एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँच/छ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताउनुभयो । “भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उहाँले भन्नुभयो, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।”
दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ । दसैँ सुरु हुन एक हप्ता मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको हो । लामो समयदेखि सुनसान अवस्थामा रहेको बजार पसलमा शुक्रबारदेखि चहलपहल बढ्न थालेको देखिन्छ । उपत्यकाको मुख्य बजार न्युरोड, असन, भोटाहिटी, विशाल बजार, सुरज आर्केट, मखनगल्लीलगायतका अन्य ठाउँमा दसैँलाई लक्षित सामान किनमेल गर्ने ग्राहकको भिडभाड सुरु भएको छ ।
दसैँ आएसँगै यो चाड मनाउन किनमेल गर्नेको घुइँचो बजारमा देखिन्छ । उपत्यकाबाट बाहिर जानेहरूका लागि त दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । उपत्यकका मुख्य मुुख्य बजारहरू न्युरोड, भोटाहिटी, असन, इन्द्रचोक, भाटभटेनी, लगनखेल, थिमीलगायत बजारमा दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न
बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुन सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्यात हुन सकेको छैन । लामो समयदेखि बन्द रहेको सो नाका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खुला भएको थियो ।
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो ।
सरकारले मुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी अटोमेटिक रुटबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको हो ।
सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले ५० हजार सङ्ख्यामा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् ।
सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली (अटोप्राइस) लागु भएसँगै नेपाल आयल निगमले ऋण तिर्न सफल भएको छ । गत साउन १ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सोही अनुसार निगमले १५/१५ दिनमा इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्दै आएको छ ।
सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुुभयो । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । अन्य समयमा न्यून कारोबार भए पनि सिजनका बेला बढ्ने गथ्र्यो तर यसपालि कारोबार घटेको छ । लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून हुँदा पछिल्लो समय ४० प्रतिशतमा सीमित भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
कम्पनी दर्ता र पुुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुुरमा छुुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ ।
सरकारले निर्यात प्रवर्धन गर्न प्रत्येक वर्ष निर्यातकर्तालाई नगद अनुुदान वितरण गर्दै आए पनि निर्यात भने उत्साहपूर्वक बढ्न नसकेको तथ्याङ्कले देखाएको छ । सरकारले ११ वर्षको अवधिमा सामान निर्यात गर्ने व्यवसायीलाई नगद अनुदानबापत छ अर्ब ३४ करोड रुपियाँ वितरण गरेको हो । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवर्धन गरी वैदेशिक व्यापार असन्तुलनलाई कम गर्ने
पाँच वर्षको अवधिमा मुलुकमा झन्डै दुुई खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएकामा ७६ अर्ब रुपियाँ लगानी भित्रिएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव