• २० असोज २०८१, आइतबार

जितिया पर्व सम्पन्न

blog

जितियाको अवसरमा कंचनरुप-२ बरमझियामा मुर्ति बनाई मेलाको आयोजनाका गर्नुका साथै जितिया व्रत वसेका महिलाहरूले पूजापाठगरी कथा श्रवण गर्दै । तस्वीर: ललिता साह ।

ललिता साह

सप्तरी, अशोज १९गते। हिन्दू पात्रो अनुसार  असोज महिनाको कृष्ण पक्षको अष्टमीदेखि नवमी तिथीसम्म मनाइने जितिया पर्व बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको छ ।

ज्यातिषशास्त्र अनुसार हिन्दू धर्ममा महिलाहरूले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ।  यो व्रत सन्तान प्राप्तिकालागी मात्र नभई सन्तानलाई दुःख, पीडा र समस्याबाट बचाउँनेछ भन्ने आस्था रहँदै आएकोले अर्को शब्दमा जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै विहिवार नजिकैको पोखरी तथा तलाउमा नुहाएर  घिरौलाको पातमा , तोरीको तेल , सिन्दूर, तोरीको पीना (खैर ), मेहन्दीको पात, फूल आदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाएर शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने राजविराज-७ की व्रतालु महिला साधना कर्णले बताउनुभयो । 

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने , कथा सुन्ने गरिन्छ । शनिबार विहानै पुनः केराको पातमा दही च्यूउरा , फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको अग्निसाइर कृष्णसवरण-४ कि व्रतालु कल्पना चौधरी बताउनु भयो।