नेपाल आयल निगम पछिल्लो समय निरन्तर घाटामा गएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पश्चिम एसियामा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असरले निगम घाटामा गएको हो ।
बजारमा रासायनिक मलको आपूर्तिमा असहज हुने देखिएको छ । पश्चिम एसियामा भएको युद्धको प्रभावले रासायनिक मलको उत्पादनमा असर पर्दा आपूर्तिमा समस्या देखिने भएको हो । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मल उत्पादनमा ह्रास आएको छ । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मलको समेत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ९८ अमेरिकी डलर पुगेको छ ।
सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो । यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरेको छ ।
बजारमा एलपी ग्यासको अभाव भएपछि साना होटेल, रेस्टुरेन्ट, चिया पसलसँगै होस्टेलमा समस्या पर्न थालेको छ । पश्चिम एसियामा भएको तनावका कारण ग्यासको आपूर्तिमा अवरोध हुन सक्ने आशङ्कामा बजारमा एक्कासि माग बढ्दा उपभोक्ताले एक महिनादेखि सहजै ग्यास पाउन सकेका छैनन् ।
बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेपछि त्यसको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन) प्रयोग बढ्न थालेको छ । सरोकारवाला संस्थाले पनि उपभोक्तालाई इन्डक्सनकै प्रयोग आग्रह गरेका छन् ।
लगानीकर्ता आकर्षित हुँदा सुन आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा २१ अर्ब २० करोड ७९ लाख रुपियाँ बरारको एक हजार ११४ केजी सुन आयात भएको छ । गत वर्ष साही अवधिमा १० अर्ब ४५ करोड ४९ लाख रुपियाँ बराबरको ८८७ केजी सुन आयात भएको थियो ।
प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन् । निर्वाचनमा खटिएका एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र छिमेकी मुलुक भारतबाट आयात गरिएको बेतको लट्ठी प्रदान गरिएको हो । नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई स्वदेशी जुत्ता अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । उनीहरूले बोक्ने बेतको लट्ठी भने स्थानीय उत्पादनले अपुग हुँदा छिमेकी मुलुक भारतबाट आयात भएको हो ।
सरकारसँग खाना पकाउने एलपिजी ग्यासको भण्डारण नहुँदा विभिन्न समयमा उपभोक्ताले अभाव खेप्नु परेको छ । मुलुकभर पेट्रोलियम पदार्थको वितरण गर्ने नेपाल आयल निगमसँग डिजेल, पेट्रोल र हवाई इन्धनको भण्डारण क्षमता रहे पनि ग्यासको नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । निजी उद्योगी व्यवसायीलाई निगमले ग्यास खरिद आदेश (पिडिओ) जारी गर्ने र उद्योगीले भारतका विभिन्न ‘रिफाइनरी’ केन्द्रबाट ग्यास आयात गरी बजारमा पठाउने गर्छन् । अर्कोतिर ग्यास आयात गर्नका लागि नेपाली नम्बरका ग्यास बुलेट नहुँदा भारतीय नम्बरका
सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन हुन्छ । विगतका वर्ष यसबेला सुन पसलमा गहना खरिद गर्ने ग्राहकको भिड लाग्ने गर्थ्यो । व्यापार पनि अन्य सिजनको तुलनामा दोब्बरले बढी हुने गर्थ्यो । अहिले भने अधिकांश सुनचाँदी पसल सुनसान छन् ।
आगामी शनिबार मनाइने प्रणय दिवस (भ्यालेन्टाइन डे) मा साढे पाँच करोड रुपियाँ बराबरको चार लाख ५० हजार स्टिम गुलाफ खपत हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा मनाइने प्रणय दिवसमा बजारमा गुलाफको माग धेरै हुने भएकाले यो वर्ष पाँच करोड ६२ लाख रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ ।
बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा डिजेल पेट्रोलको खपत बढ्न थालेको हो । चुनाव प्रसारप्रसारमा चारपाङ्ग्रे गाडी र मोटरसाइकलको प्रयोग बढ्दा पेट्रोलको खपत बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ ।
बजारमा पछिल्लो समय कोदोको उपभोग बढ्दै गए पनि उत्पादन भने बर्सेनि घट्दै गएको छ । स्वास्थ्यका लागि लाभदायक हुने हुँदा कोदोको उपभोग बढी हुन थालेको छ । बजारमा कोदोको खपत बढ्दै गए पनि उत्पादन भने घट्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रि
सुनको मूल्य अस्वाभाविक बढेपछि नक्कली गहनाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । सुनको मूल्य बढेर तोलाको साढे तीन लाख रुपियाँनजिक पुग्न थालेपछि नक्कली गहनाको व्यापार बढ्न थालेको छ ।
अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपालबाट निर्यात हुने गार्मेन्ट र टेक्सटाइललगायतका क्षेत्रमा ठुलो असर पर्ने देखिएको छ । विश्वव्यापार सङ्गठन (डब्ल्युटिओ) का अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट, टेक्सटाइलको निर्यातमा १० देखि २० प्रतिशत कमी आउने देखिएको हो । डब्ल्युटिओले गार्मेन्ट र टेक्सटाइल १३.३ प्रतिशतले निर्यात घट्ने अनुमान गरेको छ ।
प्रशोधित खाने तेल (भटमास, सूर्यमुखी) ले मुलुकको निर्यात व्यापार बढाएको छ । तथापि यो पूर्णतः स्वदेशी उत्पादन नभई बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात भई प्रशोधन गरेर निर्यात हुने गरेको छ ।