तीज मनाउन पशुपतिमा महिलाहरूको भीड (फोटो फिचर)
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ ।
अट्वारीको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै
कैलालीसहित विभिन्न जिल्लाका थारु समुदायले धुमधामसँग मनाउने अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइदैँ छ ।
संस्कृति हाम्रा पहिचान हुन्: प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संस्कृति हाम्रो पहिचान भएको बताउनुभएको छ ।
तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताउनुभयो ।
हरितालिका तिज आज, पशुपतिमा विशेष व्यवस्था
काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सनातन पर्वका रूपमा मनाउँदै आएको तिज सोमबार विशेष उल्लास र उमङ्गका साथ मनाउँदै छन् । आइतबार भाद्र शुक्ल द्वितीयका दिन मध्य रातअघि नै घर घरमा आफन्त र चेलीबेटीहरू जम्मा भएर सात्त्विक भोजनलाई दरका रूपमा खाएर तृतीयाको दिन निर्जल निराहार व्रत बसी आराध्यदेव भगवान् शिवको पूजाआराधना गर्ने परम्परा रहेको छ । कसै कसैले यस दिन मध्यान्नमा उमामहेश्वरको पूजा लगाउने पनि गर्छन् ।
सभामुख घिमिरेद्वारा तीजको शुभकामना
सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पर्व हाम्रा पहिचान र गौरव हुन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गर्नुभएको छ ।
वास्तु दिवस एवं विश्वकर्मा पूजा
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।
हरितालिका (तीज) व्रतः पुरुषले पनि गर्नुपर्छ’
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल
राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ ।
आज हरितालिका (तीज) व्रत
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
मिथिलाञ्चलमा 'चौरचन'को रौनक
मिथिलाको लोकआस्थाको महान् पर्व चौठचन्द्र भोली (सोमबार) मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई
कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।
तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए
भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ ।
तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन
नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।
आज सुदूरपश्चिममा सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले आज (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै
हिन्दु महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।
मङ्गल क्याम्पसमा सांस्कृतिक कार्यक्रम
यहाँस्थिति मङ्गल बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका छन् । शनिबार कीर्तिपुरस्थित क्याम्पसमा आयोजना भएको स्वागत र बिदाइ कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका हुन् ।
मादल बिक्न छाडेपछि पेसा सङ्कटमा
दाङको घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीलाई विगतका वर्षहरूमा तीजको समयमा नयाँ मादल बनाउन र पुराना मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो ।
मजिपाः लाखेनाचलाई व्यवस्थित गरिने
असोज दोस्रो साता (द्वादशी) देखि सुरु हुने इन्द्रजात्रामा परम्परागत मजिपाः लाखे नाचलाई व्यवस्थित गर्न इन्द्रजात्रा श्री लाखे आजु गुठीले शनिबार लाखेनीमा छलफल आयोजना गरेको छ ।
थारु बहुल क्षेत्रमा अटवारी पर्वको रौनक सुरु
थारु समुदायमा मौलिक पर्व अटवारीको रौनक सुरुभएको छ । लुम्बिनी प्रदेश सरकारले ३१ गते आइतबारका लागि दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
तानसेनको भगवती मन्दिर (फोटो फिचर)
पाल्पाको सदरमुकाम तानसेनको टुँडिखेल नजिक भीमसेन टोलमा रहेको भगवती मन्दिर भक्तजनको लागि प्रख्यात मानिन्छ । यो मन्दिर निकै नै फराकिलो क्षेत्रफलमा प्या गोडा शैलीको रहेको छ।
भोलि सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।