• १३ साउन २०८१, आइतबार

नयाँ स्टक एक्सचेञ्ज प्रक्रिया रोक्ने सरकारको निर्णय

blog

मन्त्रिपरिषद् बैठक । फाइल तस्बिर

काठमाडौं, वैशाख २९ गते । सरकारले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

नयाँ स्टक एक्सेचञ्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेपछि तत्कालका लागि उक्त प्रक्रिया रोक्ने निर्णय बैठकले गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।