा धान रोपाइँ भएको र पछि आएको बैमौसमी वर्षाले धानको उत्पादन कमी आउने देखिएको मन्त्रालयले जनाएको छ । 

बाढी र वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण आए पनि अन्तिम विवरण सङ्कलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । धान उत्पादन बढी हुने तराईका जिल्लामा वर्षा र डुबानले ठुलो क्षति पु¥याएको छ । असोज दोस्रो साता आएको वर्षाले कोशी र मधेश प्रदेशमा बढी क्षति पु¥याएकाले उत्पादनमा कमी आउने देखिएको मन्त्रालयले जनाएको छ ।  

मुलुकभर गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । मुलुकभर १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । 

यो वर्ष गत वर्षको तुलनामा २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ कम भएकाले पनि उत्पादनमा कमी आउने मन्त्रालयले जनाएको छ । 

मनसुन सकिएपछि गत असोजमा आएको बेमौसमी वर्षाले कोशी प्रदेशमा ५६ हजार मेट्रिक टन बराबरको धानबालीमा क्षति भएको मन्त्रालयको तथ्याङ्क छ । यस्तै मधेश प्रदेशमा छ हजार ५३ हेक्टर क्षेत्रफलमा लगाएको २३ हजार ६६४ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ । 

असोज दोस्रो साता आएको वर्षा र बाढीका कारण सबैखाले बाली, चौपाया र कृषि पूर्वाधारसहित तीन प्रदेशमा तीन अर्ब ५५ करोड रुपियाँ बराबरको क्षति भएको छ । कात्तिकमा आएको वर्षा र डुबानले पारेको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको मन्त्रालयले जनाएको छ । 

बाढीले कर्णाली र सुदूरपश्चिम प्रदेशमा असर नपु¥याए पनि अन्य प्रदेशमा भने क्षति भएको छ । वर्षाले धान, तरकारी, मत्स्य, पशुपन्छीमा क्षति पु¥याएको छ । 

यसैबिच स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा धानचामल आयात हुने गरेको छ । यो वर्ष पनि उत्पादन कम हुँदा धानचामलको आयात थप बढ्ने 

देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा २१ अर्ब ५२ करोड ३७ लाख ८४ हजार रुपियाँ बराबरको पाँच लाख ३३ हजार ७१५ मेट्रिक टन धान आयात भएको थियो । यस्तै १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपियाँ बराबरको दुई लाख ४१ हजार ५५३ मेट्रिक टन चामल आयात भएको थियो । स्थानीय उत्पादनले माग धान्न नसक्नु र मसिनो चामल खाने बानीका गर्दा पनि बाहिरी मुलुकबाट धानचामल आयात हुने गर्छ ।