नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ ।
झन्डै छ अर्ब रुपियाँ लागतमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुने भएको छ । भारत सरकारको सहयोगमा सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुन लागेको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिलाई मर्ज नगरी प्राधिकरण मोडलमा लैजान व्यापारविज्ञहरूले सुझाव दिएका छन् । सरकारले समिति र पारवहन तथा गोदाम कम्पनीलाई मर्ज गर्न तयारी गरिरहेका बेला व्यापारविज्ञले मर्ज नगरी छुट्टै प्राधिकरण गठन गर्नुपर्ने बताएका हुन् । पूर्वसचिव एवं व्यापारविज्ञ पुरुषोत्तम ओझाले नेपालमा सुक्खा बन्दरगाह निर्माण गरी निजी क्षेत्रलाई नियमन गर्दै आएको समितिलाई प्राधिकरण मोडलमा लैजानु आवश्यक रहेको बताउनुभयो । दुई वटा निकायको जिम्मेवारी सञ्चालक र नियमन गर्ने भएकाले पनि मर्ज गर्न उपयुक्त नभएको उहाँको भनाइ छ ।
पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि बढाउन बिटुबी सम्झौता गर्न लागिएको हो ।
गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो । मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ ।
नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । ती प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई लक्षित गरी भण्डारण गृह निर्माण गर्न लागिएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माणका लागि सरकारी जग्गा खोजिरहेको जानकारी दिनुभयो ।
साउन, प्रकृति नै हरियाली हुने महिना । यो महिनाको सङ्क्रान्तिदेखि सूर्य दक्षिणायन हुन्छ भनिन्छ । सूर्य दक्षिणायन हुँदा रात लामो र दिन छोटो हुने क्रम सुरु हुन्छ । यस महिनालाई शिवजीको महिना पनि भनिन्छ र शिवको पूजा आराधना गरिन्छ । यस वर्ष साउन महिनामा अधिकमास वा मलमास प-यो । तिथि अनुसार पर्ने चाडपर्वहरू साउन महिनाको अघिपछि परे । साउन महिनामा अधिकमास परे पनि भगवान् शिवजीको पूजाआजा गर्न केही असर नपर्ने संस्कृति
पछिल्लो पाँच वर्षमा मुलुकबाट २५ अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म २५ अर्ब २८ करोड ८४ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको हो । तुलनात्मक लाभ भएको वस्तुका रूपमा रहेको अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा उलेख्य वृद्धि भएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई साताअघिदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ । निगमले भारतबाट मूल्य बढेर आएको सूचना गोप्य राख्न नसक्दा पेट्रोल पम्पले इन्धनमा कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने सम्भावना हुँदा यसतर्फ सजग बन्नुपर्ने देखिन्छ । मूल्य बढ्ने सङ्केत पाएपछि विगतमा व्यवसायीले पनि तेल सकिएको भनेर बिक्री बन्द गर्ने गरेको देखिन्थ्यो तर मङ्गलबार पनि उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्पले नियमित रूपमा तेल बिक्री गरिहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले जानकारी दिनुभयो ।
बजारमा सोमबार दुधको खपत एकै दिनमा तेब्बरले बढेको छ । साउन १५ खिर खाने पर्व परेकाले अधिकांशले खरिद खाने हुँदा बजारमा दुधको माग उच्च भई खपत तेब्बरले बढेको हो । उपत्यकामा किसानबाट दुध सङ्कलन गरी दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले दुध वितरण गर्दै आएका छन् । डिडिसी र निजी डेरीले अन्य दिनको तुलनामा दुध तेब्बरले बढी बिक्री भएको बताएका छन् ।
गत आर्थिक वर्षमा नेपालबाट साढे ११ अर्ब रुपियाँ बराबरको गलैँचाका सामान निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपियाँ बराबरको ४९ लाख दुई हजार ३३५ स्क्वायर मिटर गलैँचा निर्यात भएको हो । अघिल्लो आव २०७८/७९ मा नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपियाँको गलैँचा निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा दुई अर्ब रुपियाँ बराबरको गलैँचा निर्यात बढेको तथ्याङ्कले देखाएको छ । आव २०७७/७८ मा कोभिडका कारण गलैँचा निर्यातमा कमी आई तीन अर्ब ९४ करोड १२ लाख ७९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार २९० स्क्वायर मिटर निर्यात भएको तथ्याङ्क छ । अन्य वर्षमा भने निर्यातमा वृद्धि हुँदै आएको छ । कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन गरिएको गलैँचा विभिन्न देशमा निर्यात हुने गरेको छ ।
गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।
गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपियाँको हाराहारीमा झरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात गरेर चार खर्ब ४९ अर्ब तीन करोड रुपियाँ राजस्व सङ्कलन गरेको हो । बर्सेनि इन्धनको आयात बढेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुने गरेको छ ।